कोहलपुर क्रिकेट मैदानको डिपीआर नहुँदा मैदान निर्माणको प्रक्रिया अगाडी बढ्न सकेको छैन । पश्चिम नेपालकै मुटुको रुपमा रहेको कोहलपुरमा अन्तराष्ट्रिय स्तरको रंगशाला निर्माण गर्ने भनिएपनि आवश्यक प्रक्रिया पुरा नहुँदा मैदान कागजमै सिमित हुन पुगेको हो । मैदानकालागि हालसम्म बिभिन्न चरणमा करोड बढि रकम निकासा भईसकेको छ । यस बिचमा आधा दर्जन बढि मन्त्री तथा राखेपका पदाधिकारीहरुले मैदानको स्थलगत अनुगमन समेत गरिसकेका छन् । तर मैदानले अवसथा भने दिनप्रतिदिन नाजुक बन्दै गएको छ ।
गत भदौ १२ गते कोहलपुर आएका वर्तमान सरकारका युवा तथा खेलकुद मन्त्री राजेन्द्र कुमार के.सी. ले मैदान निर्माण कार्य यथाशिघ्र सुरु गर्न राखेपलाई निर्देशन दिएका थिए । ठुलो दलबलका साथ मैदान निरिक्षणमा पुगेका मन्त्री के.सी. ले एक महिना भित्र मैदानलाई तारबार गर्न निर्देशन दिए । प्राविधिक प्रक्रिया नै नबुझेका मन्त्रीले सस्तो लोकप्रियताकालागि दिएको निर्देशन कार्यान्वयनमा त आएन नै मन्त्रीको बोलीमाथी थप प्रश्नचिन्ह समेत खडा गरिदिएको छ ।


मन्त्रीले दिनको निर्देशनको समयसिमा सकिएको विषयमा बुभ्mन खोज्दा प्रशासन विभागका विभागीय प्रमुख बासु शर्माले विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) पछि मात्र मैदान निर्माणको कार्य प्रारम्भ हुने जानकारी दिए । शर्माका अनुसार डिपीआर तयार नहुँदासम्म अन्य प्रक्रिया अगाडी बढाउन नमिल्ने भएकाले डिपीआरकालागि आवश्यक १० लाख रुपौयाँ छुट्टाएर बाँकी बजेट क्षेत्रमा पठाईएको जानकारी दिए । क्षेत्रिय खेलकुद विकास समितिलाई मैदान निर्माणको सम्पूर्ण जिम्मेवारी सुम्पीएको बताउँदै बिभागिय प्रमुख शर्माले यस आवमा मैदानका लागि १ बरोड बजेट निकासा गरिएको स्पष्ट पारे ।
बिगतमा बिभागले बजेट निकासा नगर्दा मैदान निर्माणमा ढिलाई भएको क्षेत्रिय खेलकुद विकास समिति बाँकेका अध्यक्ष भिम ओललिे बताए । “मैदान निर्माणको विषयलाई लिएर हामी निकै चिन्तित भएका छौं” अध्यक्ष ओलीले भने “डिपीआरको रिपोर्ट प्राप्त भएलगत्तै निर्माण प्रक्रियाले रप्mतार लिन्छ, विश्वास गर्नुहोस ।” मैदानका लागि बजेट निकासा भएको प्रति खुसी ब्यक्त गर्दै वलीले जुनसुकै परिस्थितीमा पनि बजेट फ्रिज हुन नदिने प्रतिवद्धता समेत जनाएका छन ।
वि.सं २०६३ सालमा कोहलपुर नगरविकास समितिले मैदान निर्माणका लागि ४ बिगाह १८ कठ्ठा जमिन छुट्याएको थियो । स्थानिय क्रिकेटप्रेमी संघसंस्था तथा ब्यक्तीहरुको पहलमा मैदानको क्षेत्र निर्धारण गरिएपनि उचित संरक्षणको अभावमा मैदान गौचरणमा परिणत हुँदै आएको छ । ०६३ सालयता बिभिन्न चरणमा मैदान निर्माणका लागि १ करोड बढि रकम बिनियोजित भईसक्दा समेत त्यसको उचित ब्यवस्थापन हुन सकेको छैन । २०६३ सालमा सामान्य तारबारले घेरिएको मैदानको पूर्व तर्फ नदि कटान रोक्न तटबन्ध गरिएपनि अन्य संरचना निर्माण नहुँदा मैदान अतिक्रमण हुने क्रम समेत बढ्दै गएको छ ।