21 May 2024  |   मङ्लबार, जेष्ठ ८, २०८१

‘जनताले सरकार छ भन्ने कुराको महशुस गर्न पाएनन्’

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, जेष्ठ १३, २०७८  

देशभर कोरोनाका महामारी छ । कोरोना महामारी नियन्त्रणका लागि राज्यका सम्पूर्ण संयन्त्रहरू प्रभावकारी रूपमा परिचालित हुन सकेका छैनन । महामारीको समयमा राजनीतिक दलको भूमिका पनि महत्वपूर्ण हुन्छ । देशभर केन्द्रदेखि वडा स्तरसम्म संयन्त्र हुने दलहरुले कोरोना महामारीको बेलामा आ-आफ्नो तर्फबाट सहयोग गरिरहेका छन् । उनीहरु राज्य र जनताको सहयोगीको भूमिकामा रहेका छन् । कोरोनाका कारण निकै प्रभावित बनेको बाँके जिल्लामा पनि कोरोनाका कारण प्रभावित भएकाहरुका लागि राजनीतिक दलले विभिन्न अभियान सञ्चालन गरिरहेका छन् । बाँके जिल्लाका दलहरुले यहाँका सरकारहरुको अभियानमा सघाउ पु¥याइरहेको अवस्था छ । जिल्लामा नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र लगायतका दलहरुले दैनिक अभियान सञ्चालन गरिरहेका छन् । यस्तै नेकपा माओवादी केन्द्रले पनि जिल्लामा राहत वितरण देखि निःशुल्क दाहसंस्कारमा सहयोग गर्ने सम्मका सामाजिक उत्तरदायित्वका काम गरिरहेको अवस्था छ । महामारीमा राजनीतिक दलको भूमिका, स्थानीय तहले कोरोना रोकथाम तथा नियन्त्रणका लागि गरेका प्रयास र सरोकारवाला निकायसँग समन्वय र सहकार्य लगायतकाक विषयमा नेकपा माओवादी केन्द्र बाँकेका नेता नरेन्द्र न्यौपानेसँग मिसन टुडे दैनिकका शुभाकर विश्वकर्माले गरेको कुराकानीको सम्पादित अंश:

१. कोरोना कहरको समयमा नेकपा माओबादी केन्द्रको पार्टी कसरी परिचालित भएको छ ?

कोरोना महामारी विश्वभरी नै भयावह रुपमा रहेको छ । पहिलो चरणको महामारी खासै घातक देखिएको थिएन् । यद्यपी प्रासदी पूर्ण भयो । दोस्रो चरणको जुन लहर नेपालमा आएको छ । यो निकै व्यापक रुपमा अहिले पनि फैलिरहेको अवस्था छ । अहिलेसम्म यसले धेरैको ज्यान समेत लिइसकेको अवस्था छ । अहिले पनि धेरै बिरामीहरु सिरियस अवस्थामा छन् । अस्पतालमा बेड नपाउँनेदेखि अक्सिजनको चरम अभाव समेत हाम्रो जिल्ला तथा देशभर समस्याका रुपमा रहयो । जनताले कोरोना महामारीलाई नियन्त्रण गर्नको लागि स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाको पूर्ण पालना गरिएका छन् ।  हाम्रो जिल्लाको पार्टीका नेता तथा कार्यकर्ताहरु होम आइसोलेसनमा रहेका बिरामीहरुसँग भेटघाट तथा डाक्टर सहित उपचारमा खटिरहेको अवस्था छ । स्थानीय तहले निर्माण गरेका आइसोलेसनमा, अस्पताल, मेडिकल कलेज र भेरी अस्पतालमा समेत हामी दैनिक बिरामीको सम्पर्कमा रहेको अवस्था छ । अक्सिजनको जोहो गर्नेदेखि बिरामीलाई अस्पतालसम्म पु¥याउने सम्मका काम भइरहेका छन् । जिल्ला भरी नै यसरी परिचालित भएको अवस्था छ । जिल्लाका अन्य पालिका जस्तै कोहलपुर नगरपालिकामा समेत हामीले दुई तीन वटा काम गरिरहेका छौँ । होम आइसोलेसनमा रहने बिरामीहरुलाई उपचारको लागि डाक्टर सहित हामीले घरदैलो अभियान गरिरहेका छौँ । कोरोनाका कारण दुःखद निधन भएकाहरुको दाहसंस्कार पार्टीले निःशुल्क रूपमा गरिरहेको छ । सामाजिक दायित्व अन्तर्गत त्यसरी लागिरहेको अवस्था छ । जिल्ला कमिटी सदस्य बल बहादुर खड्काको संयोजकत्वमा यूवाहरुको टिम नै परिचालित छ । विपन्न,  घाइते तथा अपांग नागरिकहरू लकडाउनका बिहान बेलुकाकाे छाँक टार्न समस्या रहेका छन् । तसर्थ हाम्रो पार्टीको केन्द्र काेहलपुरले मंगलबारदेखि कोरोना राहत कोष स्थापना गरेका छ । सोही अनुसार राहत वितरण कार्यक्रम भइरहेको छ । हाम्रो पार्टीको केन्द्रले नै कोरोना नियन्त्रणलाई प्रमुखताका साथ उठाएको छ । कोरोनाका कारण सिंगो देश प्रभावित भएकाले देशभर नै पार्टी पङती परिचालित हुने निर्देशन अनुसार पनि काम भइरहेको छ । हाम्राे पार्टीकाे केन्द्रिय समितिकाे  बैंठकले प्रत्येक प्रदेशमा एक-एक वटा अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय गरेकाे छ ।

२. बाँके जिल्लामा रहेको स्थानीय सरकार र माओबादी केन्द्रको कस्तो समन्वय र सहकार्य रहेको छ ?

कोहलपुरमा पनि एउटा गम्भिर समस्या देखियो । यहाँ रहेको मेडिकल कलेजले अक्सिजन अभावको भएको भन्दै ढोका बन्द गर्ने सम्मको अवस्था भयो । बिरामी छटपटिने अवस्था भ भएको थियो । त्यस्तो समस्या न्युनिकरणको लागि मैले आफ्नो व्यक्तिगत तथा पार्टीको तर्फबाट पहलकदमी पनि लिइयो । सरोकारवालासँग छलफल समेत भयो । मेडिकल कलेजमा त्यसको लागि टिम नै निर्माण गरेर अघि बढ्ने सम्मका काम भए । मेडिकल कलेज हाताभित्र फिबर क्याम्प क्लिनिक सञ्चालन सहमति भयाे। अक्सिजन अभाव पूर्ति गर्नका लागि आफ्नो तर्फबाट पहल थाल्ने भनेर हामीले प्रक्रिया अघि बढायौँ । अहिलेसम्म स्थानीय सरकारसँग समन्वयमा गर्नुपर्ने कामहरु भइरहेका छन् । हामीले स्थानीय सरकारलाई गर्नुपर्ने सहयोग र समन्वय गरिरहेका छौँ । त्यो स्थानीय सरकारले महशुस गर्ने कुरा हो । यस्तो बेलामा सबै पार्टीको आवश्यकता हुने गर्दछ । हामीले कोरोना नियन्त्रणका निम्ति कुनै पनि कसर बाँकी राखेका छैनौँ । अहिले पनि त्यसको लागि जुटिरहेको अवस्था छ ।

३. बाँके जिल्लामा कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्थानीय सरकारले गरेका काम कत्तिको प्रभावकारी भएको देख्नु भएको छ ?

स्थानीय सरकारहरु शुरुवातदेखि नै जसरी अघि बढनुपर्ने थियो, त्यो हुन सकेन । स्थानीय सरकार त्यसमा चुकेको मैले महशुस गरेको छु । सरोकारवालाहरुसँगको समन्वयमा उहाँहरु राम्रोसँग चुक्नु भएको छ । हाम्रो जिल्ला खुल्ला नाकासँग जोडिएको छ । त्यहाँबाट देशभरका नागरिक भारत जाने र नेपाल आउने गर्दछन् । भारतमा कोरोना फैलिरहेको अवस्था थियो । त्यसको प्रभाव नेपालमा कति पर्छ भन्ने कुरा पहिलो चरणको कोरोना संक्रमणले स्थानीय सरकारलाई पाठ सिकाएको थियो । तर स्थानीय सरकारले त्यसमा ध्यानै दिन सकेनन् । स्थानीय सरकारको पहिलो कमजोरी त्यहीँ नै हो । बेलैमा अक्सिजनको जोहो गर्नुपर्ने थियो । कोभिड अस्पताल निर्माण गर्नुपर्ने थियो । तर त्यसो हुन सकेन । स्थानीय सरकारले त्यता तर्फ ध्यान नै दिन सकेनन् । आइसोलेसन समेत बढ्न सकेनन् । यस्ता प्रकारका कमजोरीका कारण हामीले नसोचेको स्थिति भोग्नु पर्ने अवस्था भयो । कोरोना आफै नियन्त्रण भइहाल्छ, अवस्था यस्तै हो । यो त केही होइन जस्ता गतिविधि स्थानीय सरकारहरुले गरे । त्यो नै सबै भन्दा ठूलो भूल र कमजोरी थियो भन्ने कुरा समयले पुष्टि गरेको छ । यसले धेरै क्षेत्रमा क्षति गरिरहेको थियो । यसमा स्थानीय सरकार चनाखो हुन नसकेकै हो । आर्थिक तथा स्वास्थ्य क्षेत्रले धेरै क्षति व्यवहोरेको थियो । त्यतिबेला बजेट बनाउँदा खेरी नै उनीहरुले ध्यान दिनुपर्ने थियो । कोरोना केन्द्रीत बजेट आउनुपर्नेमा त्यसो हुन सकेन । अस्पताल बनाउनुपर्ने थियो । दुःखद नै भन्नुपर्छ त्यसो हुन सकेन । पछिल्लो चरणमा स्थानिय सरकारहरूले आफनाे तहमा काेराेना नियन्त्रनका लागि सर्वपक्षीय टिमले निमार्ण गरेर परिचालन गनु पदर्थ्याै  ।  त्यसमा पनि स्थानीय सरकार चुकेको अवस्था थियाे । स्थानीय सरकार अझै प्रभावकारी रुपमा अघि बढ्नुपर्ने देखिन्छ ।

४.अहिले पनि स्थानीय सरकार नीति तथा कार्यक्रम र बजेटको तयारीमा छन्, अबको बजेट कस्तो हुनुपर्ला ?

अहिलेको प्रमुख प्राथमिकता भनेको स्वास्थ्य क्षेत्र हो । हामीले स्वास्थ्य क्षेत्रको वृद्धि विकासमा ध्यान दिनुपर्छ । अबको बजेट यतैमा केन्द्रीत गर्नुपर्नेहुन्छ । स्वास्थ्य क्षेत्रको क्षमता विकासदेखि जनशक्ति थप गर्ने र त्यसको दायरा बढाउने कुरामा सम्पूर्णले ध्यान दिन सकेमा राम्रो हुन्छ भन्ने मेरो मान्यता हो । स्वास्थ्य संस्थाहरुलाई हाइ अलर्ट अवस्थामा राख्नुपर्छ । त्यसको लागि कुनै पनि कुराको अभाव हुन दिनुहुदैन । जनताको ज्यान रहे, जनता सुरक्षित भए पो विकास हुनेको हो, जनता नै रहेनन् भने कसरी के को लागि विकास गर्ने हो । अब आउने बजेटमा वडा स्तरमा रहेका स्वास्थ्य संस्थाहरुलाई क्षमता बृद्धि गराएर स्तरीय बनाउनुपर्छ । स्थानीय तहले आफ्नो स्थानीय तहको केन्द्रमा एउटा सुविधासम्पन्न अस्पताल अनिवार्य निर्माण गर्नुपर्छ । आज हामीले कोरोनाको महामारीलाई व्यहोरी रहेका छौँ । के थाहा भोली यस्तै प्रकारका अन्य महामारी समेत आउन सक्छन् ? अब महामारी नै आउँदैन भन्न सकिने अवस्था छैन । संविधानमा नागरिकले निःशुल्क स्वास्थ्योपचार पाउने भनिएको छ । स्वास्थ्य मौलिक हकका रुपमा स्थापीत गरिएको छ । राज्यले त्यसलाई कार्यान्वयन गर्न ध्यान दिनुपर्ने  छ । कोरोनाबाट सरकार सचेत हुनैपर्छ । कोरोनाको समयमा सरकारले वितरणमुखी भन्दा पनि परिणाममुखी बजेट ल्याउनुपर्छ । जनताको स्वास्थ सुरक्षाको लागि केन्द्र  बजेट हुनपर्छ ।

५. पहिलो र दोस्रो चरणको महामारीको समयमा सरकार चाहीँ जनमुखी रुपमा काम गर्न सफल भएको पाउनु भएको छ ?

कोरोना नियन्त्रणको लागि अहिले केपी ओलीको सरकार गम्भिर छैन र  हिजाे  पनि  गम्भिर थिएन । आज कोरोना केन्द्रीत भएर जनताको सुरक्षाको लागि केही पनि हुन सकेको छैन । शुरुमा प्रधानमन्त्रीले कोरोना केही पनि होइन, यो त सामान्य रुवाखोकी बेसार पानी खाएर उडाईदिनुपर्छ भन्नुभयो, त्यसको तयारी  गर्ने सन्दर्भमा सरकार चुक्यो । त्यसकाे परिणाम जनताले दुःख भोगे । कतिकाे औधषी, अक्सीजन, खाना नपाएर ज्यानै गयो, जसका कारणले अहिले पनि नेपाली जनताले राज्य भएको अनुभूति गर्न पाएका छैनन् । अहिले प्रधानमन्त्री र राष्ट्रपति मिलेर देशलाई बर्बाद बनाइरहेका छन् । प्रधानमन्त्रीको हरेक असंबैधानिक कुरामा  राष्ट्रपतिको साथ रहेको छ ।प्रधानमन्त्रीको व्यक्तिगत सचिवालयका रुपमा जस्ताे राष्ट्रपतिले काम गर्नु दुःखत कुरा हाे ।  जनतालाई बचाउने भन्दा पनि कुर्सी बचाउने धाउन्नमा ओली
छन् । निजी स्वार्थका लागि पार्टी, देश, संविधानको समेत अवहेलना गर्नुभएको छ । ओलीले अराकजता बाहेक अरु केही पनि गर्नुभएन । सरकारको भर पर्नु मुर्खता देखाउनु जस्तो भएको छ ?

६. अन्त्यमा सम्पूर्णलाई कोरोनाबाट बच्नको लागि के भन्नुहुन्छ ?

सरकार आफ्नै सुरमा छ । देश कोरोनासँग जुँधिरहेको छ । अहिलेसम्म पनि सरकारले कोरोना महामारी नियन्त्रणका लागि प्रभावकारी काम गर्न सकेको छैन । अस्पताल छ बेड छैन । अक्सिजन नपाएर मानिस मरिरहेका छन् । त्यतिकै संख्यामा कोरोना संक्रमित रहेका छन् । जनताले लकडाउनका कारण काम गर्न नै पाएका छैनन् । यस्तो अवस्थामा सरकार सक्रिय हुनुपर्ने हो हुन सकेको छैन । त्यसैले हामी आफैले आफ्नो ज्यान बचाउने तर्फ लाग्नु पर्ने अवस्था छ । स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरौँ । सामाजिक दुरी कामय गरौँ मास्कको अनिवार्य प्रयोग गर्न नभूलौँ । त्यसो हुन सक्यो भने हामी सजिलै बच्न सक्छौँ । होइन भने अकालमा ज्यान जाने अवस्था छ । अत्यावश्यक नपरी घरबाटै ननिस्कियौँ, सरसफाईमा ध्यान दिउ समेत बनौँ भन्न चाहन्छु ।

प्रकाशित मितिः बिहिबार, जेष्ठ १३, २०७८     6:00:00 AM  |