महरालाई पुनः अदालत लगिँदै



काठमाडौँ । निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पुनः म्याद थपका लागि जिल्ला अदालत लगिने भएको छ । थपिएको समयमा पनि अनुसन्धान पूरा नभएपछि महरालाई अदालत लगिन लागेको हो ।

जबरजस्तीकरणी उद्योगको मुद्दामा अनुसन्धानका लागि महरालाई जिल्ला अदालत काठमाडौँले २८ असोजमा थप तीन दिन थुनामा राख्न अनुमति दिएको थियो ।

Joj:yflksf–;+;bsf] a}7s
pkk|wfg Pjd cy{dGqL s[i0faxfb’/ dx/f laxLaf/ a;]sf] Joj:yflksf–;+;bsf] a}7sdf cy{ ;ldltsf] k|ltj]bg;lxt sd{rf/L ;~ro sf]if -gjf}+ ;+zf]wg_ ljw]os, @)&! dfly 5nkmn ul/of]; eGg] k|:tfj k|:t’t ug'{x’Fb} . tl:a/ M /Tg >]i7, /f;;

पछिल्लोपटक थपिएको समयमा समेत अनुसन्धान नसकिएपछि म्याद थपका लागि महरालाई प्रहरीले आइतबार पुनः अदालतमा उपस्थित गराउन लागेको हो ।

जबरजस्तीकरणी उद्योगमा बढीमा २५ दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न सकिने कानुनी प्रावधान छ ।

संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि बलात्कारको प्रयास गरेको आरोप लागेका महरा असोज १९ गतेदेखि प्रहरीको नियन्त्रणमा छन् । #Ratopati

  • No tags available
प्रकाशित मिति : २०७६ कात्तिक ३ गते आइतबार