27 April 2024  |   शनिबार, बैशाख १५, २०८१

बाँकेबाट सोमबार थप ४० जना कोरोनामुक्त

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, भदौ २९, २०७७  

बाँकेबाट सोमबार थप ४० जना कोरोना संक्रमित निको भएर डिष्चार्ज भएका छन् । जिल्लाका विभिन्न आइसोलेसनमा रहेको ४० जना निको भएर डिस्चार्ज भएका हुन् ।

मेडिकल कलेज चिसापानी आइसोलेसनबाट १० जना, होटल अतिथिबाट ९ जना, खुल्ला कारागार आइसोलेसनबाट ८ जना, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल आइसोलेसनबाट ४ जना, लायन्स डेण्टलबाट ३ जना, होटल इन्द्रेणीबाट २ जना, कृषि तालिम केन्द्र खजुराबाट २ जना तथा होटल सिटी प्यालेस र आदर्शनगर आइसोलेसनबाट १/१ जना डिष्चार्ज भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ।

योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ हजार ३६ पुगेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मितिः सोमवार, भदौ २९, २०७७     11:38:59 AM  |