27 April 2024  |   शनिबार, बैशाख १५, २०८१

कोहलपुर ५ वटा वडाका १५ जनामा कोरोना संक्रमण

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, साउन २३, २०७७  

कोहलपुर :
बाँकेको कोहलपुर नगरपालिका पाँच वटा वडामा शुक्रबार १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पतालमा गरिएको परिक्षणमा ५ महिला र १० पुरुषमा कोरोना देखिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार कोहलपुर वडा नम्बर १ का ८ जना, २ का २ जना, रहेका छन् भने वडा नम्बर ४ का २ जना, ५ का १ जना र ११ का २ जना रहेका छन ।

शुक्रबार बाँकेका ४ ९ जनामा कोरोना देखिएको थियो ।

भेरी अस्पतालमा हालसम्म १३ हजार ६ सय ८ जनाको पिसिआर बिधिद्धारा कोरोना परिक्षण गरिएकोमा बाँकेमा ५ सय ४७ जना पोजेटिभ भएकोमा ३ सय ९४ जना निको भएर घर फर्किसकेका छन ।

प्रकाशित मितिः शुक्रबार, साउन २३, २०७७     9:20:35 PM  |