26 April 2024  |   शनिबार, बैशाख १५, २०८१

भुतपुर्व विद्यार्थीको पहिरो पिडित नेपालीलाई सात हजार सहयोग

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, भदौ १६, २०७७  

सुर्खेत ।
दैलेख ठाटिकाँध गाउँपालिका ४ गैरागाँउमा भदौ २ गते गएको पहिरोमा परि घाइते भएका बमबहादुर नेपालीलाई भुतपुर्व विद्यार्थीले सात हजार सहयोग गरेको छ ।


अविरल बर्षाका कारण उनको घर भन्दा दुइसय मिटर माथीबाट खसेको पहिरोमा परि बमको ढाँडको हड्डी भाचिएको थियो ।
घाइते बमबहादुर नेपालीको हाल सुर्खेतको देउति नर्सिङ होम मा उपचार भइरहेको छ ।

उनको उपचारमा आर्थिक अवस्था निकै नाजुक रहेको कारणले भुतपुर्व विद्यार्थी समाज ठाटीकाँधका बिरेन्द्रबहादुर कठायतको नेतुत्वमा सहयोग रकम संकलन गरि मंगलबार गम्भिर घाइते नेपालीलाइ सात हजार हस्तान्तरण गरिएको छ ।

भुतपुर्व विद्यार्थी समाजको नेतुत्व गरिरहेका बिरेन्द्रबहादुर कठायतले फेसबुकमा स्टाटस राख्दैँ भनेका छन् ।

‘महिले घाइते नेपाली को आर्थिक अवस्था निकै कम्जोर रहेको अवस्था बुझेको छु साथै उक्त अवस्थालाई केही राहत स्वरुप भनी ठाटिकाँध गाउँपालिका ४ का भुतपुर्व विद्यार्थी समाजमा महिले नेतृत्व गरेको र मेरो खातमा सहयोग स्वरुप आएको केही रकम आफु उक्त घाइते भएको व्यक्तीसम्म पुग्न नसकेपनि हाम्रै समाजको तर्फबाट रबिन्द्र सिजापती र खगेन्द्र कठायतले सहयोग रु सात हजार हस्तान्तरण गर्नु भएको छ ।

प्रकाशित मितिः मङ्लबार, भदौ १६, २०७७     6:42:39 PM  |