26 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

मृत्युपछि कोरोना पुष्टि भएका अछामका पुरुषको अन्त्यष्टि

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, साउन २७, २०७७  

कोहलपुर ः

उपचारको क्रममा आइतबार नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएका अछामका पुरुषको अन्त्यष्टि गरिएको छ ।

फोटो : प्रजिअको सामाजिक सञ्जालबाट

अछामको जोटपाटी ५ का ५० वर्षीय ती पुरुषमा सोमबार कोरोना पुष्टि भएको थियो ।

उनको विशेष सुरक्षा सहित अन्तिम संस्कार गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले जानकारी दिए

कोरोना संक्रमित ती पुरुषको बाँकेका सबै सुरक्षा प्रमुखहरुको उपस्थितिमा अन्त्यष्टि गरिएको हो । कोरोनाका कारण बाँकेमा अहिले सम्म तीन जनाको मृत्यु भएको छ ।

प्रकाशित मितिः मङ्लबार, साउन २७, २०७७     12:59:42 PM  |