1 May 2024  |   बिहिबार, बैशाख २०, २०८१

वेटर बाँकेद्धारा १६ गन्दर्भ परिवारलाई राहत वितरण

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, जेष्ठ ५, २०७७  

कोहलपुर ।

बाँकेको कोहलपुर गरपालिका ११ मा रहेका १६ गन्र्धव परिवारलाई राहत वितरण गरिएको छ ।

सोमबार बेटर बाँकेले १६ घरधुरीका गन्दर्भ परिवारलाई राहत वितरण गरिएको हो । बेटर बाँकेका अध्यक्ष युवराज देवकोटाले गन्दर्ध समुदायका अति विपन्न परिवारलाई चामल, दाल र तेल वितरण गरेको बताए ।

‘कोरोना भाईरसको महामारीले लकडाउनका कारण गरिब मजदुरका घरमा छाक टार्न हम्मे परिरहेको महसुस गरि बेटर बाकेले राहत सहयोग गरेको उनले भने । बेटर बाँकेले लकडाउन भएपछि अहिलेसम्म १ लाख १० हजार बराबरको राहत सहयोग गरिसकेको अध्यक्ष देवकोटाले बताए ।

प्रकाशित मितिः सोमवार, जेष्ठ ५, २०७७     11:11:40 AM  |