कोहलपुुर, मंसिर १०
बाँकेमा पेट्रोलियम पदार्थ वितरणमा ठगी गर्ने एक पेट्रोलपम्पलाई सिल गरिएको छ । भारतले गरेको अघोषित नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको अभाव भैरहेको बेला पेट्रोल तथा डिजलमा कालोबजारी बढिरहेको सर्वसाधारणबाट व्यापक गुनासो आएपछि जिल्ला अनुगमन समिति बाँकेले बुधबार पेट्रोलपम्पहरुको अनुगमन गर्ने क्रममा बाँकेको परसपुरमा रहेको हरि ऊँ आयल स्टोरलाई सिल गरेको हो ।
अनुगमनका क्रममा उक्त आयल स्टोरबाट १० लिटर डिजल भरेकोमा त्यसमा ८० एम एल डिजल कमी रहेको भन्दै सिल गरिएको जिल्ला अनुगमन समितिका संयोजक बाँकेका साहायक प्रमुख जिल्ला अधिकारी जगत बस्नेतले जानकारी दिए ।
पेट्रोलियम पदार्थ अभावसंगै जिल्लामा ब्यापक कालोबजारी बढिरहेको र पेट्रोलपम्पहरुले नै उपभोक्तालाई ठगी गर्ने गरेको जनगुनासो गरेपछि जिल्ला अनुगमन समिति बाँकेले अनुगमनलाई तीव्रता दिएको हो । बुधबार बिहानै देखि नापतौल तथा गुणस्तर कार्यालय सहितको टोली सहित बाँकेका विभिन्न पेट्रोलपम्पमा अनुगमनमा निस्किएको अनुगमन टोलीले परसपुरमा रहेको हरिओम आयल स्टोरमा तेलको परिमाण नाप्ने क्रममा कम मात्रामा तेल बितरण भएको पाएपछी अर्को सूचना नभएसम्मका लागि उक्त पेट्रोलपम्पलाइ सिल गरिएको जिल्ला अनुगमन समितिका सदस्य कृष्णराज पाण्डेले जानकारी दिए । यसैबिच जिल्ला अनुगमन समिती बाँकेले बुधबार बाँकेका बिभिन्न पेट्रोलपम्पमा रहेको मौज्दात र गुणस्तरको समेत अनुगमन गरेको छ ।
प्रकाशित मिति : २०७२ मंसिर १० गते बिहीबार
प्रतिक्रिया दिनुहोस्