26 April 2024  |   शनिबार, बैशाख १५, २०८१

स्नुकरप्रेमीहरुलाई विना कारण थुनेको भन्दै ध्यानाकर्षण

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, मंसिर २१, २०७५  

कोहलपुर/   कोहलपुर नगरपालिका–११ दशविगाह स्थित कोहलपुर स्नुकर हाउस एण्ड रेष्टुरेन्टका सञ्चालकसहित पाँच जनालाई प्रहरीले रेष्टुरेन्टबाटै लिएर विना कारण थुनेको भन्दै स्नुकर खेलप्रेमीहरुले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

बुधबार राती सवा ८ बजेको समयमा रेष्टुरेन्टमा पसेर उनीहरुलाई विना कारण धरपकड गर्दै इलाका प्रहरी कार्यालय कोहलपुर पु¥याइएको विभिन्न २१ जना खेलप्रेमी तथा व्यवसायीहरुद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ ।

विज्ञप्तीमा भनिएको छ ः ‘नेपाल प्रहरी जस्तो गरिमामय संस्थाद्वारा यस किसिमको अभद्रपूर्ण व्यवहार साथै मानसिक दुव्र्यवहारले हामी खेलप्रेमी र व्यवसायीहरुलाई गम्भिर आघात पुगेको छ । विश्व मानचित्रमा स्नुकर खेल र यसको पैतिष्ठा सभ्य जगतको एक नमुना बनिरहँदा यस खेलप्रतिके हाम्रो लगाव र आकर्षणमा प्रहरीको यस आपत्तिजनक कदम विरुद्ध हामी खेद प्रकट गर्दछौ ।’

नेपाल सरकारले निर्धारण गरेको सम्पूर्ण प्रक्रिया अपनाई सरकारकै निकायमा दर्ता भई सञ्चालनमा आएको व्यवसायिक फर्मले निर्वाध रुपमा व्यवसाय सञ्चालन गर्न पाउने नेसाल सरकारकै अनुमतिलाई कुल्चेर इलाका प्रहरी कार्यालय कोहलपुरले व्यवसायिक मर्म र भावनालाई कुल्चदै कुठाराघात गरेको विज्ञप्तीमा जनाइएको छ ।

भोलिका दिनमा पनि यस किसिमका हस्ताक्षप भएमा आफूहरु न्यायका लागि सम्वन्धित निकायसम्म पुग्ने समेत उनीहरुले विज्ञप्तीमा उल्लेख गरेका छन् ।

प्रकाशित मितिः शुक्रबार, मंसिर २१, २०७५     9:31:48 PM  |