26 April 2024  |   शनिबार, बैशाख १५, २०८१

राष्ट्रिय सभा निर्वाचन : कर्णालीमा ८० प्रतिशत मत खस्यो

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, माघ ९, २०७६  

सुर्खेत ।

नेपालमा सातवटै प्रदेशमा राष्ट्रियसभाको निर्वाचन चलिरहेको छ । कर्णाली प्रदेशमा दिउसो १२ बजेसम्म ८० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय सुर्खेतले जनाएको छ ।

कर्णाली प्रदेशमा जम्मा १ सय ९८ मतदाता रहेका थिए । जसमा प्रदेशका लागि ४० र स्थानीयका लागि १ सय ५८ मतदाता रहेका छन् ।

जिल्ला निर्वाचन कार्यालय सुर्खेतका अनुसार दिउसो १२ बजे सम्मको ८० प्रतिशत मत भन्दा बढि मत खसेको छ । प्रदेशमा ३९ मत खसिसकेको छ भने स्थानीयमा १ सय ३० मत खसिसकेको आयोगले जनाएको छ ।

अब प्रदेशका लागि १ मत खस्न बाँकी रहेको छ भने स्थानीयमा २८ मत खस्न बाँकी रहेको छ ।

नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) बाट मायाप्रसाद शर्मा, सुमित्रा विसीले उम्मेदवारी दिएका थिए भने नेपाली काँग्रेसबाट गणेश कुमारी बस्नेत,

डिल्ली राम पाठकले राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दिएको जिल्ला निर्वाचन कार्यालय सुर्खेत जनाएको छ । बिहान १० बजेदेखि सुरु भएको मतदान अपराह्न ४ बजेसम्मच चल्ने निर्वाचन आयोगले जानकारी दिएको छ ।सात बजेबाट मत बजेगणना हुनेछ

प्रकाशित मितिः बिहिबार, माघ ९, २०७६     12:48:57 PM  |