26 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

दैलेखी समाजको शुभकामना आदान प्रदान

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, अशोज १६, २०७६  

कोहलपुर ।
दशै, तिहार र छठ लगायतका पर्वको अवसरमा दैलेखी एकता समाज शाखा कोहलपुरको आयोजनामा शुभकामना आदान प्रदान गरिएको छ । दशैँको अवसर पारेर बुधबार समाजको कोहलपुर शाखाद्धारा शुभकामना आयोजना गरिएको हो ।

जागिर, व्यापार र बसाई सराई गरी कोहलपुरमा आएका दैलेखीहरुको जमघट गर्नको लागि कार्यक्रमको आयोजना गरिएको शाखा कोहलपुरले जनाईएको छ ।

अध्यक्ष भरत कठायतले वर्षको एक पटक आउने पर्वहरुमा सबैलाई संग भाईचाराको सम्बन्ध विस्तार गर्नको लागि कार्यक्रमको आयोजना गरिएको बताए ।

उनका अनुसार दैलेखी समाजले स्थापना काल देखी शुभकामना आदान प्रदान कार्यक्रम गर्दै आएको छ ।

२०७२ सालमा स्थापना गरिएको समाजले यस पटक पनि विगतमा हुने गरेको कार्यक्रमलाई निरन्तरता दिएको उनले जानकारी दिए । समाजमा विभिन्न सामाजिक कार्य समेत गर्दै आएको अध्यक्ष कठायतको भनाई छ ।

यस्तै समाजको वार्षिक उत्सव समेत मनाईएको छ । कार्यक्रममा दैलेखी समाज संँग आवद्ध कोहलपुरबासी दैलेखीहरुको सभागिता रहेको थियो ।

प्रकाशित मितिः बिहिबार, अशोज १६, २०७६     10:09:23 AM  |