26 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

नुनको खुद्रा मुल्यसमायोजन गर्न माग

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, असार १४, २०७७  

नेपालगञ्ज ।

बाँके नेपालगञ्जका किराना तथा खाद्य व्यवसायीहरुले नुनको खुद्रा मुल्य समय सापेक्ष समायोजन गर्न माग गरेका छन् । व्यवसायीहरुको संस्था नेपालगञ्ज किराना तथा खाद्य व्यवसायी संघले शनिबार नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष अव्दुल वाहिद मन्सुरी मार्फत नेपाल उद्योग वाणिज्य महासंघलाई ज्ञापनपत्र बुझाएको थियो ।

संघका अध्यक्ष फणधर भण्डारी नेतृत्वको टोलीले ज्ञापनपत्र बुझाएको हो । साल्ट ट्रेडिङ्गबाट नुनको प्रति बोरा डिलर खरिद मुल्य ९२५ रुपैंयाँ रहेको छ । खुद्रा बिक्रेता मुल्य अहिले ९६० रुपैयाँ तोकिएको छ । स्थानीय ढुवानीभाडा प्रति बोरा ४० देखि ५० रुपैयाँ भन्दा माथी पर्ने गरेको संघका अध्यक्ष भण्डारीले जानकारी दिए ।

‘त्यो व्यापारिक प्रतिष्ठानसम्म पुग्दा नुनको मुल्य एकहजार वा सो भन्दा बढि पर्न जान्छ’ उनले भने, ‘परल मुल्य भन्दा कमको खुद्रा बिक्रि मुल्य तोकिएको मुल्य रु २० मा बिक्रि गर्दा खुद्रा व्यवसायीलाई मर्का परेको छ ।’

नेपालगञ्ज किराना तथा खाद्य व्यवसायी संघका महासचिव टोपबहादुर थापाले पनि नुनको खुद्रा मुल्य समय सापेक्ष समायोजन गर्नुपर्ने बताए । नेपालगञ्ज किराना तथा खाद्य व्यवसायी संघ बाँकेका कोषाध्यक्ष आशिष कुमार अग्रवाल लगायतको सहभागिता रहेको थियो ।

नेपालगञ्ज किराना तथा खाद्य व्यवसायी संघका प्रवक्ता अव्दुल जलिल मन्सुरीले नुनको खुद्रा मुल्य समायोजन गर्न माग गरिएको संघका प्रवक्ता मन्सुरीले बताएका छन् ।

 

प्रकाशित मितिः आइतवार, असार १४, २०७७     10:59:46 AM  |