नातिनातिनासँग नागरिकता र विवाह दर्ता गर्छन् जाजरकोटका वृद्धहरु



जाजरकोट, पुस २ गते । यहाँका ६० वर्ष नाघेका वृद्धवृद्धाले अहिले सदरमुकाम आएर विवाह दर्ता र नागरिकता बनाउन थालेका छन् । नातिनातिनासँगै नागरिकता बनाउन र विवाह दर्ता गर्न आउँदा वृद्धवृद्धा दङ्ग परेको बताउँछन् । सरकारले ९सामाजिक सुरक्षा भत्ता० विधुवा भत्ता, वृद्ध भत्ता, एकल महिलालाई भत्ता दिने भएपछि उनीहरु सदरमुकाम आएर नातिनतिनासँगै विवाह दर्ता र नागरिकता बनाउन बाध्य भएका हुन् ।

नागरिकताको प्रमाणपत्र भएपछि मात्र भत्ता पाइने भएपछि बूढेसकालमा लौरीका सहायताले सदरमुकाम आएर विवाह दर्ता र नागरिकता बनाउन यहाँका वृद्धवृद्धा राजी भएका छन् । जाजरकोटका ग्रामीण क्षेत्रका अधिकांश बूढापाका अहिले पनि नागरिकताविहीन अवस्था रहेका छन् । पहिले पहिले भत्ताको खासै चासो नदिने यहाँका वृद्धवृद्धा अहिले भत्ताको खोजी गर्दै गाविस कार्यालयमा धाउन थालेपछि पहिलेको भन्दा अहिले वृद्ध भत्ता लिनेको सङ्ख्या बढेको गाविस सचिवहरुले बताएका छन् ।

आफूले जन्माएको छोराको छोराले बाजे र बजैको नागरिकता बनाउन सदरमुकाम जाँदा आफूहरुलाई अनौठो लागेको सक्ला– २ का मरिमल कामीले बताउनुभयो । भत्ता दिन ढिला गरेमा किन ढिला भयो भन्दै गाविसमा गएर खोजतलास गर्नसमेत थालेको खगेनकोट गाविसका कार्यालय सहायक लोकेन्द्र केसीले बताउनुभयो । रासस

 

  • No tags available
प्रकाशित मिति : २०७२ पुस २ गते बिहीबार