तुलसीपुर (दाङ), मङ्सिर २७ गते । लामो समयसम्म रक्तदान कार्यक्रम हुन नसक्दा यतिखेर जिल्लामा रगतको अभाव हुन थालेको छ । रक्तसञ्चार केन्द्र, दाङका प्राविधिक ठाकुर पौडेलले दिनुभएको जानकारीअनुसार अहिले केन्द्रमा ‘एबी’ पोजेटिभ समूहको रगत छैन भने अन्य समूहको रगत पनि न्यून रहेकोछ ।
यस्तै अवस्था रहेमा अबको केही दिनमा बिरामीलाई रगतको समस्या पर्न सक्ने पौडेलले बताउनुभयो ।
रेडक्रस दाङका अध्यक्ष नारायणप्रसाद शर्माले रक्तदान गरेर रगतको अभाव पूर्ति गरिदिन सम्पूर्ण महानुभाव, सङ्घसंस्था, शुभेच्छुकलाई अनुरोध गर्नुभएको छ । दाङमा महिनामा १५० देखि २०० प्वाइन्टसम्म रगत खपत हुने गरेको रक्तसञ्चार केन्द्रले जनाएको छ । रासस
प्रकाशित मिति : २०७२ मंसिर २७ गते आइतबार
प्रतिक्रिया दिनुहोस्