26 April 2024  |   शनिबार, बैशाख १५, २०८१

कोरोनाबारे जनचेतना बाँड्दै हिँडेका वडाअध्यक्षको खुट्टा भाँचेर पाखोमा फालियो

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, चैत्र १६, २०७६  

जाजरकोट ।

छेडागाड नगरपालिका–११ का वडाध्यक्ष चक्रबहादुर सिंहमाथि गएराति आक्रमण भएको छ । नगरप्रमुख लालबहादुर महतराले दिएको जानकारीअनुसार शुक्रबार वडा कार्यालयमा कोरोनाबाट जोगिने र जोगाउने विषयमा छलफल गरी गाउँगाउँमा प्रचार गर्दै हिँडेको समयमा हिजो बेलुकी झार्पा पिपलको बोट नजिकैबाट अपरिचित व्यक्तिको समूहले उनलाई वडा कार्यालयतिर जाउँ भनी लगेको थियो ।

गएराति नै सिंहलाई दुई खुट्टा भाँचेर पाखो जमीनमा छाडेर हिँडेको अवस्थामा भेटिएको छ । अहिले घटनास्थलमा प्रहरी जाँदै गरेको प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठले जानकारी दिए । घटनाको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का जाजरकोट सहइन्चार्ज नीरज आचार्यले कडा शब्दमा कारवाहीको माग गरेका छन्। दोषीमाथि कारवाही र घाइतेको उपचार तत्काल गर्न माग गरिएको छ ।

वडाध्यक्ष सिंहमाथि गएराति भएको आक्रमणप्रति नेपाल कम्युनिस्ट पार्टी (नेकपा)केन्द्रीय सदस्य तथा सांसद सत्य पहाडीले भत्र्सना गरेका छन् । उनले कोरोनाविरुद्धको अभियान रहेका अध्यक्ष सिंहमाथि आक्रमण गर्ने अपराधी हुन् भन्दै दोषीमाथि तुरुन्तै कारवाही र घाइतेको तत्काल उपचार गर्नसमेत माग गरेका छन् ।#tvannapurna.com

प्रकाशित मितिः आइतवार, चैत्र १६, २०७६     3:49:42 PM  |