26 April 2024  |   शनिबार, बैशाख १५, २०८१

बाँकेमा फेरी थपिए १९ संक्रमित, कोहलपुरका १० जना

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, भदौ २४, २०७७  

कोहलपुर :

बाँकेमा बुधबार राती फेरी १९ जना नयाँ संक्रमित थपिएका छन् ।

भेरी अस्पतालले राती आठ बजे सार्वजनिक गरेको तथ्यांकमा विभिन्न पालिकाका कोरोना संक्रमित थपिएका छन् ।

नयाँ थपिएका मध्ये १० जना कोहलपुर नगरपालिकाका छन्, भने नेपालगञ्जका ६ जना रहेका छन् ।

एक जना बर्दिया र बाँके कै अन्य दुई जना रहेका छन् । यस अघि बुधबार भेरी अस्पतालमा पहिरो चरणमा ५२ जना थपिएका थिए ।

प्रकाशित मितिः बुधबार, भदौ २४, २०७७     8:31:03 PM  |