16 May 2024  |   बिहिबार, जेष्ठ ३, २०८१

‘साहित्य जीवनलाई गति दिने विषय हो ।’

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, चैत्र २९, २०७६  

छायादत्त न्यौपाने ‘बगर’ नेपाली साहित्य क्षेत्रको एक परिचित नाम हो । पैयु गाउँपालिका–४,पर्वतमा जन्मिएका न्यौपानेको साहित्यिक लेखन ‘हाम्रो झन्डा’, निबन्ध (२०४२) बाट सुरु भएको हो । हालसम्म उनका बालदिवस (२०६२), बादलका रेसाहरु (२०६४), वाङ्मयका कुरा (२०६९), खल्तीका कुरा चल्तीका सूत्र (२०७२), बाँसै बाँस (२०७३) खेल्दै पढ्दै(२०७६) ४२ ओटा मौलिक कृतिहरु र सहलेखन÷सम्पादन गरी ६३ कृतिहरु प्रकाशित छन् । नेपाली साहित्यको कान्छो विधा ‘साइनो‘ का जन्मदाताका रुपमा परिचित बरिष्ठ साहित्यकार न्यौपानेसँग साइनो साहित्यिक विधाका विषयमा महानन्द ढकालबाट गरिएको कुराकानीका केही अशं :

छायादत्त न्यौपाने ‘बगर’

यहाँलाई स्वागत छ । पछिल्लो समय मुलुक लकडाउनमा छ । यहाँले यो समय कसरी बिताउनु भएको छ ?

धन्यवाद छ महानन्द सर, हो, अहिले हामी र हाम्रो मुलुकमात्र होइन सिङ्गै विश्वसमुदाय कोरोना नामक कीटाणुको प्रकोपग्रस्त छ । यसबाट जोगिने उत्तम विकल्पका रुपमा सरकारले लकडाउन गरेको छ, हामी त्यसको पालना गरिरहेछौं । मैले यो समयलाई सिर्जनात्मक बनाउन सकेको छैन, सदाभैंm सामान्य छ । समाचारमा आउने सूचनाले अलिक बढी तनाव दिएर हो कि ! म यो समयलाई सावधानी अपनाउने बेला भन्न चाहन्छु ।

पछिल्लो समयमा के कस्ता साहित्यिक सृजनाहरु गर्दै हुनुहुन्छ ? कस्ता खालका पुस्तकहरु अध्ययन गर्दै हुनुहुन्छ ?

यहाँलाई थाहा छ, यतिखेर पठनपाठनमा टक बस्ने अवस्था छैन । फेरि म विशेष गरी बालकहरुस्ाँग रमाउँछु । बालसाहित्य पढ्ने, बालकहरुकै लागि केही नयाँ र रमाइला पाठ्यसामग्री दिन पाए भन्ने ध्याउन्नमै रहन्छु । अहिले म आफ्नै बाल्यावस्था खोज्दै छु । यसले पो मेरा बालसाथीहरुलाई रमाइलो गराउँछ कि ! आशावादी छु । अर्को कुरा यहाँजस्तै धेरै स्रष्टाहरु मन वचन कर्मले जुटेर सिर्जना गरिरहेको सिङ्गै साहित्यको नयाँ प्रयोग साइनो लेखन तथा साथीहरुसँगको परामर्शलाई पनि समय दिएको छ ।

यहाँ विश्व विद्यालयमा अध्यापनरत हुनुहुन्छ । युवा जमातसँग धेरै जसो यहाँको सम्पर्क र सहकार्य हुने गर्छ तर लेखन बालबालिकातिर केन्द्रित छ । अध्यापन र लेखनको सम्बन्ध कसरी मिलेको छ ?

यहाँले भन्नुभएको कुरा स्वाभाविक हो तथापि बालसाहित्यमा केद्रित नभनेर बर्ता रहर भनौं कि ! प्रौढ साहित्यमा दुइटा निबन्ध संग्रहहरु प्रकाशित र झन्डै सयवटाको हाराहारीमा निबन्धहरु, केही समालोचनाहरु, कविताहरु समेत प्रकाशनको पर्खाइमा छन् । केही कृतिहरु प्रकाशित छन् यसर्थ प्रौढ साहित्य र बालसाहित्य दुबैमा यत्न गरिरहेछु भन्न मिल्ला । अहिले आएर त साइनोले पनि समय लिएको छ । साहित्यिक विमर्शमा क्याम्पसको परिवेश सहजै छ ।

बाल साहित्यमा यहाँको योगदान निकै महत्वपूर्ण छ । बाल साहित्यको विकास तथा प्रर्बद्धनमा लाग्दा लाग्दै साइनोतिर कसरी मोडिनुभयो ?

सान्दर्भिक प्रसङ्गका लागि धन्यवाद सर, साइनोतिर मोडिएँ भन्दा पनि सिर्जन कर्म सिलसिलाले तान्यो भनौं कि ! मेरो सुरुवाती लेखन त प्रौढ साहित्यबाटै अघि बढेको हो । यससँगै हिँड्ने क्रममा पछिल्लो समय बालसाहित्यमा अलि बढी सक्रिय हुँदै आएको छु, मोडिएकै त छैन र मोडिन्न पनि । केही समय यता साइनोतिर पनि आकर्षित हुँदै आएको छु, यसले पनि समय लिएको साँचो हो ।

साइनो साहित्यिक विधाको प्रणेता÷जन्मदाताका रुपमा चर्चित हुनुभएको छ । साइनो कसरी जन्मियो ? साइनो साहित्यिक विधाको आवश्यकता किन देख्नुभयो ?

साइनो कुनै पूर्व सोच र तयारीको उपज होइन, आकस्मिक सिर्जना हो । कलमकापी सँगै बसेको बेलामा सात, आठ र नौ अक्षरको संरचना बन्यो । त्यसै समयमा साइनो नाम पनि फु¥यो । सातवटा जति अनुहार किताब (फेसबुक)मा प्रसारण भएपछि केशव ज्ञवाली सरसँग (उहाँकै अग्रसरतामा) लामो विमर्श गरियो । यसको स्वरुप संरचनाका विषयमा सहमत भइयो । क्रमश खेमलाल पोखरेल, कृष्ण पौडेल, बालकुमार क्षेत्री, हरिप्रसाद चौलागाई, सीता सुवेदी पन्थीहरु जोडिदै आउनुभो । यो क्रमले गति लियो, सङ्ख्या ह्वात्तै बढ्यो । अहिले त तपाईंहरु जस्ता धेरैको गोडमेल पाएर अति नै छोटो समयमा देशविदेश पैmलिइसकेको छ । नेपाली मन–माटाको मौलिक उत्पादन छोटो छरितो भइकन गहन भाव सम्प्रेषण गर्ने भएकैले साइनो यसरी झाँगिएको हो । यसमा खुसी लागेको छ । जहाँसम्म विधागत आवश्यकताको कुरा छ यसलाई पनि हामीले सामान्य रुपले लिनुपर्छ भन्ने ठान्छु । नयाँ नयाँ सिर्जनात्मक कार्य आपैmमा जीवनबोधका माध्यम हुन् यी महत्वपूर्ण हुन्छन् । यतिखेर मलाई कविता, कथा, निबन्ध, महाकाव्यहरु धेरै लेखिएका छन् अब किन लेख्नु ? प्रति प्रश्न गरुँ कि भैंm भयो तथापि सरको प्रतिनिधित्वमा आएको यो आम जिज्ञासालाई सम्मान गर्दै वर्तमान भौतिकयुगको व्यस्त पाठकलाई पलभरको समय लगानीमा पूर्ण साहित्यिक स्वाद दिन सक्ने छरितो तर गहनभावयुक्त साइनो यसै विशेष छ । यसको आफ्नो विशिष्ट संरचना र भाव छ । झन्डै एउटा साइनोले एउटा कविता वा कथाको भाव सम्प्रेषण गर्न सक्छ । यसका सात, आठ र नौ अक्षरी संरचना अझ बेग्लै र विशेष छ । यसले सिङ्गो वाङ्मयको संवर्धनमा टेवा पु¥याउँछ ।

साइनोमा लेखिने कुराहरु अन्य साहित्यिक विधाहरुमा लेख्न सकिदैन र ? अन्य विधाभन्दा साइनो के अर्थमा फरक छ ?

त्यसो त शैलीको कुरा मात्र फरक हो । साहित्य बोल्ने भनेको जीवन हो । बोल्दा कसरी बोल्ने कुन शैलीमा बोल्ने ? स्रष्टाको रुचिको विषय हो । जीवनका कुरा जुनसुकै विधामा लेखिन्छ, लेख्न सकिन्छ नै तर स्रष्टालाई प्रिय लाग्ने शैलीले खास माने राख्छ । पाठकको रुचि र आवश्यकतालााई पनि स्रष्टाले महत्व दिनैपर्ने हुन्छ । यी कुरालाई ध्यान दिँदा साइनो स्रष्टाका निम्ति नयाँ शैली प्राप्त भो भने पाठकले निमेषभरमा चोटिलो साहित्यिक खुराक पाए जुन अन्य विधाबाट प्राप्त हुनेभन्दा भिन्न, विशिष्ट शैली र स्वादयुक्त छ ।

साइनोको संरचना पक्ष कस्तो हुन्छ ? एउटा साइनो बन्नका लागि कुन कुन कुरा हुनु जरुरी छ ?

साहित्यका कुनै पनि विधालाई परिभाषा विशेषमा खुम्च्याउन नसकिएजस्तै साइनो पनि यस्तै र यही नै हो भनेर किटान गर्न सजिलो छैन । संरचनाको पाटोबारे सात,आठ, नौ अक्षरका तीन पदका शब्दगुच्छा हुन्छन् । कविता भएकाले यसले पनि कविताका आवश्यक तत्वको अपेक्षा गर्छ नै । बिम्ब, प्रतीक, अभिधा, लक्षणा, व्यञ्जना शब्दशक्तिसँगै अनुप्रासले पनि यसमा गहनता थप्छ । यसलाई कति कलात्मक र आलङ्कारिक बनाउने ? स्रष्टाको प्रतिभा, व्युत्पत्ति र अभ्यासले निर्वाह गर्ने पाटो हो । रहरले कविता लेख्ने सबै कवि हुन नभ्याएजस्तै रहरले साइनो लेख्ने सबै साइनोकार ठहरिन नसकिएला । यसको मर्म भनेको त्रिपदीय संरचनाका प्रत्येक पंक्ति भनौं वा शब्दगुच्छा स्वतन्त्र रहेर समग्रमा एउटै अर्थ दिन सक्नु नै हो ।

चौबिस अक्षरभित्र सिंगो अभिव्यक्ति समेटिनु त आपैmमा कठिन छ । झन् प्रत्येक गुच्छाहरु स्वतन्त्र हुनुपर्ने भन्ने नियमले साइनो लेखनलाई जटिल बनाएन र ?

हो, यसलाई आम रुपमा जसरी लिइएको छ त्यति सजिलो नहुन सक्छ साइनो लेखन । फेरि यसले आपूmलाई फरक ढङ्गढाँचाले चिनाउनु पनि छ र यस्तो परिचय खुकुलो संरचनाले दिन सक्तैन कि ! अर्थ गाम्भीर्यका लागि संरचना खँदिलो आवश्यक देखिन्छ । यसको गतिलो परिचय भनेकै स्वतन्त्र भएर एकै भाव दिनु हो । फेरि राम्रो सर्जिना गर्न सजिलै त कहाँ हुन्छ र ? अभ्यासले तिखार्दै लाने न हो, होइन र ?

साइनोकारहरुका बिचमा कसले कति लेख्यो भनेर संख्यामा प्रतिस्पर्धा रहेजस्तो देखिन्छ ? साहित्यमा संख्या गौण कुरा होइन र ?

पक्कै पनि । साथीहरु संख्यालाई लिएर अलिक बढी दौडिनुभा हो कि ! मैले पनि महसुस गरेकै कुरा हो । मैले भ्याएसम्म बेलाबखत सल्लाह दिँदै पनि आएको छु । सानो संरचना आपैmमा पूर्ण हुने भएकाले कतिवटा लेखेँ भनेर सम्झन सजिलो होस् भन्ने उद्देश्यले संख्या लेखिने हो । मूल्याङ्कन त गुणात्मक वैशिष्ट्यको हुने हो । संख्याको माने त गणनाबाहेक अरु के होला र ?

साइनोलाई स्थापित र गुणस्तरीय बनाउन के कस्तो पहल हुनु जरुरी छ ?

सिर्जनात्मक विधाको स्थायित्वका लागि जिम्मेवार, सर्जक नै हुन् । साइनो सिर्जनामा समय सापेक्ष दृष्टिले उल्लेख्य संख्यामा स्रष्टाहरु साङ्लिएका छन् । यो क्रम गतिशील छ । यस सँगसँगै सैद्धान्तिक विमर्श महत्वपूर्ण पाटो हो । यसमा पनि अहिलेको प्रविधि प्रयोग भएकै छ । यस सन्दर्भमा अझ धेरै बहस जरुरी छ यो सत्य हो तथापि साइनो लेखन आरम्भ भएको समयावधि हेरेर भन्दा पर्याप्त लेखिँदै, पढिँदै र बहस हुँदै आएको मान्न सकिन्छ । गुणस्तरमा पनि धेरै रचना आएपछि पाठकले स्तरीयलाई लिन्छन् । स्तर नपुगेका रचना छाड्छन् छाडिन्छन् । यसर्थ संख्यावृद्धि पनि आपैmमा सकारात्मक पाटो हो नै । सर्जकहरु पनि साधनाबाट अघि बढ्नेहरु यात्रा गर्छन् गरिरहन्छन् । रहरमा सीमित रहनेहरु छुट्दै जान्छन् ।

साइनो लहडमा जन्मिएको साहित्यिक विधा हो, यसको न विगत छ न भविष्य, भन्ने साहित्यकारहरु पनि हुनुहुन्छ । वहाँहरुको यो आरोपको खण्डन कसरी गर्नुहुन्छ ?

उहाँहरुको खण्डन होइन सम्मान गर्दै मलाई के विश्वास छ भने सिर्जना हुने लहडमै हो । योजनाले गर्छ निर्माण र समालोचना । हो, विगत थिएन त्यसैले यो विधा नयाँ र मौलिक हो । भविष्य नदेख्ने साथीहरुलाई अङ्गुर अमिलो लागेको हुन सक्छ । स्वाद चाखेपछि उहाँहरु हामफाल्नुहुन्छ । अर्को कुरा सिर्जनाको भविष्य स्रष्टा र पाठकले निर्धारण गर्ने विषय हो । कसैलाई अमिलो लाग्दैमा अङ्गुर फल्न छाड्दैन र लहरा पनि सुक्दैन । ईष्र्याले मलजल गर्छ साइनो चिल्यिाउँछ, चम्काउँछ । जसका स्रटा र पाठक हजारौं भए, पुस्तक धमाधम प्रकाशन हुँदै छन् भने यसको भविष्य हुँदैन ? उहाँहरुले नेपाली सम्पदा पचाउन नसकेको थाहा पाएर दया लागेको छ उहाँहरुको विचारमाथि ।

हाइकु १७ अक्षरमा लेखिने अन्तरराष्ट्रिय स्तरमा स्थापित साहित्य विधा हो । हाइकु १७ अक्षरीय हुन्छ भने साइनो २४ अक्षरीय । कतै साइनो हाइकुको वैकल्पिक विधाका रुपमा जन्मिएको विधा त होइन ? अक्षर संख्या बाहेक यी दुई विधाका विचमा के अन्तर छ ?

के संरचना भिन्न भएपछि पुग्दैन र फरक पहिचान ? साइनोको अरु कुनै विधासँग समर्थक र विरोधी सम्बन्ध छैन । अन्य विधाको सापेक्षतामा पर्याप्त अन्तर छ । पहिलो त यो नेपाली मनमाटाको उत्पादन, दोस्रो सात, आठ, र नौ अक्षरी त्रिपदीय योग, तेस्रो तीनवटै पद स्वतन्त्र, चौथो यो जीवन जगतका समग्र पाटासँग सम्बन्धित, पाँचौं यसले कुनै अन्य विधाको सर्थन वा विरोध दुवै गर्दैन र कुनै विधाको सट्टामा आएको पनि हैन । यसका ७, ८ र ९ अङ्कले गणितीय विशेषता सहित सात वार, आठ दिशा र नवरस अर्थबोध गराउँछन् । यो त भर्खर जन्मेको हो र त यति धेरै मूल्यबोध गराइसकेको छ भने आउँदो समयक्रममा विद्वान्हरु बिच हुँदै जाने बहस–विमर्शले विशेषताहरु पनि थप्दै लाने नै छ ।

साइनो विधाको पहिलो कृति विष्णु पादुकाको ‘साइनो’ प्रकाशित भैसकेको छ भने निरन्जना चन्दको ‘निरुको साइनो’ प्रेसमा पुगेको छ । ‘साइनो सारथि’ साइनोको विशेषांक प्रकाशनको अन्तिम चरणमा छ । आपूmले शुरु गरेको साइनोका कृतिहरु धमाधम प्रकाशित हुँदै गर्दा कस्तो अनुभूति भएको छ ?

मैले साइनो यसरी झाँगिन्छ ? परिकल्पनै गरेको थिइनँ । यसमाथि यति छिटै ! मलाई अचम्म लागेको छ कि साहित्य सर्जकहरु नयाँ विधाको खोजीमा यतिविधि व्यग्र देखेर । हुन त सामाजिक सञ्जालको देन छ र केशव ज्ञवाली, बालकुमार क्षेत्री, खेमलाल पोखरेल, सुरेन्द्र शाही,महानन्द ढकाल, विष्णु पादुका मिना डाँगीजस्ता सयौँ साइनोसारथिहरु समर्पित भएर लाग्नाले यो सम्भव भएको हो । यसको गति देख्दा त लाग्छ वार्षिकोत्सवसम्ममा दर्जन कृति प्रकाशित भइसक्छन् । यसले मलाई त गद्गद बनाउने नै भो, साइनोमा साङ्लिएका सबैलाई गौरवबोधको अवसर दिएको हुनुपर्छ । कृति प्रकाशित गरसिकेका साथीहरुलााई बधाई र तयारीमा जुटेका साथीहरुलाई शुभकामना दिँदै साइनोको मानक अनुसार परिष्कार परमिार्जनमा विशेष ध्यान दिन आग्रह गर्छु ।

साइनो लेखनको स्तरीयताका लागि बौद्धिक बहस, अन्र्तक्रिया, कार्यशाला गोष्ठि, छलफल तथा विमर्श हुन कत्तिको जरुरी देख्नुभएको छ ? अहिलेसम्म यस्ता बहस तथा कार्यशाला गोष्ठीहरु भएका छन् कि छैनन् ?

साइनोको स्थायित्वका लागि यो महत्त्वपूर्ण काम हो । रचनासँगै पर्याप्त बहस अत्यावश्यक छ । हुन त बहस हुँदै नभएको अवस्था छैन । समयावधिको हिसाबले त धेरै बहस भएको मान्नुपर्छ । पत्रपत्रिकामा सानातिना लेखहरु आइरहेका छन् । विद्युतीय माध्यमबाट पनि छलफल, लेख प्रकाशन हुँदै आएको छ । यस बारे स्रष्टाहरु माथि उल्लेख भएभैंm पर्खेर हेर्दै पनि छन् के कस्तो गति लिन्छ भन्ने जिज्ञासाले । यो अस्वाभाविक पनि हैन । हामी सबैलाई थाहा छ यति छिटै यो लोकप्रियता प्राप्त ग¥यो कि कसैले कल्पनै नगरेको भयो यसैले यसको स्तर उकास्न र स्थायित्व प्रदान गर्न आवश्यक भूमिका निर्वाह गर्छ भनेर विश्वास लिन सकिन्छ । आउँदा दिनमा व्यापक बहस हुने नै छ । साहित्यका अरु विधामा जस्तै साइनोका बारेमा पनि निरन्तर बहसको आवश्यकता रहन्छ ।

साइनो स्थापित हुने र साहित्यिक मान्यता प्राप्त गर्ने कुरामा कत्तिको आशावादी हुनुहुन्छ ? साइनो लेखनमा आएको वर्तमान समयको भेल खहरेजस्तै सुकेर जाने त होइन ?

साइनो वर्तमान समयको भेल होइन माग हो । साइनो स्वतस्पूmर्त थालनी भई स्वतस्पूmर्त गति लिएको साहित्यिक अभिव्यक्ति हो । यसको चुस्त सूत्रात्मक अभिव्यक्तिले सर्जक र पाठक दुबैको मन जितेको छ । यो देशभित्र सीमित छैन । यो त अन्तरराष्ट्रिय विधा भइसकेको छ यसर्थ यो स्थापित हुने कुरामा द्विधा राख्नु बालपन हुन्छ बरु भइसक्यो भनेर पत्याउँदा हामी ठिक ठाउँमा हुन्छौं ।

साइनोको पहिलो कृति ‘साइनो’ र दोस्रो कृति ‘निरुको साइनो’ प्रकाशित गर्ने जिम्मेवारी पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरले निर्वाह ग¥यो । यस्तो अवस्थामा बाँके तथा बर्दियाको साइनो लेखनलाई कसरी हेर्नुभएको छ ?

बाँके बर्दियाले देखाएको साइनोप्रतिको रुचि र लगाव प्रशंसनीय छ ! महानन्द ढकाल, विष्णु पादुका, चिरञ्जिबी ढकाल,चन्द्रवाती अधिकारी, सुमित्रा न्यौपाने, शान्ति अधिकारी, निरञ्जना चन्द, सीता पौडेलहरु त्यस क्षेत्रमा सक्रीय देखिनुभएको छ । यसबाट साइनोको स्थायित्वका लागि बलियो जग तयार भएको महसुस गरेको छु । यस कार्यमा पूर्णिमा साहित्य प्रतिष्ठानको भूमिका बर्ता प्रशंसनीय देखिएको छ । यसले नेपाली मनमाटाको उत्पादनलाई सम्मान गरेको छ । यसका लागि आभार व्यक्त गर्छु ।

वर्तमान् समयमा कोरोना भाइरसका कारण विश्व त्रसित छ । धेरैका निराशाजनक अभिव्यक्तिहरु सुनिन्छन् । यो निराशालाई निरुत्साहित गर्न साहित्यकार तथा लेखकहरुले कस्तो भूमिका खेल्नु जरुरी छ ?

हो, यतिखेर सिङ्गो मानव समुदाय त्रसित छ । आपसी भेटघाट र भलाकुसारीको अवसर पनि छैन । यस दुखद घडीले स्रष्टाहरुमा जिम्मेवारी थपेको छ । साहित्य जीवनलाई गति दिने विषय हो । यसले उत्साह र उत्प्रेरणा दिने गर्छ । जीवनलाई सक्रीय एवं कर्मयोगतर्पm डो¥याउने विषय पनि यही हो भने यसका सर्जकले परिस्थितिजन्य मनोविज्ञानलाई ध्यान दिई आत्मबल बढाउने गरी छोटो छरितो सिर्जना दिई आम पाठकहरुको निराशालाई उत्साहतर्पmको अभिमुखीकरणमा सक्रीय रहनु सान्दर्भिक देखिन्छ ।

हामीलाई समय दिनुभयो यसको लागि आभारी छौं । यहाँलाई साहित्यका विषयमा साइनो लेखनका विषयमा केही छुटेजस्तो वा भन्न मन लागेको कुरा केही छ कि ?

मलाई मेरो मनका भावना सार्वजनिक गर्ने अवसर दिनुभो, सम्बद्ध सबैलाई हृदयतः धन्यवाद दिन्छु । साइनो कविताको उपविधा हो । यो नयाँ प्रयोगलाई अत्यधिक रुचाइएको छ । परिणाम स्वरुप पास्नी भातख्वाइको उमेरमै सिङ्गै कृति होइन कृतिहरु प्रकाशित भइरहेका छन् । यो हामी नेपाली वाङ्मय प्रेमीहरुको साझा प्राप्ति हो र दायित्व पनि यसैभित्र छ । यसको संवर्धनमा हामी सबै मन वचन कर्मले लागौं । वर्तमान अवस्थाले हाम्रा आदरणीय पाठकवृन्दको मनोबल बढाउने गरी सिर्जनामा रमाऔंं भन्छु । यो चिन्ता गरेर बस्ने समय नभई उत्साहले परिस्थितिलाई जित्ने गरी घरपरिवारसँगै रमाउने बेला हो । समस्त मानवसँग यही आग्रह गर्छु ।

प्रकाशित मितिः शनिबार, चैत्र २९, २०७६     10:38:35 AM  |