कोहलपुर, पौष २
बुधबारदेखि कोहलपुरमा सातौं क्रिसा रनिङ्ग शिल्ड प्रतियोगीता शुरु भएको छ । रनिङ्ग शिल्डको मध्यपश्चिम क्षेत्रिय खेलकुद विकास समिति अध्यक्ष भिम बहादुर ओलीले उद्घाटन गरे ।

14 15 16 18प्रतियोगीताको उद्घाटन गर्दै ओलीले आठौं क्रिसा रनिङ्ग शिल्डमा समितिले सहकार्य गर्ने बताएका छन् । कोहलपुर आफैमा उर्बर भूमि भएको भन्दै ओलीले कोहलपुरमा खेल मैदान बनाउन पहल गर्ने बताएका छन् । प्रतियोगीतामा भलिबल, विभिन्न मिटरका दौड, लङ्जम्प, शटफुट, रिले गरी छ विधामा प्रतिस्पर्धा गराइएको छ । प्रावि, निमावि र मावि गरी तीन तहमा विद्यार्थीहरुलाइ प्रतिस्पर्धा गराइएको छ । प्रतियोगितामा क्रिसा अन्तरगतका ३२ ओटा विद्यालयको सहभागिता रहेको छ । प्रतियोगिता पौष ३ गते सम्म सञ्चालन हुने छ । क्रिसा अध्यक्ष लक्ष्मी सुवेदीको सभापतित्वमा भएको उद्घाटन समारोहमा प्याव्सनका पूर्व केन्द«ीय उपाध्यक्ष नारायण सिग्देल, कोहलपुर नगरपालिकाका कार्यकारी अधिकृत गोविन्दप्रसाद पाण्डे, एनप्याब्सन बाँके अध्यक्ष कुवेर बस्नेत लगायतको उपस्थिति रहेको थियो । कोहलपुर संस्थागत विद्यालयहरुको छाता सङ्गठन (क्रिसा) को आयोजनामा हरेक वर्ष रनिङ्ग शिल्ड हुँदै आएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७२ पुस २ गते बिहीबार