26 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

केहीबेरको झरीले जलमग्न कोहलपुर गोलपार्क क्षेत्र

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, साउन २१, २०७६  

कृष्ण ओली ।
कोहलपुर ।
सोमबार बिहान केहीबेर पानी प¥यो । बाँकेको कोहलपुर नगरपालिका ११ स्थित गोलपार्क क्षेत्र डुवानमा प¥यो । गोलपार्क देखि पश्चिमको क्षेत्रमा पानी जलमग्न हुँदा केही घण्टा सवारी साधन चल्नै मुश्किल भयो । उक्त क्षेत्र पानीले जलमग्न भएपछि सुरक्षाकर्मीहरु नै परिचालन गर्नुपरेको थियो । कोहलपुर नगरपालिका प्रमुख प्रशासकिय अधिकृत दशरथ बुढाले व्यवस्थित नाली नहुँदा सानो पानी पर्दा समेत डुवानमा परेको हुनसक्ने बताए ।

‘व्यवस्थित ढल निकासको आवश्यकता देखिएको छ’ बिहानै डुवान क्षेत्रमा भेटिएका उनले भने, ‘तत्कालका लागी हामीले सुरक्षाकर्मी लगायतसँग समन्वय गरेर ढलको निकास केही मात्रामा भएपनी खोलेका छौं ।’ सडकबाट नालामा पानी जाने च्याम्बरहरु समेत फोहोरले बुझिएको अवस्थामा पाइएको प्रमुख प्रशासकिय अधिकृत बुढाले जानकारी दिए । ‘च्याम्बरहरु फोहोरले बुझिएकाले पानीले निकास पाउन सकेन’ उनले भने,‘अब स्थानीयहरुले पनी आफ्नो घर अगाडि रहेका च्याम्बरहरु सफा गर्नुहोस् ।’ ढल निकासको लागि सडक छेउमा बनाइएका च्याम्बरहरु राखेको ठाउँको अनुगमन गरेर खोलिने उनले बताए । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुढा सुरक्षाकर्मी र स्थानीयबासीसँगै डुवान क्षेत्रमा पानीको निकास खोल्न खटिएका थिए । प्रमुख प्रशासकिय अधिकृत सुरक्षाकर्मीसहित डुवान क्षेत्रमा पानीको निकास खोल्न खटिदा भने यहाँबाट निर्वाचित जनप्रतिनिधीहरु भने देखिएनन् ।

मतदाताको दुख सुखमा साथ दिने भन्दै भोट मागेका जनप्रतिनिधीहरु नदेखेपछि स्थानीयहरु भने भोट माग्न मात्र आउने भन्दै आक्रोश पोखेका थिए । स्थानीय गोविन्द आचार्यले बर्षौदेखि यो क्षेत्र डुवानमा पर्ने भएपनी कसैको नजरमा समस्या सामाधन नपरेको बताए । ‘यहाँ चुनावको बेला मात्र नेताहरुको आगमन हुन्छ’ उनले भने,‘समाजको विकासका लागी भाषण गर्नुहुन्छ तर पछि विकास गर्ने बेला फर्किएर आउनुहुन्न् ।’ ‘चुनावका बेलामा घोषणापत्रमा सिंगापुरको शहर बनिरहेको हुन्छ’ आचार्यले आक्रोश व्यक्त गर्दै अगाडि थपे, ‘चुनाव जितिसकेपछि उहाँहरुलाई कहाँ डुवान परेको छ भनेर हेर्ने समयसम्म हुदैन ।’ उनको आक्रोश केहीबेरको पानीले गोलपार्क क्षेत्र डुवानमा पर्दासम्म स्थानीय जनप्रतिनिधीहरुसम्म नआएको प्रती थियो ।

अर्की स्थानीय रत्न अधिकारीले टाउन प्लाटिङ्ग क्षेत्रभित्र नै डुवान परेको भन्दै आक्रोश पोखिन् । ‘यो ठाउँ वर्षेनी डुवानमा पर्ने गरेको छ’ उनले भनिन्,‘हामीले जती माग राखेपनी कहिल्यै सुनुवाई हुँदैन ।’ गोलपार्क देखी कोहलपुर मेडिकल अगाडिको स्थानसम्म पानीले जलमग्न भएको थियो । अस्पताल जाने मुख्य सडक भएकाले पनी सवारी साधन सञ्चालनमा कठिनाई उत्पन्न हुँदा बिरामीहरुले सास्ती पाएका थिए । डुवान कम गर्नको लागी नगरपालिकाकाले के गरिरहेको छ भन्ने बारे बुझ्न खोज्दा नगर प्रमुख लुट बहादुर रावत र वडा नम्बर ११ अध्यक्ष कर्णबहादुर थापाले फोन उठाएनन् भने उप–प्रमुख सन्जुकुमारी चौधरीको मोबाइल अफ थियो ।

प्रकाशित मितिः मङ्लबार, साउन २१, २०७६     7:34:38 AM  |