26 April 2024  |   शनिबार, बैशाख १५, २०८१

‘वडाको विकास र समृद्धिका लागि उम्मेदवारी’

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, मंसिर ११, २०७६  

सुभाखर पोख्रेल वडा अध्यक्ष पदका उम्मेदवार समाजवादी पार्टी
सुभाखर पोख्रेल वडा अध्यक्ष पदका उम्मेदवार                    समाजवादी पार्टी

आउँदो १४ गते बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ६ मा उपनिर्वाचन हुन गइरहेको छ । अहिले सत्ताको एउटा घटक समाजवादी पार्टीले सुभाकर पोख्रेललाई वडा अध्यक्ष पदको उम्मेदवारमा चुनावी मैदानमा उतारेको छ । अहिले पार्टीले वडा नम्बर ६ मा चुनावी प्रचार प्रसार तथा घरदैलो अभियानलाई तिव्र रुपमा अगाडि बढाइराखेको अवस्था छ । गत वर्ष वडा अध्यक्ष राम सोहन थारुले निधन भएको पदमा निर्वाचन हुन गइरहेको हो । स्थानीय तहको निर्वाचनको क्रममा यहाँ नेपाली काँग्रेसका उम्मेदवारहरु विजयी भएका थिए । अहिले हुन गइरहेको उपनिर्वाचनमा मतदाताहरुले समाजवादी पार्टीका उम्मेदवार सुभाकर पोख्रेललाई किन भोट
दिने ? लगायतका बिषयमा मिसन संवाददाताले उम्मेदवार पोख्रेलसँग गरेको कुराकानी :-

१. आउँदो मंसिर १४ कोहलपुर वडा नम्बर ६ मा हुने उपनिर्वाचनको प्रचार प्रसारलाई कसरी अगाडि बढाइरहनुभएको छ ?

ड्ड हामीले उपनिर्वाचनको प्रचार प्रसारलाई एकदमै तीव्र बनाएका छौँ । प्रचार प्रसारको क्रममा वडावासीहरुको घर दैलोमा गएर उहाँहरुसँग भेटघाट गर्ने, आफ्ना प्रतिवद्धताहरु सार्वजनिक गर्ने, वडामा भएका समस्याहरुको पहिचान गर्ने लगायतका कामहरु गरिरहेका छौँ । साथै विभिन्न सञ्चार माध्यमहरुबाट पनि प्रचार प्रसारलाई अघि बढाएका छौँ ।

२. जनताको घरदैलोमा जाँदा के कस्तो प्रतिक्रिया पाउनु हुन्छ ?

ड्ड जनताको घरदैलोमा पुग्दा होस् वा अन्य विभिन्न माध्यामहरुबाट होस् सबैबाट सकारात्मक प्रतिक्रियाहरु आउने गरेका छन् । उहाँहरु धेरैको चासो देश वा राजनतिमा युवाहरुले नेतृत्व गर्नुपर्छ भन्ने नै छ । किनभने पछिल्लो पुराना अथवा पहिलेका उम्मेदवारहरुबाट नागरिकहरुमा नैराश्यकता छाएको अवस्था छ । उनीहरुले जनताले चाहेजस्तो विकास निर्माण, राजनीतिक नेतृत्व, आर्थिक पादर्शिता, सुशासन जस्ता कामहरु गर्न नसकेको अवस्थामा यस्ता गुनासा अथवा नैराश्यकता छाउनु स्वाभाविक पनि हो । त्यसैले कोहलपुर नगरपालिका वडा नं.६ मा मेरो उम्मेदवारीप्रति त्यहाँका युवा तथा अन्य नागरिकहरुले पनि चासो देखाइरहनु भएको छ । सकारात्मक प्रतिक्रिया र हौसला दिइरहनु भएको छ ।

३. तपाइको उम्मेदवारी किन र केका लागि ?

ड्ड समग्रमा भन्नुपर्दा मेरो उम्मेदवारी वडा नं.६ को विकास र समृद्धिका लागि हो । विभिन्न आर्थिक, सामाजिक, शैक्षिक, कृषि, स्वास्थ्य लगायतका माध्यमबाट त्यहाँका नागरिकहरुको जीवनस्तर परिर्वतन गर्नका लागि हो । अर्को कुरा त्यस वडामा विभिन्न समदायका मानिसहरुको बसोबास रहेकोले पनि त्यहाँको सामाजिक सद्भाव, सुशासन, आर्थिक पार्दर्शीता लागि पनि मेरो उम्मेदवारी हो । त्यसका साथ साथै पहिलेका पुराना उम्मेदवारहरु मात्र पटक पटक चुनावमा उठ्ने र जित्ने पनि । जितेपछि उनीहरुबाट जनताले अपक्ष गरेका अथवा चाहेजस्ता कामहरु हुने नसक्ने अवस्था रहेकाले उम्मेदवारी दिएको हुँ ।

४.वडा नं.६ थारु समुदायको बाहुल्यता भएको वडा हो । त्यहाँ तपाइले उम्मेदवारी दिँदा त्यहाँका जनताले कत्तिको विश्वास गर्लान् ?

ड्ड यसमा म के भन्छु भने को थारु, को मधेसी, को जनजाती, को हिमाली, हामी सबै नेपाली । अहिलेको समयमा पनि हामीले जातजाती, धर्म, समुदाय, लिङ्ग हेर्न थाल्यौं भने हाम्रो विभेदकारी मानसिकता कहिले अन्त्य गर्ने ? अहिलसम्म हामी पछि पर्नुका कारणमध्ये यस्तैखाले परम्परागत सोचाइले गर्दा पनि हो । त्यस कारण पछिल्लो समय जातजाती, धर्म, लिङ्ग, समुदाय हेरेर भोट हाल्ने मान्यता वा परिपार्टी भएपनि त्यो कम हुँदै गइरहेको अवस्था छ । त्यसैले अहिले सबैले पार्टी, धर्म, समुदाय हेरेर भन्दा पनि सम्रग वडाको विकास गर्न सक्ने युवा त्यसमा पनि योग्य, सक्षम उम्मेदवारलाई भोट हाल्नुहुनेछ भन्ने विश्वास लिएको छु । उहाँहरुप्रति मलाई के विश्वास छ भने थारु, जनजाती, मधेसी, मुस्लिम, दलित, महिलाहरुको हक हितमा लड्दै आएको पार्टी समाजवादी पार्टी हो । र यदि उहाँहरुले अमुल्य मत दिएको मलाई जिताउनु भयो भने उहाँहरुको मतलाई खेर जान दिने छैन भनेर विश्वास पनि दिलाउन चाहन्छु ।

४. तपाईहरुले वडावासीहरुमाझ के कस्ता प्रतिवद्धताहरु सार्वजनिक गर्नु भएको छ ?

ड्ड हामीले वडावासीहरुमाझ अन्य ठूला राजनीतिक दलहरुका जस्ता ठूला ठूला आश्वासन बाँडेका छैनौँ । उनीहरुले जस्ता यहाँदेखि त्यहाँसम्म सडक निर्माण गर्छाै, त्यसलाई कालोपत्रे गर्छौ, बिजुली बत्ति, खानेपानीका धाराहरु घरघरमा ल्याउँछौँ भन्ने जस्ता सपना देखाएका छैनौँ । म वडा नं.६ मा निर्वाचित भए भने सर्वप्रथम त सबै टोलटोलमा समस्या पहिँचान तथा समाधान समिति बनाउने छु । हामीले पहिले समस्या पहिँचान गरेर समाधान ग¥र्यौ भने न सामाधान हुने हो । साथै प्राथमिकताका आधारमा विकास निर्माणका योजनाहरु निर्माण गर्नेछु । सबैभन्दा पहिले त्यहाँको प्रमुख समस्या के हो ? दोस्रो समस्या के हो ? यसरी क्रमशः प्राथमिकताका आधारमा पहिचान गरी तनिको समस्या समाधान गर्नतर्फ केन्द्रित हुनेछ । समस्या र प्राथमिकताका आधारमा विकासका योजनाहरु निर्माण गर्न सकिएन भने विकासले गति लिन सक्दैन् । त्यसैले कालोपत्रे, बाटोघाटो निर्माण लगायतका कामहरु मात्र विकास निर्माण होइन् । विकास भनेको त त्यहाँका नागरिकहरुले शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगार लगायत आर्थिक रुपमा सबल भएमा मात्र त्यहाँको विकास सम्भव छ ।

६. तपाई भन्दा अन्य ठूला पार्टीका उम्मेदवारहरु पनि वडा नं.६ बाट चुनाव लड्दा तपाइले जित्ने सम्भावना कत्तिको छ ?

ड्ड म मतदाताको मन जित्न सफल छु । सबैले विश्वास गर्नुका साथै उत्साह र हौसला पनि प्रदान गर्नु भएको छ । मलाई युवाहरुको पनि भरपुर साथ र सहयोग छ । उहाँहरुले यो पटक कुनै पार्टी नहेरेर मलाई भोट दिनु हुनेछ भन्नेमा म एकदमै विश्वस्त छु । मलाई आशा अनि विश्वास छ उहाँहरुको साथ सहयोग पाउनेछु । किनभने हिजोका दिनमा जितेकाहरुले विभिन्न वाचाहरु गर्ने तर चुनाव जितेर गइसकेपछि ती वाचाहरु पुरा नगर्ने गरेकाले पनि मतदाताहरु आजित भइसक्नु भएको छ । त्यसैले पनि सबैको साथ सहयोगले मैले जित्ने निश्चित छ ।

७. तपाइले जित्ने मुख्य आधारहरु के छन ?

सर्वप्रथम त मेरो जित्ने पहिलो आधार भनेको नै म त्यो वडाको युवा उम्मेदवार हुँ । किनभने अहिले पछिल्लो समय जोशजाँगर भएका उर्जाशील युवाहरुलाई युवाहरुले मात्र केहि गर्न सक्छन् भन्ने सबैमा विश्वास छ । युवामा जोसजाँगर हुन्छ, युवाले केही गर्छ भन्ने उहाँहरुले बुझ्नु भएको छ । त्यस वडामा भएका विभिन्न समस्याहरुलाई मैले नजिकैबाट नियालेको हुनले पनि ती समस्या यसले समाधान गर्छ है भनेर उहाँहरुले मतदान गर्नुहुन्छ । विकासका लगायत अन्य सामाजिक कार्यहरुमा पनि सबैलाई मिलाएर लैजान सक्ने क्षमता ममा भएकोले उहाँहरुले मलाई मतदान गरेर जिताउनु हुन्छ ।

८. वडा नं.६ मा वडामा मुख्य गरेर के के समस्याहरु छन् ? पहिचान गर्नु भएको छ ?

ड्ड वडा नं.६ मा थुप्रै समस्याहरु छन् । ती समस्याहरुसँग म प्रत्यक्ष अप्रत्यक्ष रुपमा एकदमै नजिक छु । कयाँै जटिल समस्याहरु पनि छन् । तिमध्ये वर्षतको समयमा हुने डुवान पनि त्यहाँको प्रमुख समस्या हो । त्योसँगै खानेपानी, विद्युत्, सडक, बाटोघाटो लगायत शिक्षा, स्वास्थ्य कृषि लगायतका क्षेत्रमा पनि उत्तिकै समस्या छन् ।

९. तपाई वडा नं.६ मा निर्वाचित हुनु भयो भने ती समस्याहरु समाधान गर्न सक्नु हुन्छ त ?

ड्ड म वडा नं.६ मा निर्वाचत भएँभने पक्कै पनि ती समस्याहरुलाई पक्कै पनि समाधान गर्न सक्छु । हुन त कुनै पनि समस्या एक्लैले समाधान गर्न अलि गाह्रो नै हुन्छ । तरपनि त्यहाँको जनताको, वडावासीहरुको साथ र सहयोगले ती समस्याहरु सजिलै ढङ्गले समाधान गर्न सकिन्छ । कुनै व्यक्ति वा पार्टीगत स्वार्थमा नलागेर सबैलाई मिलाएर लैजान सक्ने क्षमता आफूसंग भएकोले पनि वडामा भएका सबै समस्याहरुलाई पहिचान गरी समाधन गर्न सकिन्छ भन्नेमा विश्वस्त छु ।

१०. केन्द्र, प्रदेशदेखि स्थानिय तहसम्म कम्युनिष्टकै सरकार भइरहेको अवस्थामा तपाइ एक्लो उम्मेदवारले जित्नु भयो भने त्यो वडाको विकास सम्भव छ त ?

ड्ड एक्लो उम्मेदवार भन्दा पनि यसमा मैले अघि पनि भनिसके सबै वडावासीहरुलाई साथमा लिएर म अघि बढ्छु । कुनै पनि काम गर्नलाई एक्लो प्रयासले मात्र पनि अलि असम्भव नै छ । त्यसैले सामाजिक कार्यका लागि अथवा वडावासीहरुका समस्याहरुका लागि राजनीतिक दल, समाजसेवी, सरोकावाला निकाय, त्यहाँका जनता सबैलाई साथमा लिएर जानेछु । वडा नं.६ लाई समृद्ध, विकसित र नमूना वडाका रुपमा विकास गर्ने लक्ष्य रहेको छ ।

११. अन्त्यमा सम्पूर्ण वडावासीहरुलाई के भन्न चाहनु हुन्छ ?

अन्त्यमा के भन्न चाहन्छु भने अन्य उम्मेदवारहरुले भनेजस्तो गरेर दिनरात खटेर भोकभोकै काम गर्नु भन्दिन म । किनभने भोकभोकै कसैले पनि काम गर्न सक्दैन । यो असत्य कुरा हो । म के भन्न चाहन्छु भने एक दिन आफ्नो लागि छुट्याउँछु, ६ दिन वडावासीहरुका लागि । एक दिन गरेको कामले मेरो जिविकोपार्जन हुन्छ भनेर वडावासीहरुले मलाई मतदान गरिदिनुहोला । मलाई मतदान गर्नका लागि मेरो चुनाव चिन्ह पञ्जामा मतदान गरेर विजयी बनाउनु होला । वडा नं.६ मा युवा उम्मेदवारलाई जिताएर देशभरी सन्देश दिनुहुने छ । यहाँहरुले दिएको अमूल्य मतलाई अवमूल्यान हुन दिने छैन । तपाइको दिएको मतको अचित मूल्याङ्कन गर्दै अघि बढ्नेछु ।

प्रकाशित मितिः बुधबार, मंसिर ११, २०७६     4:32:59 PM  |