26 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

प्रदेश ५ राष्ट्रियसभा निर्वाचनमा सबै नेकपाका उम्मेदवार विजयी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, माघ ९, २०७६  

बुटवल । प्रदेश ५ मा भएको राष्ट्रियसभा निर्वाचनमा सबै पद नेकपाले जितेको छ । महिला सदस्यमा नेकपाकी उम्मेद्वार विमला घिमिरे विजयी भएकी छन् ।

घिमिरे ५७७८ मतभार सहित विजयी भएकी छन् । त्यसैगरि अन्य सदस्यतर्फ नेकपाका गोपाल भट्टराई विजयी भएका छन् । भट्टराईले ५ हजार ३ सय ८२ मतभार प्राप्त गरेका छन् ।

यसैबीच प्रदेश नं. ५ को अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यकबाट उम्मेद्वार बनेका जगप्रसाद शर्मा विजयी भएका छन् । शर्माले ५ हजार ४ सय २४ मत ल्याएर विजयी भएका हुन । उनी नेकपा तर्फका उम्मेद्ववार हुन । दाङ निवासी शर्मा यसभन्दा अगाडी प्रदेश सभामा पराजित भएका थिए ।

प्रकाशित मितिः बिहिबार, माघ ९, २०७६     7:17:55 PM  |