25 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

‘पहिले स्वास्थ्य परीक्षण अनी वडामा प्रवेश’

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, जेष्ठ ६, २०७७  

वडाध्यक्ष ओम प्रकाश वली

कोरोना भाइरस (कोभिड–१९) विश्वमा महामारीको रुपमा फैलिएको छ । नेपाल पनि कोरोना भाइरसबाट अछुतो रहन सकेको छैन । नेपालमा कोरोना संक्रमणका कारणले दुई जनाको मृत्यु समेत भैसकेको अवस्था छ । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले जेठ २० गतेसम्म लकडाउन गरेको छ । त्यसलाई कार्यान्वयन गर्नका लागि बाँकेका सबै पालिकाहरुले आफ्नो आफ्नो सिमा क्षेत्रहरुलाई कडाई गरिरहेका छन् । कोहलपुर नगरपालिकाले कोरोना भाइरस रोकथाम र विपन्न वर्गहरुका लागि राहत कार्यक्रम वितरण समेत गरिरहेका छन् । यसै सन्र्दभमा वडास्तरमा के कस्ता प्रयासहरु भइरहेका छन् भनेर डिल्ली शाहीले कोहलपुर नगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष ओम प्रकाश वलीसँग गरेको कुराकानी

१. कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि वडा कार्यालयबाट के कस्ता कार्यहरु भइरहेका छन् ?

सर्वप्रथम, यो विषम परिस्थितिमा यहाँहरुको हाम्रो आवाजलाई जनताहरुको समक्ष पु¥याउने काम गर्नुभएकोमा धन्यवाद दिन चाहान्छु । अहिले विश्व नै ठुलो महामारी फैलिएको छ । नेपाल सरकारले कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण गर्नेका लागि लकडाउनलाई प्रभावकारी रुपमा लागु गर्नका लागि सबै प्रशासनलाई अनुरोध समेत गरेको छ । त्यसलाई पूर्ण रुपमा लागु तथा कार्यान्वयन गर्नका लागि कोहलपुर नगरपालिका र हाम्रो वडा कार्यालयबाट निरन्तर लागिरहेका छौं । हाम्रो वडामा पनि कोरोना रोकथाम र लकडाउनलाई प्रभावकारी बनाउनका लागि बाहिरबाट कुनै पनि अपरीचित व्यक्तिलाई वडामा प्रवेश निषेध गरिएका छौं । कोरोना संक्रमण क्षेत्रबाट आएको तर चिनेका मानिस रहेछ भने त्यसको कोरोना संक्रमण चेकजाँच तथा स्वास्थ्य परीक्षण गरि वडामा प्रवेश गराउने गरेका छौं । वडा कार्यालयमा सर्वदलिय बैठकबाट वडामा रहेका बाटाहरु पूर्ण रुपमा बन्द समेत गर्ने निर्णय गरेका छौं । ताकी बाहिरबाट कुनै पनि व्यक्ति आउन बन्देज होस् भनेर त्यसमा पनि स्वयमसेवकहरु खटाएका छौं । कोरोना संक्रमणबाट बच्न र रोकथाम गर्नेका लागि विभिन्न सूचनाको माध्यमबाट वडाबासीहरुलाई सचेतना गराईरहेका छौं ।

२. कोरोना संक्रमण फैलिएका क्षेत्रबाट तपाईको वडामा लुकिछिपी प्रवेश गर्न सक्ने सम्भावना हुनसक्छ । यसतर्फ वडा कार्यालयले के गरिरहेको छ ?

अहिलेसम्म हाम्रो वडामा कुनै पनि बाहिरबाट प्रवेश गर्ने पाएको छैन । हामी १८ घण्टासम्म वडा कार्यालयका गतिविधिसँग विताइरहेको छु । बाहिरबाट आएका भनेका काठमाण्डौ र दोलखाबाट आएका थिए । उनीहरुलाई कोहलपुर चौराहामा राखिएको हेल्थ डेक्समा लागि स्वास्थ्य परीक्षण गरेपछि उनीहरुलाई घर पठाइएको छ । अहिले भारतबाट आउनका लागि मलाई निकै फोन आएका छन् तर उनीहरुलाई जुन स्थानमा हुनुहुन्छ त्यही बस्नुहोस् भनेको छु तर हाम्रो चुलो नबल्ने भैसक्यो अब के गर्ने भन्दै फोन गरिरहेका छन् । वडा कार्यालयबाट पहल गरी नेपालमा ल्याउनका लागि प्रेसर समेत दिने गरेका छन् । भारतमा रहेका वडाबासीहरुलाई सक्दो नेपालबाट भारतीय राजदुतमार्फत सहयोग गर्ने विश्वास समेत दिएको छु ।

३. वडाबाट कति घरपरिवारलाई राहत वितरण गर्नुभयो र कसरी राहत वितरण गरिरहुनुभएको छ ?

हाम्रो वडामा पहिलो चरणमा २०४ जनालाई राहत वितरण गरिएको थियो । सोही परिवारलाई ११ सयका दरले वितरण गरेका थियांै । कोहलपुर नगरपालिकाबाट ६÷७ लाख बराबरको रकम आएको थियौं र हामीले खरिद गर्ने कोटेशन माग गरेका थियांै । प्रति घरधुरीलाई १५ केजी चामल, २ केजी दाल, १ केजी नुन, १ केजी तोरीको तेल दिएका थियौं । अब दोस्रो चरणको राहत वितरण गर्ने कार्य भैरहेको छ । वडामा १० वटा टोलहरु रहेका छन् दोस्रो चरणको राहत सिम्ररी र भरैयामामा सकिएको छ भने खड्कवारमा हुनेछ । हामीले दोस्रो चरणमा ५ सय ३४ घरधुरीलाई राहत वितरण गर्नेछौं ।

४. कयाँै ठाउँमा राहत वितरण गर्दा वास्तविक पीडित भन्दा पहुँचवालाहरुले पाए भन्ने गुनासाहरु पनि आएका छन् । वडामा के छ नी ?

हाम्रो वडामा सामान्य गुनासाहरु आएका छन् तर नआएका होइनन् । तर साथीहरुले कसरी बुझ्नुभयो तर मैले सबै टोलबाट १÷१ जनाको प्रतिनिधि खटाएको छु र उहाँहरुलाई तपाईहरुको गाउँमा रहेका विपन्न परिवारका घरधुरी र परिवारको संख्याको रेकर्ड ल्याउन निर्देशन समेत दिएको हुँ । पहिलो चरणमा भने कमजोरी भएकै हो । हामीसँग पहिलो चरणमा राहत वितरण कसरी गर्ने भन्ने मापदण्ड थिएन तर अहिले बनिसकेको छ । त्यही अनुसार बनाएका थियौं । मापदण्डमा स्थायी शिक्षक, पक्की घर भएको, ५ कठ्ठा भन्दा बढि हुनेलाई राहत नदिने भनिएको छ । तर सिम्ररीमा भने त्यहाँका बासिन्दाहरुले विवाद हुने गरी वितरण गरेका रहेछन् । काम गर्दे गर्दा समस्या हुन्छ नहुुने होइन् तर आफ्नो गाउँटोलमा सबै चिनेका हुन्छन् को गरिखाने हो र को चाँही हुने खाने भनेर । त्यसमा राप्रपाबाट भिम बहादुर डाँगी, नेकपाबाट गगन सिंह राना, नेपाली काँग्रेसबाट डम्बर बहादुर खड्का रहेका छन् । तर अहिले सम्म मैले कुनै पार्टी भनेर राहत वितरण गरेको छैन् ।

६. लकडाउनका कारणले ककृषकहरु निकै मर्कामा परिरहेका छन् । यसतर्फ वडा कार्यालले के गरिरहेको छ ?

हाम्रो वडाको भरैयामा तरकारी उत्पादन हुन्छ । दुग्ध पनि उत्पादन हुन्छ । तर बजार सम्म पुग्न सकेको छैन् । पहिले नेपालगञ्जबाट दुग्ध लिन आउने गरेका थिए तर नेपालगञ्जमा कोरोना संक्रमण पुष्ठी भएपछि दुग्ध लिन आउने व्यक्तिलाई रोकेपछि किसानहरुलाई समस्या परेको छ । कोहलपुर नगरपालिकाले पनि यसबारे कुनै चासो देखाएको छैनन भने हाम्रो वडा कार्यलयले पनि त्यसतर्फ कुनै कार्य गर्नु सकेको छैन । अहिले किसानहरु निकै कर्ममा परिरहेका छन् । हाम्रो वडा नै स्माट कृषि हो । तर धेरै किसानहरुको दुग्ध खेर जाने देखिएपछि वडा कार्यालयले हातमा पञ्जा लगाई दुग्ध लिन आउनुहोला भनी बोलाएका थियौं ।

७. अत्यमा वडाबासीलाई के भन्न चाहानुहुन्छ ?

कोरोना भाइरस (कोभिड—१९) कारणले विश्व नै महामारीमा फैलिएको छ । महामारीले नेपाललाई पनि छुट्न सकेको अवस्था छैनन् । महामारीबाट बच्न र रोकथाम गर्नेका लागि नेपाल सरकारले लकडाउनको पूर्ण रुपमा कार्यन्वयन गराई राखेका छौं । वडाबासीहरुलाई वडाबाट प्रसारण गरिएको सूचनालाई आधारमानी आत्यावश्यक काम बाहेक घर बाहिर नस्किन अनुरोध गर्दछु । वडा कार्यालयमा बाहिरबाट खसी, बोका, तथा अपरिचित व्यक्तिलाई समेत प्रवेश गर्ने नदिन अनुरोध समेत गर्दछु ।

प्रकाशित मितिः मङ्लबार, जेष्ठ ६, २०७७     9:10:20 AM  |