लोकसेवाले माग्यो ५ सय ५१ जना शाखा अधिकृत



lok sewa
काठमाडौं – लोकसेवा आयोगले राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत)का कर्मचारीको लागि विज्ञापन गरेको छ । बुधबार सूचना प्रकाशित गरी लोकसेवाले विभीन्न समूहका ५ सय ५१ जना अधिकृत माग गरेको हो ।
व्यवस्थापिका संसद, न्याय, प्रशासन, परराष्ट्र र लेखापरीक्षणका लागि ति कर्मचारीको माग गरीएको हो । व्यावस्थापिका संसदसेवामा खुल्ला तीनजना, महिला १ र आदिवासी जनजाती १ गरी पाँच जनामाग गरिएको छ ।
न्यायसेवा अन्तर्गत न्याय समूहमा ६६ जना, कानुनतर्फ २३, सरकारी वकिल ५० जना माग गरेको छ । त्यस्तै परराष्ट्रमा खुल्ला ९, महिला २, आदिवासी जनजाती २, मधेसी २ र अपाङ्ग १ जना गरी १६ जना मागेको छ । सामान्य प्रशासनमा खुल्ला १ सय ५४, महिला ४२, आदिवासी ३४, मधेशी २७, दलित १२, अपाङ्ग ६ र पिछडीएको क्षेत्रबाट पाँचजना गरी २ सय ८० जना माग गरेको छ ।
प्रशासन सेवाको लेखा समूहमा खुल्ला ४१, महिला ११, आदिवासी ०९, मधेशी ७, दलित ३, अपाङ्ग २ र पिछडीएको क्षेत्रबाट १ जना मागेको छ । प्रसासन सेवाको राजस्व समूहमा खुल्ला १०, महिला २, आदिवासी २, मधेशी २, दलित १ र अपाङ्ग गरी १७ जना माग गरेको छ । लेखापरीक्षण सेवामा खुल्ला ७, महिला २, आदिवासी १, मधेशी ३, दलित १ र अपाङ्ग १ जना माग गरेको छ ।
अनलाईनमार्फत आह्वान गरीएको दरखास्त पुस १४ गतेसम्म भर्न सकिने र दोब्बर शुल्क तिरेर भने पुस २१ गतेसम्म भर्न सकिने छ ।
परीक्षाको हकमा व्यवस्थापिका संसद तर्फ पहिलो चरणको चैत्र १६ र दोश्रो चरणको चैत्र १६गते परीक्षा हुने छ । सबै सेवा समूहको प्रशासनिक अभिरुचि परीक्षण माघ २३ गते हुने लोकसेवाले जनाएको छ ।
प्रथम चरणमा उत्तिण भएकाहरुका लागि चैत्र १८ देखि २२ गतेसम्म दोश्रो चरणको परीक्षा हुने लोकसेवाले जनाएको छ ।

विस्तृत विवरण हेर्नका लागि यहाँ क्लिक गर्नुहोस

  • No tags available
प्रकाशित मिति : २०७२ मंसिर २३ गते बुधबार