26 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

‘निःशुल्क उन्नत बिउ’ लिनेको घुईचो

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, अशोज १०, २०७६  

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका अन्र्तगत नगर कृषि शाखामा अचेल निःशुल्क उन्नत बिउ लिनेको घुईचो लाग्ने गरेको छ । स्थानीय सरकारबाट निःशुल्क बिउ पाईने भएपछि किसानको घुईचो लाग्ने गरेको हो । दक्ष प्राविधिकहरुको प्रत्यक्ष निगरानीमा किसानलाई वितरण गर्ने गरिएको नगर कृषि शाखाले जनाएको छ । चालु आर्थिक वर्ष २०७६÷०७७ को पहिलो चौमासिकको असोज पहिलो साता सम्म २ हजार भन्दा बढि किसानले निःशुल्क बिउ लिएका छन् । नयाँ आर्थिक वर्षको बुधबार सम्म २ हजार ३ सय जनाले निःशुल्क उन्नत जातको बिउ लिएका हुन् । नगर कृषि शाखा प्रमुख शेर बहादुर वलीका अनुसार प्रत्येक सय जना भन्दा बढि विषेश गरी महिला किसान आउने गरेका छन् ।

उनीहरुले १० ग्रामका दरले राँयो, मूला, धनिया र गाँजर १६ सय पाकेट प्रदान गरिएको छ । यस्तै शाखाले ५० प्रतिशत अनुदानमा तरकारी हाईबे्रट बिउ ३ सय जनाले लिएको छन् । अनुदानमा वितरण गरिने हाईबे्रट बिउमा काउली, बन्दी, टमाटर, स्पास, करेला काक्र्राका बिउ दिने गरिएको वलीको भनाई रहेको छ । यस्तै उन्नत जातको च्याउको बिउ पनि किसानमा रोजाईमा पर्न थालेको छ । शाखाबाट प्रत्येक दिन व्यवसायिक किसानले बढि अनुदानमा लिने गरेका छन् । ‘करेसाबारीमा आवश्यक उन्नत जातको बिउ लिने गरेका छन्’ उनले भने, ‘पछिल्लो समय कार्यालयमा निकै घुँईचो लाग्ने गरेको छ ।’ दशैको बिदा नजिकिदै गएकोले कार्यालयमा अहिले भ्याईनभ्याई भईरहेको छ । उता, कृषि शाखामा उन्नत जातको बिउ लिनको लागि कार्यालयमा पुगेकी कोहलपुर नगरपालिका १५, की मुन्नी थारुले उन्नत जातको बिउ लिएर घरको करेसाबारीमा लगाउने बताईन् ।

आर्थिक अवस्था कमजोर भएकाहरुका लागि सहयोग पुग्ने उनको भनाई छ । कृषि सम्बन्धि पढेको कारण पनि आफुले घर मै तरकारी खेती गर्ने योजना अनुसार बिउ लिन आएको थारुले जानकारी दिइन् । स्थानीय थारुका अनुसार स्थानीय तहबाट संचालन हुने कार्यक्रम किसानमुखी हुनु पर्ने हुनु पर्ने बताईएको छ । शाखा प्रमुख वलीले शाखाबाट वर्षेनी लागु हुने गरेका अनुदान र निःशुल्क कार्यक्रमको अनुगमन गर्ने गरेको मिसन टुडेलाई जानकारी दिए । कृषिमा आधुनिकिरणको लागि लागु गरिएको निःशुल्क उन्नत बिउ वितरण कार्यक्रम प्रभावकारी बन्दै गएको उनको दाबि रहेको छ । यस्तै दशै र तिहारको विदा पछि साना तथा अनुदान कार्यक्रमको अनुगमन शुरु हुने नगर कृषि शाखाले जानकारी दिएको छ ।

प्रकाशित मितिः शुक्रबार, अशोज १०, २०७६     8:23:40 AM  |