26 April 2024  |   शनिबार, बैशाख १५, २०८१

घाटा सहदै आज खजुरा महोत्सव समापन हुँदै

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, फाल्गुन ७, २०७५  

खजुरा ।
खजुरामा गत माघ २४ गतेबाट सुरु भएको महोत्सव आज समापन हुने भएको छ । आइतबार महोत्सव समापन हुनुपर्ने बताएपनी आयोजकले एक दिन थपेको थियो । नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय राष्ट्रपति महिला उत्थान कार्यक्रमको सयुक्त आयोजनामा महोत्सव भएको हो ।

महोत्सवका सुरु दिनमा मौसमले साथ दिएपनी पछितीर भने आयोजकले हावाहुरी र पानीको सामना गर्नुपरेको थियो ।
मौसमले साथ नदिदा घाटा सहेरै पनी महोत्सव सञ्चालन गरिएको महोत्सव सचिवालय समिति संयोजक मधु खड्काले जानकारी दिइन । पानि र हावाहुरीका कारण महोत्सवमा झण्डै करोड जतिको नोक्सान भएको छ, उनले भनिन्,– घाटा भएपनी महोत्सवलाई निर्धारित समयसम्म निरन्तरता दिएका हौं ।

हावापानी कार्यालय सुर्खेतका अनुसार मौसममा पुन फेरबदल भै पानी पर्ने सम्भावना भएकाले समय नथपिएको महोत्सवका स्टल तथा प्रायोजन उप–समितिका संयोजक इन्द्र बहादुर थापाले जानकारी दिए ।
आज सोमबार भव्यताका साथ महोत्सवको समापन गरिने उनले बताए । अन्तिम दिन आज चर्चित लोक तथा दोहोरी गायिका पुर्णकला विसी, चर्चित गायक अर्जुन कौशलको प्रस्तुती रहने आयोजकले बताएको छ ।
आइतबार भने चर्चित लोक गाएक गोपाल नेपाल जिएम र अमृता लामिछानेले उपस्थित दर्शकलाई भरपुर मनोरन्जन प्रदान गरेका थिए ।

आधुनिक युवा सञ्जाल, वन वे फिल्मस् प्रालिको सहकार्यमा ‘प्रथम प्रादेशिक औद्योगिक लघु घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सव–२०७५’ खजुरामा चलिरहेको छ ।

प्रकाशित मितिः मङ्लबार, फाल्गुन ७, २०७५     8:50:46 AM  |