भारतबाट कमाई गरि घर फर्किदै गरेका रोल्पाका दुई युवकलाई नेपालगन्जको एक होटलमा बन्धक बनाई लुटपाट गर्ने दुई जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ ।
नेपालगन्जको धम्बोजीमा रहेको नेपालगन्ज गेष्ट हाउसमा कोक र बियरमा मिसाएको नशालु पदार्थ सेवन गराई एक लाख ५० हजार लुट्ने कालिकोट छाप्रा– ५ का श्रीकृष्ण शाही र बर्दिया धधवार–७ का चर्तुभुज बम पक्राउ परेका हुन् । उनीहरुले भारतबाट घर फर्कदै गरका रोल्पा जिनावाङ्ग–३ का १६ बर्षीय डिलबहादुर घर्तीमगर र २५ बर्षीय विरेन्द्र घर्ती मगरलाई बन्धक बनाई लुटपाट गरेका थिए । भारतमा जडिबुटी कारोवार गर्ने शाही र बम उनीहरुलाई एउँटै बसमा पिछा लाग्दै आएको र होटलमा संगैै बसेर लुटपाट गरेका थिए । उनीहरुलाई प्रहरीले नेपालगन्जको बसपार्कबाट पक्राउ गरेको थियो ।
होटलको ५०७ नम्बरमा बसेका उनीहरुलाई शाही र बमले बियर, कोकमा निद्रा लाग्ने र लठ्याउने औषधी मिसाएर बेहोस् बनाई बन्धक राखेको प्रहरीले निष्कर्श निकालेको छ । होटलबाट प्रहरीले नशालु पदार्थ मिसाएको कोक बतोल समेत पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनायो । होटल संचालकले दुई युवक बेहोस् रहेको प्रहरीमा सूचना गरेपछि उनीहरुलाई उद्धार गरि भेरी अञ्चल अस्पतालमा प्रहरीले पठाएको छ ।
पक्राउ परेका दुई विरुद्ध मुलुकी ऐन अपहरण तथा शारिर बन्धक महल अनुसार कारवाही हुने प्रहरीले जनायो ।
प्रतिक्रिया दिनुहोस्