26 April 2024  |   शनिबार, बैशाख १५, २०८१

भरत बहादुर रानाभाटका सुन्दर, कथा : बर्बाद

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, जेष्ठ ३१, २०७७  

भरत बहादुर रानाभाट ।

धम्बोझीको कृषि बिकास बैँकको गेट अगाडि कसैलाई फोन गर्दै थिए । एउटा मोटरसाइकल मेरो अगाडि आएर रोक्कियो । हेलमेट खोलेर उसले सर जये नेपाल भन्दै अभिवादन गर्यौ । मैले ऊसंग हात मिलाए । ऊ मेरो पूर्व परिचित स्टाप रमेश थियो । भाइ कताबाट आज अचानक भेट भयो मैले भने । रुपैडिहा घुम्न गएको थिए , फर्कदा अचानक हजुरलाई देखे । धेरै समय भयो सरसंग भेट नभएको । हो भाइ धेरै भयो हाम्रो भेट नभएको, भाइलाई भेटेर मलाई पनि खुसी लाग्यो ।

सर हजुरलाई हतार छ र ? उसले सोध्यो । त्यस्तो कुनै हतार छैन मैले भने । त्यसो भए अली शान्त चियपसलमा गएर कुरा गरौँन उसले भन्यो । हामी स्वस्तिक कटेजमा गयौँ । शान्त वातावरणमा बस्न मिल्ने सबै भन्दा पश्चिम तर्फको ग्रहाक प्रतिक्षालयमा गएर बस्यौँ । दूई बोतल पानी लिएर वेटर आयो । उसले कलम निकाल्दै अडर स्लीपमा टिप्न थाल्यो । दुई प्लेट चिकेन मम र एउटा मिक्स जुस लिएर आउनु भन्यौँ ।

रमेश अनुशासित सिपाही थियो । आफुले गर्नु पर्न काम इमान्दारीपूर्वक सम्पन्न गथ्र्यो । फुर्तिलो शरिर जहाँ जुन काममा खटाउँदा पनि नाई नास्ती नभनी ऊ अगाडि तम्सिने गथ्र्यो । उसले प्रसंग निकाल्दै भन्यो सर अहिले के गर्नुहुन्छ । जागिर छाडेपछि म अहिले सामाजिक संघसंस्थामा आवद्ध छु मैले भने । भाइको खबर के छ । बिदेश तिर कि ? घरै तर्फ केही गर्दै हुनुहुन्छ ? उसले लामो सुस्केरा हाल्यो । जिन्दगी सोचे जस्तो नहुने रहेछ सर । त्यो ता हो भाइ , जीवनमा उतार चढाव आउँछन् । कहिले सुख कहिले दुःख मैले भने । सिपाहीको दुखी जागिर खाएर पनि छोराछोरी पढाउन प्रयत्न गरे । मृत्युको मुखबाट कैयौँ ठाउँमा बचे , माओबादी द्वन्दको समयमा । जुन जुन जिल्ला अति सम्बेदनसिल थिए ,तिनै तिनै ठाउमा मेरो सरुवा भयो । माथि आफ्नो मान्छे नहुने सानो दर्जाको सिपाही सधै पेलाईमा मात्र परिने रहेछ ।

कुन कुन ठाउँमा बसेको छ भनेर अभिलेख हेरेर सरुवा गर्दा केहीँ न्याय त हुँदो हो नि । फाँटमा काम गर्ने काम चोरहरुले आफ्नो मान्छे जोगाउन म जस्ता सोझालाई हचुवाको भरमा पटक पटक अति संबेदनशिल जिल्लमा सरुवा गरे । तर सिपाहीको मर्का कसले बुभ्mने । कोसेलीपात लगेर स्लोट हानेको भए राम्रो ठाउँमा सरुवा हुँदो हो । तर त्यसो कहिल्यै गरिएन । त्यहीँ भएर सधै आफ्नो जिन्दगी खुकुरी धारमा राखेर हिडियो सर । कि मर्यो , कि मार्यो । हो भाइ फोर्समा केहीँ घुस्याहाहरुले बिगारेका हुन् । तर प्रहरी फोर्स ता राम्रो हो नि मैले भने । आज हजुरसंग धेरै समय पछि मनको दुःख पोख्दै छु । द्वन्द चर्केको समयमै तपाई चेकपोष्टको इन्चार्ज हुनुहुन्थ्यो । त्यो बेला त्यो बिकट ठाउँमा हाम्रो को थियो र ? तपाई अभिभावक र इन्चार्ज पनि । तपाईले त्यो बिकट ठाउँमा हामीलाई सम्झाउनु हुन्थ्यो । घर व्यवाहार , परिवार छोराछोरीको पढाईका लागि हामीलाई सधै सचेत पार्नुहुन्थ्यो । म धेरै ठाउँमा बसे तर तल्लो दर्जालाई तपाइले जस्तो माया गर्ने जुनिएर अधिकृत फोर्समा मैले थोरै मात्र देखे । मुगु बाट रुकुम सरुवा भएपछि रोल्पा र जजारकोट बसे । कठै त्यो पनि के जिन्दगी भन्नु । देश नै प्रहरीले धाने जस्तो कति बेला मरिने हो एकिन थिएन । मृत्यु आँखा अगाडि नाचीरहन्थ्यो । बिद्रोहीका एम्बुसमा परेर मारिने ति साथीहरुका लास उठाउँदा यो मन धरधरी रुन्थ्यो । तर व्यवहारमा कठोर देखिनु पथ्र्याे । ति कुरा के गर्नु जे होस् त्यस्ता दिन पनि हामीले बितायौँ ।

यति कुरा हुँदा सम्म हामीले एक एक प्लेट ममलाई आफ्नो पेटमा भरीसकेका थियौँ । हामीले फेरि केही अर्डर गर्याैँ । उसले एउटा बियर लिने अनुमति माग्यो मसंग, मैले खिस्स हाँस्दै भाइ अव हामी दुबै जना जागिरमा छैनौँ , भन्दा ऊ पनि हास्यो । जागिर छोड्दा म पुरानो हवल्दार थिए । असई हुने पालो आउँदै थियो । तर मलाई जागिर खान मन भएन । मैले पेन्सन पाक्ने बित्तिकै राजीनामा दिए । त्यसपछि के गर्यौ त भाइ ? मैले सोधे । जुम्लाबाट छोराछोरी र श्रीमति नेपालगन्जमा ल्याई डेरा खोजेर केटाकेटीको पढ्ने ब्यवस्था मिलाई पासपोर्ट बनाएर म दुबै पुगे ।

उसलो लामो सुस्केरा हाल्यो । कुरा गर्दै जाँदा उसको अनुहार मलिनो हुन्थ्यो । उसलाई जिन्दगीको गरुङ्गो भारीले थचक्कै थिचे जस्तो देखिन्थ्यो । मैले उसका दुःखका कुरा सुन्दै गए । दुबईमा एउटा कम्पनीमा गार्डको काम गर्न थाले । कामदारहरु धेरै थिए । बस्नको राम्रो ब्यवस्था थियो । खान आफै बनाएर खानु पथ्र्यौ । त्यो कम्पनीमा छ महिना काम गरेपछि एक दिन मालिकले मलाई आफ्नो गाडीमा राखेर घरमा लग्यो । चार वटा श्रीमतिको धनी रहेछ मालिक । अलग अलग ठाउँमा घर बनाएर श्रीमति राखेर आफु कहिले कता, कहिले कता , बिदेश गइरहनु पर्ने रहेछ । ऊ खरबपति थियो । मलाई उसले आफ्नी श्रीमति र दुईवटी छोरीहरुलाई चिनायो । साहुले तँ अव यो मेरो घरको शुरक्षा डयूटी गर्लास भनेर गयो । अव म त्यो घरमा भित्र गेटमा गार्ड बस्थे । मलाई बस्ने खाने सुत्ने अलग कोठा दिएका थिए । म त्यहीँ नियमित कुर्चीमा बसेर डयूटी गर्थे । त्यो घरमा बसेको तिन महिना पछि एक दिन राती दश बजे मैले गेटमा भित्रबाट ताल्चा लगाएर आफ्नो कोठामा आई पल्टने तरखर गर्दै थिए ।

अचानक मालिक्नि मेरो कोठाको ढोकामा आएर ढोका ढक ढक गर्न थाले पछि मेरो सातो गयो । सायद डयूटी गर्दा केही गल्ती भयो कि भनेर म डराएँ । ढोका खोलेर हात जोडेर नमस्कार गरे । ऊ मेरो खाटमा आएर बसी । म तिन मिटर टाढा उभ्भिए । खाना खाइस् ? घर तिर के छ तेरो खबर ? छोराछोरी कति छन ? श्रमितिसंग फोनमा कुरा हुन्छ ? भनेर सोधी । मलाई त्यहाँको भाषा हल्का आउथ्यो । मैले सबै बताएपछि ऊ गई । तिन दिन पछि छोरीहरु बिदामा कतै बाहिर गएका थिए । त्यो दिन उनीहरु घरमा आएनन् । मालिक्नि घरमा एक्लै थिई । मालिक्निले फेरि मेरो ढोकामा आएर ढकढक गर्न थाली । मैले ढोका खोले । ऊ मेरो खाटमा बसी । मलाई घर व्यबार बारे सोधी । उसले सोधेका कुरा जानीनजानी उसलाई बताए । मलाई देखेर मसक्क गर्न थाली , म असाध्यै डराएँ । उसले मलाई तानेर आफु नजिक बस्न भनि म आत्तिए ।

मालिकले थाहा पाएमा मेरो शरिर टुक्रा टुक्रा हुन सक्थ्यो । मलाई असाध्यै डर लागेर आयो । मालिक्निले मैले भनेको चुपचाप मान् हैन भने तेरो लास नै यहाँबाट गायब बनाईदिन्छु भन्दै धम्की दिएर मलाई खाटमा तान्न थाली । म धर्म संकटमा परे । मैले हिजो सिकेको मेरो कर्तव्य त्यो थिएन । मृत्युको डर र आई पर्ने संकट सम्झदा म हत्तोत्साहित भए । मेरो शरिरमा पसिना आए । मुख ओभानो भयो अर्काको देशमा रोजगारीको लागि गएको मान्छे उसैको घरको गार्ड बसेको छु । रोजगारी गुम्ने र जेलमा बस्न पर्ने अवस्थाले म भयभित भएँ । तँ कस्तो डराको हो, मैले भनेको सेवा गरिस भने तलाई लुकाएर पैसा दिन्छु भनेर आफु तिर तान्न थाली । त्यसपछि म बाध्य भएर मालिक्निले जे जे भन्दै गई म लाचार भएर मान्दै गए । मालिक आउने समयमा ऊ माथिल्लो तलामा नै बस्थि । मालिक नभएपछि छोरीहरुका आँखा छलेर ऊ मेरो कोठामा बेलाबेलामा आउँथी । मलाई समय समयमा लुकाएर पैसा दिन्थी । घरमा पैसा पठाउन बैँकमा जान दिन्थी । यसरी लामो समय म परिस्थितिसंग सौम्झौता गरेर मालिक्निको दास बनेर म त्यहाँ बसे ।

ओहो रमेश तिमीता खतरा रहेछौँ । त्यस्तो सोझो इमान्दार हिजोको मेरो बहादुर सिपाही आज विदेशमा मालिक्निको दासी भयौँ ? म हाँसे । ऊ पनि हास्यो । सर मान्छे परिस्थितिको दास भएपछि परिस्थितिले जता लान्छ उतै डोरीनु मान्छको विवशता नै रहेछ । मेरो बाध्यता भयो त्यो बिरानो ठाउमाँ ज्यानको मायाले गर्दा ज्यान बचाउन ज जसले जे जे भन्दै गए त्यहीँ त्यहीँ मान्दै गएँ उसले भन्यो । मालिक्निसंगका कुरा गर्दा उसको अनुहार आत्मग्लानीले भरिएको थियो । मेरो आफ्नो तलब ता थियो नै । तर तलब बाहेक अतिरिक्त कमाई पनि थपियो मालिक्निको दयामा निरभर हुन्थ्यो । मलाई पटक पटक गरेर उसले मनग्गे पैसा दिएकी थिई । त्यसपछि मेरो तलब र ति सबै पैसा पटक पटक घरमा पठाए । घडेरी पहिल्यै किनेको हुँदा अब चार कोठाको घर बनाउन मलाई केही समस्या नहुने देखेर श्रीमतिलाई मिस्त्री खोजेर कुरा बुभ्mन लगाए । बेलासपुरको ठेक्दार शुरेसलाई ठेक्का दिएर घर बनाउन शुरु भयो । आवश्यक पर्ने सबै सामान सिमेन्ट , सरिया बालुवा मोरङ गिट्टी लगायतका सामान ,ठेक्दारले भने बमोजिम किनेर जिम्मा दिने कुरा भयो । काठ मिस्त्रीलाई भेटेर भ्mयाल ढोकाका चौकोस तयार गर्न लगाए । म बिदामा घर आउँदा मेरो अतिरिक्त कमाई घट्ने हुँदा म स्रोत जुटाउन लागे । म पाँच बर्ष सम्म घरमा आइन उसले भन्यो ।
लामो समय आफु घर नआउँदा छोराछोरीको पढाई र श्रीमतिको पनि ख्याल गर्नु पर्ने अनि पैसा नै सबै कुरा होइन नि भाइ मैले भने । हुनता सरले भनेको ठिकै हो । प्रहरीको जागिर खाँदै देखि विवाह गरेकी श्रीमतिलाई घरको सबै दुःख सुख थाहा थियो ऊ प्रति मैले कहिल्यै पाप सोचिन । उसको पुरापुर विश्वास थियो मलाई । द्वन्दको समयका ति काला रात्री पनि श्रीमतिलाई थाहा थियो । श्रीमतिले गरेका काममा मैले कहिल्यै कुनै अवरोध र संका गरिन । त्यहीँ भएर पैसा अपुग भएमा मलाई खबर गर्नु र घरको सबै काम सम्पन्न गर्नु भनेर श्रीमतिलाई सबै जिम्मेवारी सुम्पेको थिए ।

उसले अर्को बोतल बियर थप्यो । मैले जुस थपे । तर कुरा गर्दै जाँदा ऊ आफ्नो जिन्दगी बाट सन्तुष्ट थिएन् भन्ने कुरा उसको मनस्थितिले इँगित गरेझै लाग्थ्यो मलाई । पाँच बर्ष दुबईमा बसेर घर आए । घर आउँदा चार कोठाको घर बनाएर रङ्गरोगन गरी घरमा सरीसकेका रहेछन् । सानै भएपनि नेपालगन्जमा एउटा वास बनाउन पाएकोमा खुसी लाग्यो । छोराछोरी दुबै खुसी थिए । मलाई आफ्नो श्रीमति देखेर गर्भ लाग्यो । सबै काम हेर्दा म सन्तुष्ट थिए उसले भन्यो । तर छोराको ताल भने अलि ठिक लागेन मलाई । सुद्धी हराएको जस्तो सुस्त मनस्थितिको लाग्यो मलाई । कतै नसापान त गर्दैन् भनेर सोधे श्रीमतिलाई उसले केही पनि थाहा नभएको बताई । हामी ता प्रहरीमा जागिर खाएका मान्छे । यसो हर्कत हेर्दा पनि यो मानिस योत्तिको छ भन्ने सम्मको ज्ञान हुन्थ्यो । एक साँझ खाना खाएर सुत्ने बेलामा श्रीमतिलाई मैले भने छोराछोरी दुबै ठिक छन् । पढाई अरु आनीबानी , साथीसंगत कस्ता छन् भन्दा हाम्रा छोराछोरी देउताका गाई हुन । नियमित पढन जान्छन् समयमा घर आउँछन । कुनै कुलतमा फस्ने गरेका छैनन् भनेपछि म ढुक्क भए । केही दनिको बसाई पछि म फेरी दुबई फर्के ।

दुबैमा उही पहिलेकै मालिकको घरमा डयूटी थियो । म नहुँदा अर्को साथी थियो । उसलाई मालिकले कम्पनीमा लगेर गयो । म त्यही बस्न थाले । म दुबै गएको एक बर्षपछि नेपालबाट एउटा नचिनेको नम्बरबाट फोन गयो । तँ त्यहाँ मरीमरी काम गर्छस यहाँ तेरी श्रीमतिको चालामाला ठिक छैन भनेर फोन राखी दियो । कसैले रिसले होला घर बनाएको देखेर हो भन्ने कुरा बुझे मैले । म ज्यानको बाजी लगाएर छोराछोरीको लागि मरेर काम गर्दैछु । मलाई अलि चिन्ता पनि लाग्न थाल्यो । श्रमितिलाई छोडेर आएको छु । श्रीमति मैले मात्र छोडेको होइन् । छोराछोरीको पेट पाल्न लाखौँले श्रीमति छोराछोरी छोडेर बिदेसिएका छन् । तर पनि मनमा कुरा खेल्न थाल्यो । निद्रा लाग्नै छाड्यो । उता मालिक्निको दास बनेकै थिए । अतिरिक्त कमाई भएकै थियो । एक दिन छोरी हराई भनेर श्रीमतिले फोनमा खबर गरी । बढेकी छोरी कोही केटासंग गएको हो वा कसैले अपहरण गरेको हो ? श्रीमतिलाई जिल्ला प्रहरी कार्यालयमा गएर हुलिया जाहेरी दिन लगाए । छोरीको अत्तोपत्तो केही खबर भएन ।

एक महिना पछि हाम्रा घरमा मिस्त्री काम गर्ने दाइसंग दिल्लीमा आएकी छु मलाई खोज्न प्रदैन, भनेर आमालाई फोन गरिछ छोरीले । मलाई त्यसपछि मेरो जिन्दगी देखि सारै बिरक्त लाग्न थाल्यो । छोरी आज कहाँ छे , के गर्दै छे ,उसको कुनै अत्तोपत्तो छैन । उसले मुख बिर्गान लाग्यो । उसका सबै बिरक्त कुरा सुन्दा मलाई पनि नरमाइलो लाग्यो । आफ्नो स्टाप आफुसंगै बसेको भाइ । उसको सबै कुरा राम्रो भएको देख्न सुन्न चहान्थे म । प्रहरीमा हुँदा पनि ऊ मदिरा खान्थ्यो । तर लुकेर आफ्नो डयूटी नभएको समयमा मात्र । कसलाई यो दुःखको भारी बिसाउँदा आफ्नो बोझ अलि हलुका होला भनेर धेरै दिन देखी सोचेको थिएँ । तर आज हजुरलाई भेटे सर मेरो मन हल्का भएको छ ।

दुवईबाट घर आउन निकै प्रयत्न गरे तर बिदा पाइन । गएको दुई बर्ष नभई बिदा नमिल्ने । यता छोरीको पिरले श्रीमति डाको छोडेर रुन्छे । घरमा हुने आमाले केटाकेटीको ख्याल गर्नु पर्न हो तर भएन । जेनतेन दुई बर्षमा बिदा आए । घर व्यवहार लथालिङ्ग भएको देखेर एक मन बिदेश नजाउँ जस्तो पनि लाग्यो । तर यहाँ रोजगारी केही थिएन । छोरो पक्का नसडी भएछ । दिउसै लठ्ठ भएर बसेको हुन्थ्यो । पढाई छोडेर आवारा केटाहरुसंग मात्र हिड्थ्यो । भोक लागे पनि घरमा नआउने गथ्र्यो । छोराछोरी श्रीमति भनेर जीवनभर दुःख गरे । तर मैले दुःख गरे जस्तो भएन । आफैलाई धिक्कार्छु कहिलेकाँही , न मर्नु न बाच्नु जस्तो अवस्था भयो मेरो । घरको चाला देखेर भित्र भित्रै मन बिथोलिन्थ्यो । घरको मुली ब्यक्ति आफै भएकोले म हरेक कुरामा असफल भए । छोराछोरी श्रीमतिको लागि भनेर दुःख गरे । तर मैले दुःख गरेको देखिएन ।

यो सबै देखेर मेरो मन बिरक्त भयो । यहाँ बसेर झोक्रउनु भन्दा फेरि उडे दुबई । दुवई पुगेपछि भरसक कम्पनीमै बस्ने इच्छा थियो तर मालिकले मानेन । तलाई वहीँ घरमै ठिक छ भनेर घर लगेर छोड्यो । दुबई गएको पाँच महिना पछि घरकी मालिक्नि बिरामी भएर अस्पताल लगेर अप्रेशन गर्दा निको हुन लामो समय लाग्यो । कहिलो ठुली छोरी कहिलो कान्छी छोरी अस्पतालमा कुरेर बस्थे । घरमा ठुली छोरी मात्र भएको समयमा एक राती एघार बजे मेरो ढोका ढक ढक ग–यो । मैले सोचे बिरामी आमालाई लिएर आए भनेर ढोका खोले । ठुली छोरीले हातमा चक्कु लिएर मलाई तर्साउन थाली । मेरो आमासंग तेरो के सम्बन्ध छ ? सहीसही बता, नत्र यहीँ चक्कुले हान्छु , भन्दै चक्कु घुमाउन थाली । म सारै समस्यामा फस्दै गए । लाचार भएर दुबै हात जोडेर सबै सत्य कुरा बताए । उसले मलाई माथी आफ्नो कोठामा लिएर गई । आफुले भने अनुशार नगरे ज्यान मार्ने धम्की दिन थाली । म उसको पनि घर पालुवा दासी भए । यसरी कहिले आमा कहिले छोरीले मलाई बिदेशमा दास बनाएर छाडे । यता मेरो घर भने नराम्रोसंग बर्बाद भयो ।

रमेशका कुरा सुनेर म ता चकित भए । अझ के के सुन्न पर्ने हो ? उठेर जान पनि मनले मानेन । हिजो दुःखमा मलाई पनि सहयोग गरेको मेरो सिपाही । उसको घरको यो दुर अवश्था सुनेर नरमाइलो लाग्यो । मैले गर्न सक्ने केही थिएन सुन्नु बाहेक । भारतको बाबागन्जको एक जना मधिसेले महिलाहरुले प्रयोग गर्ने चुरा, टिका, नङपालिस रिवन , डोरी र बिभिन्न प्रकारका ब्रा र पेन्टीहरु लगायतका अन्य सामान ठेलामा राखेर हाम्रो घर तर्फ पनि बेच्न ल्याउदो रहेछ । मेरी श्रीमतिले तिनै सामान किन्ने र ऊसंग गफ गरेको पनि अरुले देख्दारहेछन् । त्यो ठेला वाला सधै आउने र धेरै समय सम्म मेरो घरको बगलमा ठेला रोकेर पानी खाने र सितलमा बस्ने गरेर समय कटाउन थालेछ । कहिलेकाँही मेरी श्रीमतिले चिया बनाएर त्यसलाई दिएको पनि छिमेकीले देखेछन् । एक जना छिमेकी भाइले मलाई फोन गरेर भाउँजुको छाटकाँट राम्रो छैन । बरु बिदा मिल्छ भने तपाई तुरुन्त घर आउन प–यो दाइ भनेर फोन ग–यो । श्रमितिलाई फोन गरेर बुभ्mदा तपाईलाई कसले नभको कुरा लगाउछ , हिजोआज भनेर ऊ झर्कन्छे ।

आफ्नी श्रीमतिका कुरा सुन्नु कि ? छिमेकीका कुरा म ता हैरान भए । त्यसको एक बर्षपछि श्रीमति उहीँ बाबागन्जको ठेलावालसंग हिडिछ उसले भन्यो । ठेलावालसंग भनेर म जोडसंग बोलेछु । मलाई त्यो कुरा पत्यार लाग्ने खालको नै थिएन । हो सर उसले भन्यो । रमेशसंग एक शब्द बोल्ने आँट गरीन मैले । घर जग्गा उसैको नाममा थियो । छोरो अहिले मरे बाचेको केही खबर छैन । छोरीको कुनै अत्तोपत्तो छैन । श्रीमति पनि मलाई एक्लो बनाएर हिडी । म सबै कोणबाट बर्बाद भए । म समाजमा मुख देखाउन लाएकको भइन् । म अव बौलाउन मात्र बाँकी छ । मेरो दुनयिामा अव केही रहेन । म के हेरेर बस्ने ? मैले बाचेर पनि अव के नै गर्नु छ र ? बाच्नु पनि के का लागि ? र कस्का लागि ? भन्दै ऊ ड्वा ड्वा डाको छोडेर रोयो । मेरा पनि आँशु खसे । मैले आँशु खसाएर उसलाई साथ दिनु बाहेक मसंग पनि अरु के नै उपाय थियो र ? ऊ भन्दै थियो , तपाईसंग संगै बसेर जागिर खाने एउटा इमान्दार दःुखी सिपाहीको कहानी हो सर यो । न घर को बने, न घाटको बने । श्रीमतिको अहिले सम्म केही पत्ता लागेन । मेरो दुःखी जिन्दगीले मलाई कठोर सजाय दिई रह्यो । रमेशले अगाडि भन्दै गयो । जिन्दगीले यसरी तड्पाई तड्पाई मार्नु भन्दा बरु हिजो द्वन्द कालमा बिद्रोहीको एम्बुसमा परेर मर्न पाएको भए कमसेकम प्रहरी फोर्सले बर्षको एक पटक ता सम्झना गर्दो हो ?  छुट्टिने बेलामा सम्पर्क नम्बर दिएको पनि धेरै बर्ष भयो । तर ऊसंग भेट भएन । रमेश के तिमी सन्चै त छौँ ?

 

प्रकाशित मितिः शनिबार, जेष्ठ ३१, २०७७     7:27:27 AM  |