8 December 2023  |   शुक्रबार, मंसिर २२, २०८०

कांग्रेसले महाधिवेशमा तीन करोड खर्चिने, तयारीका लागि १३ समिति गठन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, मंसिर २७, २०७२  

२७ मंसिर, काठमाडौं ।नेपाली कांग्रेसको महाधिवेशनका लागि चहलपहल बढ्रन थालेको छ । केन्द्रीय कार्यालय, शीर्ष नेतानिवास, संसदीय दल र प्रभावशाली केन्द्रीय सदस्यको घरमा दैनिक भीड बढ्न थालेको छ । कांग्रेसको वडा, गाउँ, नगर अधिवेशन र क्षेत्रीय अधिवेशन २२ माघमा, जिल्ला अधिवेशन २५ माघमा, १३औँ महाधिवेशन २० देखि २३ फागुनसम्म काठमाडौंमा हुनेछ। चार दिनसम्म चल्ने महाधिवेशनमा तीन करोडभन्दा बढी खर्च हुने कांग्रेसको अनुमान छ । कार्यक्रमस्थल, ७५ जिल्ला र विदेशबाट आउने प्रतिनिधि, आमन्त्रित विदेशी प्रतिनिधिको व्यवस्थापन गर्न त्यति खर्च हुने अनुमान गरिएको हो । तर, संगठन विभाग प्रमुख आनन्द ढुंगानाले खर्च यति नै लाग्छ भन्ने टुंगो नभएको बताएको नयाँ पत्रिकामा खबर छ ।

महाधिवेशनका लागि कांग्रेसले १३ समिति गठन गरेको छ ।

तयारी गर्न १३ समिति

तेह्रौँ महाधिवेशन मूल तयारी समिति : संयोजक– सभापति सुशील कोइराला
नीति तथा कार्यक्रम प्रस्ताव समिति : संयोजक– उपसभापति रामचन्द्र पौडेल
महाधिवेशन व्यवस्थापन समिति : संयोजक– भीमसेनदास प्रधान, काठमाडौं जिल्ला सभापति
पार्टी विधान संशोधन समिति : संयोजक–आनन्दप्रसाद ढुंगाना, प्रमुख, संगठन विभाग
अर्थ संकलन समिति : संयोजक– डा. रामशरण महत, केन्द्रीय सदस्य
भोजन–आवास व्यवस्थापन समिति : संयोजक– बलबहादुर केसी, केन्द्रीय सदस्य
विदेशी पाहुना स्वागत तथा व्यवस्थापन समिति : संयोजक– सुजाता कोइराला, प्रमुख, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग
प्रचारप्रसार समिति : संयोजक– डा. मीनेन्द्र रिजाल, प्रमुख, प्रचार विभाग
मञ्च व्यवस्थापन समिति : संयोजक– नवीन्द्रराज जोशी, केन्द्रीय सदस्य
स्वास्थ्य समिति : संयोजक– डा. शशांक कोइराला, प्रमुख, स्वास्थ्य विभाग
सांस्कृतिक समिति : संयोजक– मीना सुब्बा, प्रमुख, सांस्कृतिक विभाग
स्वयंसेवक व्यवस्थापन समिति : संयोजक– नारायण कोइराला, आमन्त्रित केन्द्रीय सदस्य
निर्वाचन समिति : संयोजक– राधेश्याम अधिकारी

प्रकाशित मितिः आइतवार, मंसिर २७, २०७२     10:03:07 AM  |