24 September 2023  |   सोमवार, अशोज ८, २०८०

महिलाको समान प्रतिनिधित्व हुनुपर्नेमा जोड

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, मंसिर २४, २०७२  

बर्दिया , २४ मङ्सिर । लैङ्गिक हिंसाविरुद्ध यहाँ सञ्चालित १६ दिने अभियान तथा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस सम्पन्न भएको छ । ‘घर शान्ति नै विश्व शान्तिको आधार, पुनःनिर्माण, शिक्षा र समान व्यवहार’ भन्ने मूलनाराका साथ १६ दिन पहिले विभिन्न कार्यक्रम सहित सञ्चालन गरिएको १६ दिने अभियान आज गुलरियामा सम्पन्न गरिएको हो ।

समापन कार्यक्रममा बोल्दै नेकपा (एमाले) बर्दियाका अध्यक्ष हरि ज्ञवालीले महिला अधिकारबारे जनचेतना जगाउन र महिला हिंसा न्यून गर्न जिविसको आवधिक योजनामा बालविवाहको अन्त्य र महिलालाई शिक्षामा पहुँच पु¥याउने खालका कार्यक्रमहरु समेटिनुपर्ने सुझाव दिनुभयो ।

राप्रपा नेपालका अध्यक्ष गीता बस्नेतले महिलालाई नीति निर्माण तहमा पु¥याउन समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरिनुपर्ने बताउनुभयो । स्थानीय विकास अधिकारी तेजराज शर्माले महिलालाई संविधानमा समान प्रतिनिधित्व हुने गरी कानुन निर्माण गरेमा मात्र लैङ्गिक हिंसाविरुद्धको अभियान सफल हुने बताउनुभयो । कार्यक्रम प्रमुख जिल्ला अधिकारी विनोदबहादुर कुँवरको सभापतित्वमा सम्पन्न भएको थियो । 

प्रकाशित मितिः बिहिबार, मंसिर २४, २०७२     8:53:30 PM  |