11 May 2024  |   शनिबार, बैशाख २९, २०८१

कर्णालीको बजेट : बैठक भत्ता र खाजा खर्च कटौती, नयाँ गाडी नकिन्ने

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, असार १, २०७७  

सुर्खेत :

कर्णाली प्रदेश सरकारले मन्त्री, राजनीतिक पदाधिकारी र कर्मचारीको सुविधा कटौती गरेको छ ।

आगामी आर्थिक वर्ष २०७७÷७८ का लागि ३३ अर्ब ७४ करोडको बजेट ल्याएका आर्थिक मामिलामन्त्री प्रकाश ज्वालाले मन्त्री, राजनीतिक पदाधिकारी र कर्मचारीको अतिथि सत्कार, सञ्चार, बैठक र जोखिम भत्ता र खाजा खर्च कटौतीको घोषणा गरेका हुन् ।

यस्तै नयाँ संगठन संरचना स्थापना नगर्ने र एम्बुलेन्सबाहेक सवारी साधान पनि खरिद नगर्ने बजेटमा उल्लेख छ । कर्यालय सञ्चालन, मर्मत, इन्धन, फर्निचर र विभिन्न शीर्षकको खर्चमा पनि करिव ६० प्रतिशत कटौती गरिएको छ ।

बजेटमा कोरोना भाइरस ९कोभिड–१९० को महामारी नियन्त्रणका लागि १ अर्ब ५५ करोड बजेट छुट्याएको छ ।

प्रदेश अस्पतालमा २०० आइसोलेसन सेन्टर, ४० आईसीयू र २० भेन्टिलेटर बनाएइनेछ भने हरेक जिलामा कम्तिमा ५० आइसोलेसन बेड, १० आईसीयू र ५ भेन्टिलेटरसहित सघन उवचार कक्ष बनाउन बजेट छुट्याएइको छ ।

यसैगरी प्रदेश अस्पताललाई ३०० शैयाको शिक्षक अस्पताल बनाउन, राकम कर्णालीमा ट्रमा अस्पताल स्थापना गर्ने लगायतका कार्यक्रम पनि बजेटमा छ ।अनलाइनखबर

प्रकाशित मितिः सोमवार, असार १, २०७७     1:43:11 PM  |