25 April 2024  |   बिहिबार, बैशाख १३, २०८१

कोहलपुरमा बैकल्पिक विधिबाट शिक्षण

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, जेष्ठ २२, २०७७  

डिल्ली शाही।

बाँकेको कोहलपुर नगरपालिकाले बैकल्पिक विधिबाट अध्यापन सुरु गर्ने तयारी थालेको छ । कोहलपुर नगर शिक्षा शाखाको आयोजनामा भएको भर्चुअल बैठकले अब बैकल्पिक तरिकाबाट भएपछि अध्यापन गराउने निर्णय गरेको हो । कोरोना संक्रमण फैलिन नदिनका लागि घोषणा गरिएको लकडाउनका कारण यतीबेला विद्यालयमा पठन–पाठन बन्द रहेको छ ।  सोही कुरालाई मध्यनजर गरेर शिक्षा मन्त्रालयको निर्देशन अनुसार कोहलपुरमा समेत बैकल्पिक विधि सुरु गर्न लागिएको हो । मध्यपश्चिम विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कोहलपुरमा रहेको बागेश्वरी बहुमुखी क्याम्पसले यसअघिबाट नै अनलाइन कक्षा सुरु गरिसकेको छ । त्यो त्यती प्रभावकारी हुन भने सकेको छैन ।

नगर शिक्षा शाखा प्रमुख अनन्त कुमार पौड्डयालले बैकल्पिक तरिकाबाट विद्यार्थीहरुलाई पठनपाठन गराउने तयारी थालिएको जानकारी दिए । ‘बैकल्पिक विधिबाट शिक्षण सिकाई कार्यक्रम सहजिकरण गर्नका लागि शिक्षकलाई बायोडाटा पेस गर्न भनेका छौं’ उनले भने, ‘अहिलेसम्म ५÷६ जनाको संकलन भैसकेको अवस्था छ । माथिल्लो कक्षामा पढ्नका लागि बालबालिकाहरुले उत्साह र जाँगरका साथ अध्यापनमा सहभागि हुन पाउँदा खुसी हुन्छन् र पढ्छन् ।’ उनका अनुसार अहिले कुन विद्यालयमा कति विद्यार्थीहरु रहेका छन् भनी तथ्थांक संकलन गर्ने काम भइरहेको छ । ‘तथ्थांक संकलन पश्चात टोल कक्षा, सामाजिक सञ्जालको पेज, रेडियो पाठ शिक्षण, भिडिओ रेकर्ड, सम्पर्क कक्षाबाट पठनपाठन क्रियाकलाप अगाडि बढाइनेछ’ शाखा प्रमुख पौड्डयालले भने । यस समयमा सबैभन्दा अभिभावकको भूमिका महत्वपूर्ण रहने उनले बताए ।

बालबालिकालाई सम्बन्धीत विद्यालयले अभिभावक र विद्यार्थी बीचमा कुराकानी पश्चात मात्र कक्षा सञ्चालन हुनेछ । ‘स्वयम् विद्यालयले कुन विषयको कति बजे सुरुवात हुन्छ भन्ने सूचना आफ्नो अभिभावक र विद्यार्थीलाई जानकारी दिई बैकल्पिक कक्षाहरु सञ्चालन गर्ने सकिन्छ’ उनले भने । विद्यालय पूर्ण रुपमा सञ्चालन नआएसम्मका लागि शिक्षण सिकाईलाई सहजीकरण गर्नका लागि बैकल्पिक उपायाहरु अपनाएको पौड्डयाले जानकारी दिए ।

नगर शिक्षा शाखाका विद्यालय निरीक्षक रवि मिजारले पठनपाठन सुरु गर्नेका लागि तथ्थांक संकलन गर्न लागेको बताए । ‘१ कक्षा देखि ९ सम्म ग्रेडिङ मार्फत पास गराउने गरिएको छ’ उनले भने, ‘नगरपाकिाकामा अध्यापन गर्दै आएका बालबालिकाहरुको हातमा किताब अबका एक हप्ताभित्र पु¥याउने तयारी गरेका छौं । किताब किन्नको लागि रकम निकासा भैसकेको छ ।’ त्रिभुवन माध्यामिक विद्यालयकी प्राधानाध्यापक देवका थापाले बैकल्पिक विधिबाट पठनपाठन सुरु गर्नेका लागि तयारी  गरिरहेको बताइन् । ‘लकडाउनका कारणले बालबालिकाहरु विद्यालय भन्दा बाहिर रहेको तिन महिना भैसकेको छ’ उनले भनिन्, ‘त्यसैले विद्यालयसँग जोड्न र  सिकाईलाई निरन्तरता दिनका लागि यसलाई कार्यन्वयन गर्ने आवश्यक देखिन्छ ।’

प्रकाशित मितिः बिहिबार, जेष्ठ २२, २०७७     7:11:24 AM  |