दैलेखको ग्यास र पेट्रोल खानी, एक महिनाभित्रै उत्खनन् प्रकृया सुरु हुने



दैलेख–नाकाबन्दीले देशमा ग्यास र पेट्रोलियम पदार्थको हाहाकार मच्चिएको बेला दैलेखमा रहेको खानीबाट ग्यास र पेट्रोलियम पदार्थ उत्खनन्को लागि एक महिनाभित्रै प्रकृया सुरु हुने भएको छ।

खानी तथा भू–गर्भ विभागले तत्काल उत्खनन् गर्न सम्भावित क्षेत्र भएको पुष्टि गरेपछि उद्योग मन्त्री सोमप्रसाद पाण्डेले दैलेखमा रहेको खानीमै आएर पत्रकारहरुसँग एक महिनाभित्र उत्खनन् प्रकृया सुरु हुने बताएका हुन्।

भू–गर्भविद्सहित आएका उद्योग मन्त्री पाण्डेले सोमबार ग्यास र पेट्रोलियम पदार्थको खानी रहेको पंचकोशी क्षेत्रका खोला र भिरबाट निश्किएका ग्यास र पेट्रोलहरुको अनुगमन गरेका थिए। श्रीस्थान र नाविस्थानमा रहेको खानी हेरेपछि नाविस्थानमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उद्योग मन्त्री पाण्डेले मन्त्रालयबाट उत्खनन्को लागि कार्यक्रम गराइसकेकाले एक महिनाभित्र अन्वेषण, खोजी र उत्खनन्का लागि काम हुने बताए । ‘विभागले तत्काल निकाल्न मिल्ने तीन स्थानको पहिचान गरेर सम्भावनासहित राय पेश गरेको छ,’ मन्त्री पाण्डेले भने, तीन स्थानमध्ये दैलेख पनि एक हो । तत्काल कति छ । कुन अवस्थामा छ र त्यसबाट उपभोग गर्न सहज हुन्छ की हुँदैन् अध्यायन हुनेछ । सवै रिर्पोटपछि तत्काललै उत्खनन् सुरु हुनेछ।’ उनले नेपालका १० स्थानमा यस्ता खानीहरु रहेको बताए । पत्रकारले सोधेको एक प्रश्नमा उनले भने, ‘पहिलो प्राथमिकता देशकै जनशक्ति प्रयोग गर्ने र त्यसबाट हुन नसके विदेशबाट विज्ञहरुको टोलि झिकाएर अध्यायन तथा उत्खनन्को प्रकृया अघि बढाइने छ।’

मन्त्री पाण्डेले खोलाको भित्ताबाट निस्किएको ग्यासबाट आगोसमेत बालेर तापेका थिए। त्यसपछि खोलाकै किनारमा बगिरहेको पेट्रोलियम पदार्थसमेत निरिक्षक गरे। पंचकोशी क्षेत्रको खोला तथा भित्ताहरुमा ग्यास र पेट्रोल निश्किएको देख्न सकिन्छ । खानी तथा भू–गर्भ क्षेत्रीय कार्यालयका प्रमुख तथा भू–गर्भविद् रत्नमणी गुप्ताले अघिल्लो आर्थिक वर्षहरुमा डिटेल भौगलिक नंशा तयार भएकाले अव जियोफिजिकल सर्वे गर्न जरुरी भएको बताए । ‘३० वर्षअघिदेखी यहाँको खानीबारे अध्यायन भैरहेको छ,’ भू–गर्भविद् गुप्ताले भने, १ सय वर्षपुग्ने पेट्रोलियम पदार्थ रहेको अनुमान छ । उत्खनन्पछि ठुलो परिणममा पेट्रोलियम पदार्थ रहने सम्भावन बढी नै छ तर, खर्च यती नै लाग्छ भन्न सकिने अवस्था छैन् ।’ यसअघि खानी भएको पंचकोशी क्षेत्रमा अवलोकलनका लागि ०६८ मा विज्ञहरु सम्मिलित संसदको अर्थ र श्रमसम्बन्ध समितिले आएको थियो ।

संसदीय टोलीले ग्यासको नमुना संकलन गरी फर्किएको थियो। खानी तथा भूर्गभ विभागका अनुसार क्यानेडियन र चाइनिज कम्पनीको अनुसन्धानबाटै यहा” ग्यास भएको पुष्टि भएको जनाएको छ । पादुका, शिरस्थान, नाभिस्थान, धुलेस्वरमा ग्यास र पेट्रोल रहेको अनुसन्धानले देखाएको छ। यहाँका मन्दिरआसपास र खोलाहरुमा तैरिरहेको पेट्रोल र खोलाहरुमा हावाको फोकाको रुपमा ग्यास निस्किएको छ । स्थानीयहरुले सालको पातलाई बेटारेर खोलाबाट निस्कने हावाको फोकालाई ढाकेर आगो समेत बालेर देखाउने गर्दछन्।5e09417699f14156db2e9d9801498d25_L (1)

  • No tags available
प्रकाशित मिति : २०७२ मंसिर २१ गते सोमबार