26 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

‘जातीय विभेदको संस्थागत संरचना तोड्नुपर्छ’

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, असार १२, २०७७  

जेष्ठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको सोतीमा घटेको घटना अहिले चर्चामा छ । अन्तरजातीय प्रेम सम्बन्ध बिच्छेद गराउनको लागि भएको उक्त घटनामा ६ जनाको हत्या भयो भने १२ जना घाइते भए । उक्त घटनाबारे विभिन्न अधिकारकर्मी संस्था, सरकार र संसदीय समिति लगायत आधा दर्जन बढीसंघ संस्थाले छानविन गरेका छन् । यही घटनासँग केन्द्रीत रहेर मिसन टुडे दैनिकका शुभाकर विश्वकर्माले संयुक्त दलित संघर्ष समिति बाँकेका संयोजक तथा दलित अधिकारकर्मी अमर सुनारसँग गरेको कुराकानी ।

१. सर्वप्रथम, रुकुम पश्चिममा भएको सोती हत्या प्रकरणलाई कसरी लिनु भएको छ ?

रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर ८ सोती गाउँमा भएको अन्तरजातीय प्रेम सम्बन्ध कै कारण घटना जातीय नरसंहार नै हो । यो प्रकरणलाई मैले चाही दुःखदायी र अमानवीय घटनाको रुपमा छ । यो दर्दनाक र जातीय अहंकारका कारण भएको हो । यो प्रकरणले नेपाली समाजको नांगो चित्र देखाएको छ । विद्यामान जातीय विभेदको अंहकार कति हदसम्म रैछ भन्ने उदाहरण समेत हो । नेपालमा थुपै्र परिवर्तन भए भनिन्छ । हामीले पनि परिवर्तन त भएको होला सोचेका थियांै । तर यो भित्रिरुपमा जगडिएको रहेछ । नेपालको सिंगो दलित आन्दोलनले समेत देश विकास र परिवर्तनको लागि ज्यानको समेत बलिदान दिएको छ । २००७ सालदेखि ७० को दशकसम्म भएका गरेका उपलब्धि भित्रको विकृत पक्ष हो । अहिले जातीय विभेद र छुवाछुतको अवस्थाको चित्रण गरेको छ । अझै अधिकारको लडाई आवश्यक रहेछ । परिवर्तन त फकिर रहेछ भन्ने देखाएको छ । यो घटनाले दलित समुदाय र नेपालको दलित आन्दोलनको मुल्यको बलिदानीमा माथि नै कुठाराघात गरेको छ । सोती हत्या प्रकरणले सिंगो देशको सोचाई र मनोविज्ञानको पर्दाफास गरेको छ । जातीय कारणले नै त्यो घटना घटेको हाम्रो बुझाई हो ।

२. तपाई घटनास्थल मै पुगेर आउनु भएको छ, घटनाबारे विस्तृत रुपमा बताइदिनुहोस् न ?

हो हामी १६ जनाको टोली त्यहाँ गएका थियौं । हाम्रो उद्देश्य नै घटनाको छानविन गर्ने रहेको थियो । त्यो घटनाको मुख्य कारण नै जाजकोटका नवराज विक र सोती मल्ल थरकी युवतीको प्रेम सम्बन्ध नै भएको देखिन्छ । त्यो अन्तरजातीय भएकोले सम्बन्ध टुटाउनको लागि सिंगो समाजले गरेको अपराधको श्रृंखला कतिसम्म निर्मम् हुँदो रैछ भन्ने देखियो । खास कुरामा केही वर्षअघि युवायुवती प्रेम सम्बन्धमा पर्छन् । केटा सोती आउँछन् कार्यक्रमको शिलशिलामा । त्यहाँ उनीहरुको पहिलो पटक चिनजान भएको छ । पछि फेसबुकमा कुराकानी हुन्छ । उनीहरु नजिकिदै जान्छन् । अन्तरंग भेट समेत हुन्छ । उनीहरुको प्रेम सम्बन्ध कै घर एक अर्काको घरसम्म आउजाउ गर्नेसम्म पुग्छ । जाजरकोट रानागाउँमा रहेको केटाको घरमा केटी २ पटक जान्छिन् । पहिलो पटक केटाको पक्षले प्रेम सम्बन्धको विषयमा थाहा पाउँदैन । दोस्रो पटक पनि घर गएपछि केटाका परिवारले सम्बन्धको बारेमा थाहा पाउँछन् ।

केटाको आमाले उनी ठकुरी भएको थाहा पाएपछि भन्छिन्, नानी तिमी त ठकुरीकी छोरी, हामीले विक हांै । भोली तिम्रो समाजले मेरो छोरा र तिम्रो प्रेम सम्बन्ध स्विकार गर्दैन । तर केटी त्यो कुरा मान्न नै तयार छैनन् । भन्छिन्, अन्टी हाम्रो परिवार र समाज पहिलोको जस्तो छैन । हामी त माओवादी हौं । त्यस्तो कुरा चल्दैन । सजिलै मानिहाल्छन् । फेरी हामी अहिले विवाह गर्ने नै होइन । आठ वर्षपछि विवाह गर्ने हो । तर पछि केटी पक्षले पनि उनीहरुको सम्बन्धका विषयमा जानकारी पाउँछन् । एक केटीलाई भेट्न गएको बेला केटालाई गिरप्तार गरेर प्रहरी चौकीसम्म पु¥याइन्छ । भोलीपल्ट कागज गरेर छुटाइन्छ । त्यस पनि भने उनीहरु केही समय सम्पर्क विहीन हुन्छन् । तर पछि सामाजिक सञ्जालमा जोडिन्छन् । उनीहरुको सम्बन्ध त्यस पछि झन प्रगाढ हुँदै जान्छ । यो घटनामा हुनुमा पक्षको परिवार समेत जिम्मेवार छ । उनीहरुले आफ्नो छोरीलाई सम्बन्ध तोड्न दबाव दिन्छन् । अन्तिममा उनी जेष्ठ १० गते सोतीमा जान्छन् । उनीहरुलाई कुटिन्छ र मारिन्छ । यसमा के देखिन्छ भने पहिलो पटक समेत केटालाई प्रहरीमा लिदाँदेखि भूमिका खेलेका वडा अध्यक्ष डम्बर मल्लको योजना अनुसार भएको छ । उनी केटी पक्षका आफन्त समेत हुन् । समग्रमा जातीय अहंकार कै कारण भएको योजनाबद्ध हत्या नै हो ।

३. घाइतेहरुको उपचारमा राज्य पक्षले ध्यान दिएन, तपाईहरुले नै उपचार गराउनु भयो उनीहरुको पछिल्लो अवस्था के छ ?

घटना लगत्तै हामीले घाइतेहरुको सिघ्र उपचारको माग गर्दै आएका थियांै । किनभने उनीहरुमाथि कुटपिट हुँदा हँसिया, लठ्ठी समेत प्रयोग भएको छ । १२ जना घाइतेलाई कुनै न कुनै रुपमा चोट लागेको छ । यो राज्यको दायित्व हो, सरकारले छिटो उपचार गर्नु पर्छ भन्ने हाम्रो माग थियो । बिडम्बना नै भन्नु पर्छ सरकारले उपचार गरेन । चासो समेत दिएन । त्यसो भएपछि हामीले उपचार गराएका हौं । घाइतेहरुको अहिले पनि घाउ निको भएको छैन । उनीहरु डराउने र बर्बराउने खालका समस्या रहेका छन् । राज्य पक्षबाट कुनै पनि पहल नभएपछि हामीले समिति मार्फत चन्दा संकलन गरेरर उपचार गराएका हौं । यसमा जाजकोटको भेरी नगरपालिकाका प्रमुखले समेत केही सहयोग गरेका छन् । अरु सबै हामीले नै हो खर्च गरेको । यसमा दलजित सिर्पाइली र कोहलपुर अस्पतालका डाक्टर श्याम विकको सहयोग ठूलो छ । खाने, बस्ने र उपचारको लागि खर्च नै हामीले नै जोहो गरेका हौं । कोहलपुर ल्याएपछि उनीहरुको एक्सरे, सिटिस्क्यान गर्ने र स्वास्थ्य जाँच गर्ने काम भयो । घाउहरुको निको पार्नको लागि औषधि उपलब्ध गराइएको छ । डाक्टरले चाही उनीहरुमा मानसिक रुपमा समस्या देखिएको भन्दै मनोविमर्श आवश्यक हुने बताएका छन् । ७ गते सबैलाई घर पठायौ । अब उनीहरुको मनोपरामर्शका लागि समेत पहल गर्छौं । र आन्दोलनका कार्यक्रम निरन्तर चलिरहन्छन् ।

४. अझै सम्म जातीय विभेदका घटना भइरहनुको कारण चाही के देख्नुहुन्छ तपाई ?

तपाईले राम्रो प्रश्न गर्नु भयो । यसमा चाही मलाई के लाग्छ भने, जुन किसिमको जातीय संकिणता र चिन्तन छ त्यसैले हो यस्ता घटना हुने भनेको । जातीय विभेदले ग्रस्त चिन्तन हट्न सकेको छैन । कानुन बनेको छ, नियम बनाइएको छ, संविधानमा उल्लेख गरिएको छ जरिवाना तोकिएको छ । तर यो प्रयाप्त रैन रैछ भन्ने कुरा यसले प्रष्ट पारेको छ । खास गरि विद्यामान रहेको जातीय विभेदले ग्रस्त वर्ण व्यवस्था नै कारक हो । यसलाई भत्काई र सोचमा परिवर्तन नआएसम्म जति कुनै आदर्शका कुरा गरेपनि हामीले यस्ता समस्या भोगिरहने देखिन्छ । वर्ण व्यवस्थाको अन्त्य हुनुपर्छ । जातीय प्रथाको उन्मुलन नगरि हुदैन । अहिले कोरोना भाइरसले सिंगो विश्व तंरगित गरिरहेको छ । यो भाइरसले मानिसलाई भयभित बनाइरहेको छ । त्यो भन्दा खतरनाक भाइरसको रुपमा जातीय विभेद रहेको छ । मानिसको मन र चिन्तनमा जरा गाडेर बसेको यो भाइरसको लागि जात व्यवस्था विरुद्ध नलडि हुन्न ।

जातीय महामारीले मानिसलाई मानिसको रुपमा बाँच्न दिएको छैन । मानिस नै गन्दैन यसले । त्यसैले हामी नलडे कोही पनि लड्ने वाला छैन । त्यसैले सम्पूर्ण मानिसहरु एकजुट हुनैपर्छ । जातीय विभेद हराउनैपर्छ । कुनै पनि मानिसलाई एक लाठी हान्नुहोस । त्यो लाठीको चोटले मान्छे भयभित हुँदैन । जसरी चोट लाग्छ, कथित तल्लो जातको भनेर हेप्दा हुन्छ । जसले मानिसको आत्मसम्मानमा समेत चोट दिन्छ । यो राज्यको समस्याको लिनुपर्छ । विकासको गतिलाई समेत गति दिन सकेको छैन । विकास र समृद्धिको यात्रामा सभ्य समाज निर्माण गर्ने बेलामा हामीले अधिकारको लडाई लड्नु परेको छ । महिला, बालबालिका र जेष्ठ नागरिकको समस्या छन् । त्यो भन्दा ठूलो समस्या जात व्यवस्था छ । हटाउनु पर्ने यही व्यवस्था हो । सरकार सक्रिय हुनुको विकल्प छैन ।
५. तपाईले बाँकेमा चाँही जातीय विभेद्को अवस्था कस्तो देख्नु भएको छ ?

यो समग्रमा देशव्यापी समस्या हो । कुनै कम कुनै बढी होला फरक पाटो हो । यो कथित जातमा व्यवस्थामा आधारित कुप्रथा हो । यो प्रथाको जरा उखेल्न हामी लागि परेका छांै । देशभरको कुरा गर्नुहुन्छ भने बाहिर हेर्दा केही नभएजस्तो जस्तो भने भित्री रुपमा यसको रुपमा विकराल खालको छ । बाँके जिल्लाको हकमा समेत अवस्था उस्तै हो । यहाँ बहुजातीय, बहुभाषीय र बहु वर्णका मानिसहरु बसोबास गर्छन् । बाहिरी रुपमा केही छैन जस्तो छ । तर भित्रि रुपमा धेरै । यहाँ पनि अहिले पनि अन्तर जातीय प्रेम र सम्बन्ध स्विकारेको छैन । दलित अधिकारकर्मीका रुपमा लामो समय काम गर्दाको मेरो अनुभवले जातीय विभेद विद्यामान रहेको बताउँछ । सार्वजनिक कार्यक्रम होस, सहभागिता वा अधिकारका कुरा हुन् । दलित समुदायलाई फरक दृष्टिले हेर्ने प्रचलन रहेको छ । सहरमा केही कम रहेको भएपनि गाउँमा धेरै छ । छुवाछुतको रुपमा बदलिएको भएपनि स्वरुप बदलिन सकेको छैन । कुनै पनि व्यक्तिलाई व्यक्तिको रुपमा समेत हेरिदैन । हिजोका तुलनामा केही कम मात्रै भएको हो । निर्मुल भइसकेको छ । यहाँ पनि छ जातीय विभेद ।

६. अन्त्यमा, रुकुम पश्चिमको प्रकरण अनुसन्धान मै रहेको अवस्थामा दोषिलाई कारबाही र पीडितले न्याय पाउनेमा कत्तिको विस्वस्त हुनुहुन्छ ?

यो प्रकरण भए लगत्तै हाम्रा माग थियो÷छ । मृतकलाई साँस्कृतिक र सामाजिक शहिद घोषणा, पीडितलाई न्याय र दोषि माथि कडा भन्दा कडा कारबाही जन्मकैदको माग हामीले गरेका छांै । माग पुरा गराउनको लागि हाम्रो संघर्ष जारी छ । यो घटनाले सरकारले पनि केही दहसम्म गम्भीरता देखाएको हामीले पाएका छौं । प्रधानमन्त्रीले पनि उक्त घटनाका दोषिमाथि कारबाही हुने कुरा गर्नु भएको छ । गृह मन्त्रालयको टोलीले समेत हत्या भएको जनाइसकेको अवस्था छ । संसदीय समिति पनि बनेको छ । अनुसन्धान गरिरहेको छ । पीडितले न्याय र दोषि माथि कारबाही हुनेमा आशाबादी छांै ।

प्रकाशित मितिः शुक्रबार, असार १२, २०७७     8:17:09 AM  |