राम बहादुर रावत
कोहलपुर, मंसिर २३
भारतले गरेको नाका बन्दीको कुनै प्रभाव नगरी मध्यपश्चिमाञ्चलका अधिकांश जिल्लाका युवाहरु मजदुरीका लागि भारत जानेको संख्या दिन प्रति दिन बढ्दै गएको पाइन्छ । बाँकेको रुपौडिया नाका हुँदै भारतमा मजदुरीका लागि जानेको संख्या बढ्दो रहेको छ । ‘देशमा रोजगारी छैन्, त्यसैले भारतमा गएर काम गरि घर खर्च चालउँछु’, जाजरकोट दशेराका नर बहादुर रावतले बताए । घरमा लागेको ऋण मजदुरी गरी उक्त ऋण तिर्नका लागि भारत जना लागेको सुर्खेत लेखपराजुलीका धन बहादुर बि.क.ले बताए ।
भारतमा गएर मजदुरी गर्ने मंसिर महिना सकिनै लाग्दा बाँके लगायत मध्यपश्चिमाञ्चलका विभिन्न जिल्लाहरुबाट कामका लागी भारत जाने सर्वसाधारणको संख्या बढ्दै गएको छ ।
बर्खेवाली भित्र्याएर हिउँदेवाली रोपे सँगै केही महिना काम
गर्न भारत जाने सर्वसाधारणको संख्या बढ्दै गएको हो । गाउँ घरमा लाग्ने मेलापर्व सकिएको र दैनिक खर्च चलाउन पनि सहज हुने भएकोले आफु ४ महिनाका लागी काम गर्न भारत जान लागेको सल्यानका प्रेम थापाले बताए ।
प्रकाशित मिति : २०७२ मंसिर २३ गते बुधबार
प्रतिक्रिया दिनुहोस्