मंसिर २४, २०७२- पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले एमाओवादी जनतालाई ठग्ने, दुख दिने माओवादको नाममा खाओवादमा परिणत भएकेा आरोप लगाएका छन् । यस्तो आचारण बोक्ने सच्चा कम्युनिष्ट कहिल्यै हुन नसक्ने उनले बताए । नयाँ शक्ति निर्माण अभियानका क्रममा बिहीबार पोखरामा अन्तक्रिर्यात्मक प्रशिक्षण कार्यक्रममा बोल्दै उनले पुष्पकमल दाहाल नेतृत्वको एमाओवादीले जनतलाई ठग्ने काम गरेको दोहोराए ।
‘माक्र्सवादको खोल समातेर कम्युनिष्ट हुँ भन्नुको अर्थ छैन उनले भने, यस्तो आचारणले सच्चा कम्युनिष्ट भन्न सुहाउदैन ।’ उनले माक्र्सवादको गुदी छाडेर साईनबोर्ड मात्र झुन्डाएर कम्युनिष्ट हुन नसक्ने बताए ।
‘माले, एमाले र एमाओवादीले माक्र्सवादको खोल समाते, तर गुदी समात्न सकेनन,’ भट्टराईले भने, ‘त्यही भएर यिनीहरु सबै नक्कली कम्युनिष्ट हुन ।’ माक्र्सवादको खोल समातेर जनतालाई ठग्ने यिनीहरुको विकल्पको रुपमा नया शक्तिले माक्र्सवादको गुदी लिएर अगाडी बढ्ने विश्वास व्यक्त गरे ।
नक्कली साईबोर्डधारीको विरुद्ध नयाँ विचारको प्रतिपादन गदै माक्र्सवादको बिचारलाई समय अनुसार परिवर्तन गर्दै नयाँ राजनीतिक शक्ति नया कार्यदिशामा अग्रसर हुने उनको दाबी थियो । माओवादी बाहिरकाले पुरानै माओवादी जस्तै भनेर प्रचार गरे र माओवादी भित्रकाले माक्र्सवाद छाड्यो भनेर प्रचार गरे उनले भने, ‘नया शक्तिको नयाँ पन भनेकै यही हो ।’
उनले महान प्रयोगशालामा आफूहरु प्रवेश गरेकाले नयाँ शक्तिले नयाँ बिचार र बहसको थालनी गर्ने बताए । उनले नया शक्तिले नक्कलीवादलाई कहिल्यै शिरोपर गरेर हिड्न नसक्ने प्रष्ट पारे ।
प्रकाशित मिति : २०७२ मंसिर २४ गते बिहीबार
प्रतिक्रिया दिनुहोस्