27 April 2024  |   शनिबार, बैशाख १५, २०८१

बाँकेमा उपचारको क्रममा मृत्यु भएका अछामका पुरुषमा कोरोना पुष्टि

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, साउन २६, २०७७  

कोहलपुर ।

बाँकेमा उपचारको क्रममा मृत्यु भएका अछामका एक पुरुषमा कोरोना पुष्टि भएको छ ।

आइतबार नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएका ती पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले अछामका चौरपाटी–५ का ५० वर्षीय पुरुषको मृत्यु पश्चात सोमबार कोरोना पोजेटिभ देखिएको बताए । उ

नका अनुसार नेपालगञ्जस्थित भेरी अस्पतालमा जाँच गराउँदा कोरोना रिपोर्ट पोजेटिभ देखिएको हो । शिक्षण अस्पताल प्रशासनले भने आइतबार उपचारको क्रममा मृत्यु भएपछि शंका लागेर परिक्षण गरिएको जनाएको छ ।

आइतबारै नै शिक्षण अस्पतालमा कोहलपुर –२ की ७० वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको थियो ।

प्रकाशित मितिः सोमवार, साउन २६, २०७७     8:31:50 PM  |