11 May 2024  |   शनिबार, बैशाख २९, २०८१

कैलालीका सिडियो भन्छन्, आजदेखि ‘लकडाउन’ कडा हुन्छ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, चैत्र १५, २०७६  

कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि सरकारले गरेको लकडाउनलाई व्यवस्थित गर्न कैलालीमा आजदेखि थप कडाइ गरिने भएको छ।

सरकारले सम्भावित सङ्क्रमणबाट बच्नका लागि गरेको लकडाउनमा मानिस घर बाहिर निस्कन थालेपछि कैलालीमा थप कडाइ गरिने भएको हो। धनगढीमै कोरोना संक्रमित भेटिएपछि स्थानीय प्रशासनले लकडाउन पूर्ण रुपमा कार्यान्वयन गर्न जिल्लावासीलाई आग्रह समेत गरेको छ।

एम्बुलेन्स, सुरक्षाकर्मी, सञ्चारमाध्यम, स्वास्थ्यकर्मी लगायत अतिआवश्यक सेवाका सवारीमात्र सञ्चालन गर्न कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले आग्रह गरे। उनले धनगढीमै कोरोना संक्रमित भेटिएपछि जोखिम बढेको भन्दै अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन जिल्लावासीलाई आग्रह समेत गरे।

उनले भने, ‘संघीय सरकारको निर्देशन अनुसार नै उपभोग्य सामाग्रीको बिक्री वितरण त रोक्ने अवस्था छैन्। तर त्यसलाई व्यवस्थित गर्ने तयारीमा छौँ। अनावश्यक रुपमा बाहिर निस्किएको पाईए अव कारवाहीको दायरामा ल्याउँछौ।’

संघीय सरकारकै आदेश अनुसार किराना, ग्यास, तरकारी र मासु पसल सञ्चालनमा भने रोक लगाउन समस्या हुने उनले बताए। शुक्रवार मात्रै सेती प्रादेशिक अस्पतालमा उपचाररथ धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षिय पुरुषमा कोरोनाको संक्रमण देखिएको थियो।

प्रकाशित मितिः शनिबार, चैत्र १५, २०७६     7:57:29 AM  |