14 May 2024  |   बुधबार, जेष्ठ २, २०८१

बैंक तथा वित्तीय संस्थाबाट लाभ लिनै कठिन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, जेष्ठ २९, २०७६  

कोहलपुर ।

बाँकेको कोहलपुरमा विभिन्न व्यवसाय संचालन गर्दै आईरहेका उद्योगी तथा व्यवसायीहरुले बैंक, वित्तीय संस्था लाभ लिनै कठिन भएको बताएका छन् । मंगलबार कोहलपुरमा भएको एक कार्यक्रममा बोल्ने उद्योगी व्यवसायीहरुले सहज रुपमा बैंकिङ सेवा पाउने वातावरण बनाउन माग गरेका थिए । व्यवसाय सञ्चालनको लागि आवश्यक पर्ने कर्जाका बारेमा आपसी समन्वय हुन नसकेको भन्दै उनीहरुले बैंकहरु त्यसको लागि सहज वातावरण गराउनुपर्ने बताए । लघु घरेलु तथा साना उद्यमीहरुको वित्तीय पहुँज अभिबृद्धिका लागि वित्तीय सारक्षता कार्यक्रममा बोल्ने उद्योगी व्यवसायीले बैंक, वित्तीय संस्थालाई आगामी दिनमा व्यवसायमा सहकार्य गर्न आवश्यक रहेको बताएका हुन् ।

अहिले कोहलपुरमा डेढ दर्जन भन्दा धेरै बैंक र एक दर्जनभन्दा बढी वित्तीय संस्थाहरु छन् । क्रमिक रूपमा कोहलपुरमा बैंक तथा वित्तीय संस्था थपिने क्रम रोकिएको छैन । तर यहाँका व्यवसायी, व्यापारी र नीजि क्षेत्रले बैंक तथा वित्तीय संस्थाबाट आवश्यक लाभ लिन नसकेको बताएका छन् । व्यवसायी मधुु खड्काले सरकारी देखी नीजि बैंकसँग समन्वय गर्दा पनि ऋण नपाउँदा व्यवसाय सञ्चालनमा कठिनाई भएको बताइन् ।

धेरै संख्यामा बैंकहरु भएपनि व्यवसाय संचालनको लागि आवश्यक कर्जा माग माग गर्दा झन्टटिलो प्रक्रिया र वीत्तीय कारोबार सम्बन्धि जानकारी अभावका कारण बैंक र व्यवासायी बीच समन्वय हुन नसकेको उनको भनाई छ । ‘व्यवसाय संचालनको लागि हामीलाई निकै समस्या हुन्छ’ उनले भनिन्, ‘त्यसैले कर्जा वितरण प्रक्रिया सहज बनाउनु पर्छ भन्ने सबैको माग हो ।’ नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा बाँकेका कार्यबाहक अध्यक्ष समर बहादुर खत्रीले व्यवसायीहरुको अनुसार माग बैंक,वीत्तीय सस्थाहरु बीच समन्वय गर्ने पहल भईरहेको जानकारी दिए ।

उनका अनुसार ३ हजारको संख्यामा रहेका व्यवसायीहरुले बंंंैकहरुबाट कर्जा लिने प्रक्रिया झन्झटिलो भएको र वित्तीय सारक्षतामा कमी भएका कारण व्यापार गर्न समस्या भईरहेको छ । उद्योगी, व्यापारी तथा नीजि क्षेत्र र बैंक वित्तीय क्षेत्रबीच आवश्यक समन्वय नहुँदा लाभ लिन नसकेको उनको भनाई छ । वित्तीय सारक्षता कार्यक्रममा बोल्दै एनएमबी बैंकका ५ नम्बर प्रदेशका प्रबन्धक डिबी बिक्रम शाहले व्यवसायी, उद्योगी व्यापारीको माग अनुसार सहकार्य र प्रवद्र्धनको लागि नयाँ कार्यक्रम ल्याईएको बताए । खुसी नेपाली समृद्ध नेपालको नारालाई साकार गर्नको लागि व्यवसायी मैत्री नयाँ कार्यक्रम ल्याईएको शाहले बताए ।

अनुसार कृषि क्षेत्र मार्फत स्वरोजगारीको अवस्था सिर्जना गर्नको लागि कृषि कर्जाको कार्यक्रम ल्याईएको हो । बैंकले अहिले १० लाख देखी ५० लाख सम्मको कर्जा प्रदान गर्दै आईरहेको छ । आगामी दिनमा प्रक्रियागत रुपमा झन्झटिलो प्रक्रिया भएको भन्दै जनचेतनामुलक, वित्तीय सारक्षताका लागायतका कार्यक्रम संचालनको योजना रहेको बताईएको छ ।

प्रकाशित मितिः बुधबार, जेष्ठ २९, २०७६     10:37:03 AM  |