18 May 2024  |   आइतवार, जेष्ठ ६, २०८१

पूmलको मुस्कान 

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, भदौ ४, २०७३  

 निबन्ध

– डा.मतिप्रसाद ढकाल
संसारमा पूmललाई मन नपराउने कोही नहोलान् । पूmल नहुँदो हो त मान्छेको जीवन पनि जीवन नै बन्न सक्ने थिएन । पूmल मुस्कुराएको देखेर नै मान्छेले सर्वप्रथम हाँस्न सिक्यो होला । पूmलको सुगन्ध सुँघेर नै मान्छेले आफ्नो धेरथोर सुगन्ध पैmलाउने प्रेरणा लियो होला । पूmलको बोट उम्रेको देखेर नै मान्छेले ज्ञानको सिँढी चढ्न थाल्यो होला । आफ्नो पूmलहरू सधैं फुलिरहेकै हुन्छन् । पूmल फुल्न वसन्त नै पर्खनुपर्छ भन्ने छैन । हामीले दसैं तिहार मनाए जस्तै पूmलले पनि वसन्तलाई आफ्नो ठूलो चाड ठानेर बढ्ता रमाउँछ । हामी जस्तै परिवारका सबै सदस्य जम्मा भएर पूmलहरूले सामूहिक पर्व मनाउँछन् । हामी परिवारबाट बिछोड हुँदा दुःखी हुन्छौं र आँसु झार्छौं तर पूmलले कहिल्यै पनि आपूmलाई दुःखी बनाउँदैन र आँसुका थोपा खसाउँदैन । खप्न त पूmलले पनि चर्को घाम, पानी र कठ्याङ्ग्रिँदो जाडो खपेकै छ तर ऊ कहिल्यै फुल्न छाड्दैन । हामीले पूmलको जीवन समाप्त गर्न खोज्छौं तर पूmलले हाम्रो जीवनमा कहिल्यै पनि हस्तक्षेप गर्दैन । बरु उसले त हाम्रो जीवनलाई जीवन्त बनाउन सदैव सघाइरहन्छ ।हामीले ससाना बालबालिकाको मुस्कानलाई पूmलको मुस्कानसँग तुलना गरेर हेर्न सक्छौं । हामी पनि सानो छँदा पूmल जस्तै निष्कपट भएर मुस्कुरायौं होला तर जब हामीले केही सिक्तै गयौं र बढ्दै गयौं तब हामी पूmलको मुस्कान होइन काँडाको रोदन छर्दै गयौं । मुस्कुराउन त हाम्रो प्रौढ मुख मुस्कुराउँछ होला कहिलेकाहीँ तर हाम्रो कृत्रिम मुस्कान पूmलको प्राकृतिक मुस्कानभन्दा नितान्त भिन्न छ । हामीले मुस्कुराउने प्राकृतिक मुख त आफ्नो बाल्यकालसँगै बिदाइ गर्छाैं । मनभित्र काँडैकाडा बिछ्याएर मुस्कुराउने हाम्रो कृत्रिम मुस्कानको कुनै अर्थ छैन । विकसन अर्थात् फुल्नु भन्ने अर्थमै रहेको संस्कृतको ‘फुल्ल’ धातुबाट ‘पूmल’ शब्दको विकास भएको हो तर हामी कहिल्यै मुस्कुराउन नसक्ने अन्डालाई र सधैं मुस्कुराइरहने पूmललाई एउटै ड्याङमा राखेर ‘फुल’ फुलाउने धृष्टता गर्दैछौं । कहिल्यै प्राकृतिक मुस्कान छर्न नसक्ने हाम्रो आँखाले पूmललाई काँडा देख्नु अस्वाभाविक होइन तर हामीमध्ये धेरैले पूmललाई काँडा देख्ने दुष्प्रयास गरे पनि पूmललाई पूmल नै देख्नका लागि आँखा बिछ्याउनेहरू पनि हाम्रो समाजमा कम छैनन् । काँडा र पूmलको जतिसुकै द्वन्द्व चर्किरहे पनि अन्ततः जित त काँडाको होइन पूmलकै हुन्छ । पूmलसँगको युद्धमा पराजित हुनेहरूले काँडा बनेर घोचिरहनु अस्वाभाविक होइन र काँडाले सधैं पूmललाई घोचिरहन पनि सक्तैन । काँडाले जतिसुकै घोच्न खोजे पनि पूmल फुल्न छाड्दैन र पूmलको सुगन्धमा पनि कहिल्यै कमी आउँदैन । पूmलको सुन्दरता हेर्नका लागि हो तर हामी पूmलको मुस्कानलाई र महत्त्वलाई नबुझीकन मुस्कुराइरहेको पूmललाई चुँडेर उसको सुन्दर जीवनलाई समाप्त गर्ने धृष्टता गर्दछौं । अमेरिका पुगेर फर्केका एकजना मित्रले अमेरिकाका मन्दिरमा पूmल चढाउन नपाइने रहेछ र त्यहाँ त पूmल टिपेर चढाउने होइन पूmलको सुन्दरता देखाउनका लागि हो भन्ने मान्यता विकसित भएको रहेछ भनेर सुनाएका थिए । भगवान्लाई चढाउने त भावनाको पूmल हो । ‘भावमिच्छन्ति देवताः’ भगवान्ले विशुद्ध भावना चाहन्छन् आफ्ना भक्तहरूबाट । तर हामी भावनामा काँडा रोपेर भगवान्लाई बाहिरी पूmल चढाउँछौं र पूmलको जीवनलाई नै समाप्त गर्छौं । हामीले नचुँडे पनि एक न एकदिन त पूmलको जीवनसमेत समाप्त हुन्छ नै तर पूmलले आपूm समाप्त हुने बेलासम्म पनि सुगन्ध छरिरहन बिर्सिंदैन । ओइलाएर आपैm झर्ने पूmल आपैm बिउ र मलसमेत बनेर पुनः उम्रन्छ र पूmल बनेर सुगन्ध पैmलाउन अग्रसर हुन्छ । समृद्ध बिउको सम्भावना वहन गर्न नपाउँदै असमयमा नै हामीले चुँड्ने गरेको पूmल पुनः बिउ बनेर उम्रन सक्तैन, हामी मान्छेले जस्तै पुनर्जीवन पनि प्राप्त गर्न सक्तैन ।
हामी बगैंचामा त जान्छौं तर त्यहाँ फुलिरहेको पूmलको जीवनलाई बुझ्ने प्रयत्न गर्दैनौं । जसले पूmलको जीवनलाई अध्ययन गर्न सक्छन्, तिनले नै पूmलबाट अनेकौं ज्ञान पनि प्राप्त गर्न सक्छन् र संसारको सारतत्त्व बुझ्न समर्थ हुन्छन् । काँडालाई नकुल्चीकन गुलाबको पूmल फुल्नै सक्तैन तर हामी ससाना समस्याका काँडाले घोच्न थाल्ने बित्तिकै पूmल बनाएर फुलाउनुपर्ने जीवनलाई निरुद्देश्य रूपमा समाप्त गर्ने दुष्प्रयास गर्छौं । सांसारिक समस्याहरू कुल्चिएर जीवनको पूmललाई फुलाउन असमर्थ हुन्छौं । त्यसैले पूmल निर्जीव र चेतनाविहीन ठानिए पनि वास्तवमा ऊ सजीव र चेतनशील छ, चेतनशील ठानिएका र दुर्गन्ध पैmलाइरहेका हामी मान्छेहरूभन्दा पूmल निकै महान् छ र सुगन्ध पैmलाइरहन समर्थ पनि छ । फुल्न त हामीहरू फुल्न सक्थ्यौं होला तर हामीले आफ्ना जरामा मलजल राख्नै सकेनौं र हामी उम्रिने माटो पत्ता लगाउन असमर्थ भयौं । पराइको माटामा मलजल गर्दागर्दै हामीले आफ्नो फुल्ने र पैmलिने शक्ति नै गुमाउँदै गयौं । ढिलै भए पनि हामीले गुमाएको पश्चात्तापको अनुभूति गर्नसक्यौं र त्यसबाट नवपुस्तालाई पाठ सिकाउन सक्यौं भने निश्चय नै हामीलाई आगतले धिक्कार्ने छैन । हामीे सोच्ने गर्छौं पूmलको क्षणिक जीवनभन्दा हाम्रो जीवन लामो छ तर दुर्गन्ध पैmलाएर लामो जीवन बाँच्नुभन्दा पूmल भैंm मुस्कुराएर क्षणिक जीवन जिउनु नै संसारको सार रहेछ भन्ने कुरा हामीले बेलैमा बुझ्न  सकेनौं । हामी निर्गन्ध पलासको पूmल जत्तिकै पनि आकर्षक हुन असमर्थ भयौं । गन्ध नभए पनि पूmल भनेको आखिर पूmल नै हुँदो रहेछ । निर्गन्ध भयो भनेर पूmललाई कसैले पनि बहिष्कार गर्न नसक्तो रहेछ । ‘ईश्वरको हाँसो पाएका पूmल छोएर नमार’ भन्ने देवकोटाको कविता त हामीले बारम्बार नपढेका होइनौं तर हाम्रो लोभी आँखाले पूmललाई हेर्दा हामीलाई मोहनी लाग्यो र हामीले पूmललाई छोएर जङ्गली बन्ने प्रयत्न ग¥यौं । पूmलहरू हाम्रा आँखाका अमूल्य रत्न रहेछन् भन्ने कुराको हेक्का हामीले राख्नै सकेनौं । पूmलहरू हाम्रा सन्तानभन्दा पनि महान् हुन् र तिनको हामीले संरक्षण गर्नुपर्छ भन्ने चेतना हामीमा कहिल्यै पलाउन सकेन । पूmललाई त छुन पनि नहुँदो रहेछ । छुँदा बित्तिकै पूmलको अस्मिता हराउँदो रहेछ तर हामीले त पूmललाई छुने मात्र होइन निमोठ्ने जघन्य अपराध पो गर्दा रहेछौं । ईश्वरको हाँसो पाएका सुन्दर पूmललाई चुँडेर ईश्वरकै पाउमा चढाउन खोज्दा हामीले ईश्वरलाई खुसी होइन दुःखी पो बनाउँदै आएका रहेछौं । एउटा ईश्वरलाई चुँडेर अर्का ईश्वरलाई पुज्ने हाम्रो आडम्बरको कहिले पर्दाफास होला खै ?
हाम्रो जीवन चुँडिदा बित्तिकै हामी लासमा परिणत हुन्छौं र हामी अछुत हुन पुग्छौं । हामी लास बन्नुभन्दा अघि पनि हामी जस्तै अर्को मानवलाई व्यवहार गर्दा छुवाछुतको भेदभाव गर्न पछि पर्दैनौं तर पूmलले कहिल्यै पनि छुवाछुतको भेदभाव गर्दै गर्दैन । जीवन रहँदासम्म पूmलले सम्पूर्ण संसारलाई हँसाइरहेकै हुन्छ र जीवन चुँडिदा पनि पूmलले ईश्वरकै साथ पाएर मुस्कुराइरहन्छ । जन्मदेखि मृत्युपर्यन्त मुस्कुराइरहने र सुगन्ध छरिरहने पूmलको तुलना पनि के हामीजस्ता सङ्कीर्ण जीवसँग हुनसक्ला ?स्वार्थी र प्रपञ्ची मान्छेहरूको भीडमा हराउँदा हराउँदा हामीहरूले आजसम्म आफ्नो परिचय नै प्राप्त गर्न सकेका रहेनछौं र भएको ससानो परिचय पनि गुमाउन बाध्य भएका रहेछौं । आपूm बाँचेको अभिनय गर्नका लागि हामीले आफ्नो, परिवार र समाजका धेरै सदस्यहरूलाई रुवाइरह्यौं । अरूलाई रुवाएर हामीले बाँचेको अभिनय गरिरह्यौं र हाँसेको देखाउन हामीले आफ्नो मुख च्यातिरह्यौं तर हामी कहिल्यै वास्तविक रूपमा मुस्कुराउनै  सकेनौं । तिरस्कार वा बहिष्कार गर्न त मन थिएन मान्छेको भीडलाई तर भीडले नै सदैव तिरस्कार र बहिष्कार गरिरहेको हुँदा अब हामीले आफ्नो अस्तित्वको खोजी गर्न मान्छेको भीडबाट केही समयका लागि अलग्गिएर पूmलको भीडमा पस्ने हिम्मत गर्न सक्नुपर्छ । हामीले आफ्नो हृदयमा पूmलैपूmलको बगैंचा सजाउन नसके पनि बगैंचाको सान्निध्यमा रहेर हामीले मुस्कानको महत्त्व बुझ्दै जानु आवश्यक छ । कलियुगमा सन्न्यास लिन निषिद्ध नै भए पनि मान्छेको भीडबाट केही समय सन्न्यास लिई पूmलको भीडमा सम्मिलित हुन अवश्य पनि कहीँ कतै निषिद्ध गरिएको छैन । मान्छेको संसर्गले आहत भइसकेकाहरूले बगैंचाको सङ्गत गर्न थाले भने निश्चय नै आफ्नो जीवन सार्थक भएको अनुभूति गर्नेछन् । आपूm हाँसेर संसार हँसाउने पूmलको दर्शनबाट प्रेरित हुनसक्ने मान्छेले एक न एक दिन अवश्य पनि मोक्षसमेत प्राप्त गर्नेछ । आखिर हामी सबै मान्छेको अन्तिम लक्ष्य पनि मोक्ष प्राप्त गर्नु नै त हो ।
(सहप्राध्यापक, नेसंवि, कालिका विद्यापीठ, गैंडाकोट, नवलपरासी ।)

प्रकाशित मितिः शनिबार, भदौ ४, २०७३     9:44:20 AM  |