24 September 2023  |   सोमवार, अशोज ८, २०८०

सामाजिक सुरक्षा भत्ता नविकरण र दर्ता छुटेकाका लागि हेल्प डेस्क

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, मंसिर १०, २०७२  

कोहलपुुर, मंसिर १०
कोहलपुर नगरपालिकाले सामाजिक सुरक्षा भत्ता नविकरण तथा नयाँ दर्ता गर्न छुटेकाहरुका लागि कार्यालयमा एक हप्तासम्म छुट्टै हेल्पडेस्क सञ्चालन गर्ने भएको छ । नगरपालिकाले १३ वटै वडाहरुमा हेल्प डेस्क सञ्चालन गरिसकेको छ । त्यहाँ छुट भएकाका लागि कार्यालयमै आजदेखि एक हप्तासम्म हेल्पडेस्क सञ्चालन गर्न लागिएको नगरपालिकाका कार्यकारी अधिकृत गोविन्दप्रसाद पाण्डेले जानकारी दिए । मंगलबार र बुधबार वडा नं. २ को गोरखा स्कुल नजिक, ५ को आमा समूह भवन, ६ को चटार स्कुल र वडा नं. ११ नगरपालिका कार्यालयमा हेल्प डेस्क सञ्चालन गरिएको थियो । यसअघि वडा नं. १ को कौशिलानगर, ३ र ४ को मदनचौक, ८ र ९ को पिपिरी, वडा नं. ७ को रझगढवा तथा १२ र १३ को चप्परगौडीमा हेल्प डेस्क सञ्चालन गरेको थियो ।

प्रकाशित मितिः बिहिबार, मंसिर १०, २०७२     9:49:35 AM  |