कोहलपुर, मंसिर २४
राजनीति गर्ने महिला घरभित्र र पार्टीमा दोहोरो हिंसा खेप्न बाध्य भएको बुधवार नेपालगन्जमा आयोजित अन्तक्र्रिया कार्यक्रममा बोल्ने महिलाहरुले बताएका छन् ।
अखिल नेपाल महिला संघ बाँकेको आयोजनामा संचालित १६ दिने महिला हिंसा विरुद्धको अभियान अन्तर्गतको अन्तक्र्रिया कार्यक्रममा बोल्दै अखिल नेपाल महिला संघका केन्द्रिय सदस्य नन्दा शर्माले यस्तो कुरा बताएकी हुन् । अखिल नेपाल महिला संघका केन्द्रिय प्रचार विभाग सदस्य अछरी पोखरेलले १६ दिने महिला हिंसा विरुद्धको अभियानको औचित्य, इतिहास र महत्वबारे बुझ्न जरुरी रहेको बताइन् ।
कार्यक्रममा बिशेष अथिति नेकपा एमाले पार्टीका उपाध्यक्ष निरक गुरुङले घरभित्र सासु बुहारी बीच हुने हिंसाको पहिचान गरी घर भित्रैबाट चेतना जगाउन सकेमा हिंसामा कमि गर्न सकिने बताए । कार्यक्रममा ५० बढीको सहभागिता रहेको थियो ।
प्रकाशित मिति : २०७२ मंसिर २४ गते बिहीबार
प्रतिक्रिया दिनुहोस्