27 April 2024  |   शनिबार, बैशाख १५, २०८१

सबैभन्दा गह्रौ हुँदोरहेछ मृत्युको प्रमाणपत्र

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, फाल्गुन ३, २०७६  

—सुमित्रा न्यौपाने

“आफ्नो प्रमाणपत्र चिसो हातले उठाउन सकेन । सबैभन्दा गह्रौ हुँदोरहेछ मृत्युको प्रमाणपत्र ।” मृत्युको आयु उपन्यासमा लेखिएका वाक्य हुन् यी । एक सय छैसठ्ठी स्वतन्त्र लघुकथाहरुलाई समेटेर तयार गरिएको उपन्यास मृत्युको आयु पछिल्लो समय चर्चामा रहेको उपन्यास हो ।

रविन्द्र समिरका लघुकथाहरु उनेर बनाइएको उपन्यास मृत्युको आयु पढेर सकियो । रातभरि निदाउन दिएन पुस्तकले । आर्थिक, आध्यात्मिक, सांस्कृतिक, राजनैतिक, सामाजिक विषयवस्तुभित्र रहेका विकृति विसंगतिलाई एउटा आत्माको आत्मालापको माध्यमबाट देखाउन खोजिएको कृति हो मृत्युको आयु । खाडी देशमा कमाउन जाने तमाम युवाहरु जुन परिवारका लागि गास, बास, कपास जुटाउन विदेशिन्छन् । तर फर्किदा रातो बाकसमा फर्किनुपर्ने बाध्यता छ । खाडीको चरम गर्मीमा रातदिन काममा खटिंदा, खानपान, लत्ताकपडा, स्वास्थ्य उपचारमा ध्यान दिन नसक्दा भएको मृत्युलाई बढो मसिनो गरी केलाइएको छ मृत्युको आयुमा ।

बाल्यकालमा अभावले थिचेपछि पढ्न नपाएको उपन्यासको अमुक पात्र बिदेशिन्छ । भविष्यका लागि पैसा बचाउनु पर्ने भएपछि पेट, ह्दय, मन, रहर, आँत, सपना, इच्छा, आंकाक्षा सबै मार्दै एक्लोपन लिएर निराशामा बाच्न बाध्य हुन्छ । जीवनको बाटोमा निरन्तर हिड्ने क्रममा मृत्यु देखापर्छ । मृत्युलाई उसले कसैगरी पनि मार्न सक्दैन । यसरी कथाले उपन्यासको रुप लिन पाएको छ ।

पञ्चतत्वले बनेको शरीर सकिएर जडमा परिणत भएपछि आत्मा मुक्त हुन्छ । उपन्यासका विभिन्न लघुकथाहरुमा स्वतन्त्रताको पखेटा बनाइ आत्मा कहिले घर त कहिले खाडी ओहोरदोहोर गरिरहन्छ । परिवार, साथीभाइ, छिमेकी, आफन्त, विदेशी मालिक, अस्पताल, एयरपोर्टका कर्मचारी, बाकस चोर्ने धनाड्य चोरहरु, पण्डित लगायत मृत्यु संस्कारसम्म गरेका सबैका कृयाकलापको दृष्यात्मक अनुगमन गरिरहन्छ र प्रत्येक कथावस्तुको अन्त्यमा आफ्नो विचार व्यक्त गर्दछ । मृत्यु हुने दिनदेखि तेह्रौ दिनको काजक्रिया सकिएपछि मृत्यु मर्छ र मृत्युको आयु सकिन्छ । अनि उपन्यास पूर्ण हुन्छ ।

जन्मभन्दा विवाह, विवाहमाभन्दा मृत्युमा धेरैको ध्यान केन्द्रित हुने गर्छ । जन्मभन्दा मृत्यु ठूलो शक्ति हो । प्रत्येक वर्ष श्राद्धको बहानामा घरमा जम्मा हुने सबै आफन्तहरुले पुण्य तिथिको नाम दिइ भोजभतेर गरेर उत्सवको रुपमा मनाउने गर्दछन् । उसको पुण्य जन्म सम्झिदैनन् । यसरी वार्षिक तिथिको रुपमा मनाइने श्राद्धलाई उनले फरक तरिकाले प्रष्ट्याएका छन् ।

उपन्यासमा धार्मिक सहिष्णुतालाई जोडेका छन् । मृत्युपछि उपन्यासमा रहेको प्रमुख आत्मा पात्रलाई इस्लामिक परम्परा अनुसार शुद्ध गरिएको, अल्लाहको नाममा प्राथना गरिएको, इस्लामिक रीतिस्थिति अनुसार कफनमा राखेर विमानस्थल पठाएको देखाएका छन् भने जहाजमा बुद्धिष्ट एयर होस्टेजबाट सत्कार गरिदैं क्रिश्चियन पाइलटले उडाएको प्लेनबाट नेपाल भित्राएका छन् साथै हिन्दु धर्म अनुसार दाह संस्कार गराएका छन् । मृत्युको यो घडीमा विभिन्न ज्ञात अज्ञात धर्म र परम्परा आत्मा पात्रले अवलम्बन गरेको देखाउँदै सबै धर्मावलम्बिले उसको मृतात्माको चिर शान्तिको कामना गरेको देखाएर धर्मको नाममा मान्छे मान्छेमा विभाजनको रेखा कोरेर धार्मिक युद्धमा होमिन चाहनेहरुका लागि गतिलो झापड हानेका छन् ।

अहिलेका मानिसले देखाउने ममता नै शंकास्पद भएको उपन्यासले प्रष्ट्याएको छ । सामाजिक संजाल चलाउनेहरुले मान्छे नमर्दै अकल्पनीय मृत्यु भन्दै फेसबुकमा श्रदाञ्जली लेख्छन् । कहिले सम्पर्क र सम्बन्ध नभएकाहरुका लागि पनि प्रेम खन्याएको अभिनय गर्छन् । बाचुञ्जेल मुखमा फर्केर हेर्न नचाहाने व्यक्तिले सामाजिक संजालका भित्ता भरिने गरी राखेका स्ट्याटसले म पात्रको मन दुखेको छ । असल मान्छे, मृदृभाषी, स्वाभिमानी, चरित्रवान, सज्जन, सोझो, भलाद्मी, आँखा राखेपनि नबिझाउने भन्दै आफ्नो लागि आँशुको धार बगेको,, मुटु चिरिएको, माया गरेको इमोजी पोष्ट गरेकोमा आत्मा पात्र आश्चार्य चकित भएको देखाइएको छ । आफ्ना गुण थाहा पाउनका लागि मृत्युको मुख देख्नुपर्ने समाजको ढोंगी चरित्र, चाडपर्वमा घरजान विदा नदिइ ओभर टाइम काम गराएर पैसा नदिने मालिकले उसको मृत्युपछि हवाइजहाजको टिकट किनिदिने, लास नगलोस् भनेर उसको शरीरमा राखिएका र खन्याइएका विभिन्न थरि केमिकल र वैज्ञानिक आविष्कारहरु, लासलाई घरसम्म ल्याइ पु¥याउनका लागि साथीहरुले गरेको सहयोग र पैसा फिर्ता गर्नुपर्नेले दिएको धोका आदिलाई विभिन्न कथावस्तुमा उनेर प्रस्तुत गरेका छन् ।

लेखकले मृत्यु पश्चात गरिने क्रियाकर्ममा पनि पण्डितले गर्ने गरेको गलत क्रियाकलापको समेत उठान गरेका छन् । गरुड पुराण सुनाउने पण्डितले किताबमा उल्लेखित आपूmलाई दुर्गम हुने प्रसंग छोड्दै सुगम हुने कुनै प्रसंग थप्दै वाचन गरेको, दानहरुको बढाइचढाइ व्याख्या गरेको र दान नदिए पितृ नतर्ने भन्दै दुखी भएको परिवारलाई अभैm दुखी बनाएको कुरा देखाएका छन् ।

कुनै पनि देशमा विभिन्न कारणले मर्ने युवा युवतीको डेथबडी नेपाल पु¥याउन गर्नुपर्ने झंझट ढिलो आइपुग्ने कारण देखाइएको छ । नेपाली दलालहरु फाइल बोकेर अफिस छिर्ने, सरकारी रजिस्टरमा दर्ता गर्ने, छाप लगाउने र कम्प्युटरमा दर्ता समेत गर्ने, हाकिम नभेटिए हाकिमको खोजीमा क्यान्टिन देखि शौचालयसम्म ढक्ढकाएर हस्ताक्षर गराउने प्रवृत्ति छ । बिदेशमा कागजी प्रक्रिया ढिलो हुने कारणहरुको खोजी उपन्यासमा गरिएको छ ।

शव निकाल्नासाथ बाकस चोरी भएको र सोही बाकसको बिक्री प्रयोजनका लागि चोरहरुको वार्तालापलाई फरक तरिकाले प्रस्तुत गरेका छन् मृत्युको आयुमा आख्यानकारले । “उसले बेचेका काठका बाकसहरु खाट, दराज, टेबल, कुर्सी, किचन सेट लगायत फर्निचरमा परिणत भए अनि फर्निचर सो रुममा बसे । ग्राहकलाई ती फर्निचर देखाउँदै पसलेले भन्यो, —यो सबैभन्दा राम्रो बिदेशी फर्निचर हो । यसमा किरा लाग्दैन । सधै चम्किलो हुन्छ, वास्तु तथा ग्रह दोष हुँदैन । पूजाकोठामा यसको पार्केटिङ गरे पुण्य कमाउन चारधाम जानुपर्दैन, सात सप्ताह लगाउनु पर्दैन” जस्ता मार्मिक विषयवस्तु समावेश गरिएको छ । नेपाली सामानको प्रयोग भन्दा विदेशी सामान मन पराउने नेपाली संस्कारप्रति उपन्यासकारले बन्द व्यापार शीर्षकमा गतिलो झापड प्रहार गरेका छन् ।
मृत्युको आयु पुस्तकभित्र समेटिएको पाश्र्वप्रभाव भन्ने शीर्षकमा आख्यानकार लेख्छन् “नमर्नु पर्ने ऊ म¥यो । उसलाई त्यस्तो मृत्यु पटक्कै मन परेको थिएन जसरी ऊसलाई त्यस्तो जीवन मन परेको थिएन । मृत्युपछि पनि उसलाई जीवनको तनावले पटक्कै छाडेन । कलिलो उमेरमै परदेशमा मर्नु, बिनाकाम हप्तौं महँगो अस्पतालमा सुत्नु, ऋण थपेर तथा सास छाडेर आफ्नो देश जानु, दाहसंस्कारमा पाइलैपिच्छे ऋणको दाउरा थपिनु, परिवारजन मुटु फुट्ने गरी भक्कानिनु…।” आदि

मानिसलाई जीवनमा सुख र सन्तोष कहिल्यै प्राप्त हुँदैन । अभावले जेलेको मान्छेलाई सुख भेटाउन निकै मुस्किल हुन्छ । मानवीय आवश्यताहरु बढ्दै जाने तर आयस्रोत बढ्न नसक्दा तनाव बढ्दै जान्छ । कम आयस्रोत भएकाहरुको जीवन झनै कहालीलाग्दो हुन्छ । गरीबहरुलाई मृत्यु पश्चातको सम्पूर्ण कर्म पूरा गर्न समेत गाह्रो भएको कुरा देखाउन खोजेका छन् यस कृतिभित्र । उनी भन्सार शीर्षकमा लेख्छन्—जीवनमा तोकेभन्दा दुईचार किलो बढी सामान हुँदा भन्सार लगाउनेहरुले मृत्युपछि एक सय दश किलोको बाकसलाई समेत भन्सार माफी लेखे । जिउँदो हुँदा घर परिवार, वा समस्या समाधानका लागि ल्याइएका सामानहरुमा छुट दिइएको भए आत्मापात्र खुशी हुन सक्थ्यो । उसका जहान, परिवार र केटाकेटीहरु खुशी हुन सक्थे । ऋणले अठ्ठीएको शरिर हलुङ्गो हुन सक्थ्यो । तर मृत शरिरलाई भन्सारले छुट दिनुको कुनै अर्थ थिएन । यो विषयमा लेखकले मानवीय स्वभावको चरित्र चित्रण गरेका छन् ।

वर्तमान समयमा मानवीय संवेदना हराउँदै जान थालेको छ । घाइते मान्छेलाई सामाजिक संजालमा श्रदाञ्जली लेख्न हतार गर्नु, अरुको वेदना र पिडाको वास्तै नगरि सेल्फी खिच्दै पोष्ट गर्ने विकृति बढ्दै गएको छ । यसप्रति लेखक बडो चिन्तित देखिएका छन् । खल्ती शिर्षकको लघुकथा मार्फत उनले यसप्रति आफ्नो असहमति व्यक्त गरेका छन् । “ केही क्षणपछि धेरै मलामीहरुले आआफ्नो खल्तीमा हात हाले । अबिर, पूmल तथा खादा चढाउन खल्तीमा हात हालेको उसले अनुमान ग¥यो । उनीहरुले मोबाइल फोन निकाले । बाकससहित उसको टाउको आउने गरी मुसुक्क हाँसेर सेल्फी खिचे अनि फिलिङ स्याड एण्ड आर्यघाट भन्दै फेसबुकमा पोष्ट गरे ।”
बाँचुञ्जेल राम्रोसँग नुन खान नपाएकाहरुलाई मरेपछि सुनको टुक्रा खुवाइ दिने प्रचलनप्रति लेखकले ब्याङ्ग गरेका छन् । जीवन र मृत्यु असमान भएपनि ठगी समान हुँदो रहेछ । मान्छे ठग्नकै लागि जन्मिए जस्तो । क्षणभरमा खरानी हुने स्थुल शरीर लिएर जन्मिन्छ मान्छे ? विचारविना जन्मिएको मान्छे मृत्युको मुखमा पुग्दासम्म पनि विचारलाई जिवन्त बनाउनेतर्पmकेन्द्रित हुन सक्दैन !

मृत्युको आयु भूइँमान्छेहरुको कथा हो । गरिबलाई धरतीमा मात्र होइन, स्वर्गमा पनि ठाउँ नहुँने र आफ्नै खरानीमा पनि हक नलाग्ने गरेको मार्मिक पक्ष कृतिमा भेटिन्छ । विधिपूर्वक बाँच्नभन्दा विधिपूर्वक मर्न धेरै गाह्रो हुन्छ । जीवन नपढेपनि र सानोतिनो काम गरेरे पनि चल्छ । जीवन चलाउन वायोडाटाको आवश्यकता पर्दैन तर पढाइ, पद तथा दीर्घरोगको बायोडाटा जीवनमा भन्दा मरणमा चाहिने चलन बढेको कुरा लेखकले अमुक पात्रका माध्यमबाट प्रष्ट पार्न खोजेका छन् । बाँच्नका लागि हजारौं तयारी गरेको मान्छे मृत्युको आभाषले मात्र पनि रुन्छ, छट्पटाउँछ, हतप्रभ हुन्छ । किनकी मान्छेले कहिल्यै मर्ने तरिका सिकेको हुँदैन, मर्ने तयारी गरेको हुँदैन ।

मानवीय स्वभाव अनौठो छ । जब कसैलाई आफन्त तथा इष्टमित्रको खाँचो पर्छ, उनीहरुले उसलाई कहिल्यै  सम्झदैनन् । जब उसको मृत्यु हुन्छ । इमान्दार, मिलनसार, कर्तब्यनिष्ठ, सहयोगी, ज्ञानी केके हो केके उही हुन्छ । मानौ उ जत्तिको यो संसारमा अरु कोही छैन । मृत्युपछि गरिने यो प्रशंसा जिवित हुँदा गरेको भए मानिसले जीवन पाउन पनि सक्थ्यो । मृत्युपछि गरिने सम्मानलाई लेखक अनावश्यक सम्झन्छन् ।

बिरामी हुँदा पनि काममा लगाइरहने मालिक तथा फुर्सद छैन भन्ने साथीभाइले मरेपछि तुरुन्तै एम्बुलेन्समा हालेर महँगो अस्पताल पु¥याउने चलन हामी कहाँ छ । मृत्युपछि एम्वुलेन्स चढाउनु, सफा र महँगा कपडा लगाइदिनु, विभिन्न किसिमका प्रशंसा गर्दै पुरस्कार र सम्मानहरु प्रदान गर्नु साँचो अर्थमा मानवीय संवेदना हुनै सक्दैन । मृत्यु आपैmमा निराशात्मक पक्ष हो । निराशै निराशाको संगालोभित्र पनि लेखकले जीवनको उज्यालो पक्षको परिकल्पना गरेका छन् ।
लघुकथामा दक्षता हासिल गरेका रविन्द्र समिरको मृत्युको आयु बाह्रौ कृति हो । लघु कथाकै शैलीमा विभिन्न कथाहरु उनेर एउटा सिङ्गो उपन्यास मृत्युको आयु तयार भएको छ । हरेक शीर्षकमा रहेका कथावस्तु आपैmमा सिङ्गो उपन्यास जस्तो बनाउन सक्नु लेखकको खुबी हो ।

हिन्दु संस्कार अनुसार मृत्युको तेह्रौ दिनसम्म गरिने मृत्यु संस्कारभित्र उनी पटक पटक मरेका छन् । आपैm मरेको परिकल्पना नगरिकन यो उपन्यास पूर्ण हुनै सकेन जस्तो लाग्दछ । मृत्युको आयु आपैmमा गहन विषयमा लेखिएको उपन्यास हो । यो कृति तयार हुन लेखकले निकै दौडधुप र अध्ययन गर्नुपरेको देखिन्छ । मदन पुरस्कारको छनौट सूचिमा परेको उनको कृति भुकम्पमा मल्हमपट्टि पछिको यो कृति बौद्धिकताका हिसाबले पनि उत्कृष्ट मान्न सकिन्छ । जीवन र मृत्युलाई नजिकबाट बुझ्न मृत्युको आयु पढ्नै पर्ने हुन्छ ।

प्रकाशित मितिः शनिबार, फाल्गुन ३, २०७६     5:48:17 PM  |