26 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

लकडाउनमा त्रिशालाको घुमघाम

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, चैत्र १८, २०७६  

मुम्बई :

बलिउड अभिनेता सञ्जय दत्तकी छोरी त्रिशाला दत्त आफ्नो हट तस्बिरका कारण चर्चामा रहन्छिन्। त्रिशाला सञ्जय दत्त र ऋचा शर्माकी छोरी हुन्। आफ्नी आमाको निधनपछि उनी काकाकाकीसँग अमेरिकामा बस्दै आएकी छन्।

त्रिशालाले हालै आफ्ना नयाँ तस्बिर अमेरिकाबाट सेयर गरेकी छन्। यो तस्बिरमा त्रिशाला निकै सुन्दर देखिएकी छन्। तर यी तस्बिरका कारण उनी ट्रोलको सिकार भएकी छन्। उनका यी तस्बिर हेरेर उनका फ्यानले रिस पोख्दै पोस्ट गरेका छन्। तस्बिरमा त्रिशालाले पहेलो रङको आउटफिट लगाएकी छन्। कोरोना कहरकाबीच पनि उनले सडकमा उभिएर सेक्सी पोज दिएकी छन्।

अहिले कोरोना भाइरसको महामारीले पूरा विश्व प्रभावित छ। यो लिस्टमा अमेरिको न्युयोर्क सहर पनि सामेल छ। भारतमा जस्तै यहाँ पनि लकडाउनको आदेश दिइएको छ। सबैजना घरमा कैद छन्। यस्तो अवस्थामा सडकमा घुम्दै गरेको त्रिशालाको तस्बिर मान्छेहरूले मन गराएनन्।

त्रिशालाको तस्बिर हेरेर मान्छहरू उनलाई घरमै बस्न सल्लाह दिइरहेका छन्। यति मात्रै होइन सोसल मिडिया युजर्स उनीसँग सहरको बारेमा पनि सोधपुछ गर्दै छन्।

प्रकाशित मितिः मङ्लबार, चैत्र १८, २०७६     8:38:15 AM  |