26 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने नेकपाको औपचारिक निर्णय

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, माघ ५, २०७६  

काठमाडौँ ।

नेकपाले प्रतिनिधिसभाको सभामुख पदको उम्मेदवार नेता अग्नि प्रसाद सापकोटालाई बनाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको नेकपा सचिवालय बैठकले सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको महासचिव विष्णु पौडेलले जानकारी दिए ।

यसअघि आइतबार बिहान नै नेता सापकोटाको नाममा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच सहमति भएकोमा सचिवालय बैठकले औपचारिक निर्णय गरेको हो ।

तत्कालीन सभामुख कृष्ण बहादुर महराले राजीनामा दिएपछि सभामुख पद रिक्त रहेको छ भने सो पद कसले लिने भन्नेमा नेकपाभित्र विवाद बन्दै गएकोमा आइतबार ओली र प्रचण्डबीच पूर्वमाओवादी समूहका सापकोटाको नाममा सहमति जुटेको हो ।

प्रकाशित मितिः आइतवार, माघ ५, २०७६     6:07:37 PM  |