26 April 2024  |   शनिबार, बैशाख १५, २०८१

बढी कामुक भएको भन्दै नायिकामाथि सरकारको प्रतिबन्ध !

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, जेष्ठ २०, २०७६  

सुन्दर देखिने चाहना सबैको हुन्छ । सुन्दर मानिसलाई धेरैले मन पनि पराउँछन् । तर कहिलेकाहीँ आवश्यकताभन्दा धेरै सुन्दर हुँदा पनि समस्या पर्दोरहेछ । हालै कम्बोडियामा एक सुन्दरीलाई यस्तै भएको छ । अभिनेत्रीसमेत रहेकी २६ वर्षकी डेनी ननमाथि कम्बोडिया सरकारले एक वर्षसम्म कुनैपनि फिल्म खेल्न नपाउने गरी प्रतिबन्ध लगाएको छ ।

डेनी आवश्यकता भन्दा धेरै सुन्दर रहेकोले यस्तो प्रतिबन्ध लगाइएको बताइएको छ । डेनीका कामुक तस्वीरहरुले आचारसंहिताको उल्लंघन गरिरहेको कम्बोडियाको कला तथा संस्कृति मन्त्रालयले ठहर गरेको छ । वास्तवमा सरकारले उनीमाथि यस्तो कठोर कदम चाल्नुको कारण डेनीको एउटा फेसबुक पेज हो । उक्त फेसबुक पेजमा उनका ३ लाख फलोअर्स छन् । जहाँ उनले आफ्ना निकै कामुक तस्वीरहरु पोष्ट गर्दै आएकी थिइन् ।

तर उनी भने आफूले प्रतिबन्धित हुनुपर्ने कुनै काम नगरेको भन्दै प्राकृतिक रुपमै सुन्दर रहेको बताएकी छिन् । आफू सुन्दर रहेको र कुरुप बन्नका लागि केही पनि गर्न नसक्ने उनको भनाइ छ । तर अबदेखि कुनै पनि सेक्सी फोटो फेसबुकमा शेयर नगर्ने उनले बताएकी छिन् ।

प्रकाशित मितिः सोमवार, जेष्ठ २०, २०७६     9:28:01 AM  |