26 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

ग्यास्ट्रिक भएकाले ध्यान दिऊँ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, चैत्र १९, २०७६  

कागती पानी खाने पेटमा धेरै ग्यास भएको अवस्थामा कागती पानी पिउने । यसले ग्यास हटाउने काम गर्छ र पेट फुल्न दिँदैन । खाली पेटमा कागती पानी खानाले पेटमा ग्यास कम हुन्छ ।

कार्बोहाइड्रेट कम खाने

पेटमा ग्यास जमेर पचाउन गाह्रो पर्ने भएकाले बियर, वाइन, मकै, सिमी, बन्दा, प्याजजस्ता खानेकुराबाट टाढै बस्नु उपयुक्त हुन्छ ।

दूध नखाने

ग्यास्ट्रिक भएकालाई दूधले फाइदा गर्दैन । पचाउन गाह्रो पर्ने भएकाले दूध नखानु नै बेस हुन्छ । यसको सट्टा दही खानु राम्रो हुन्छ ।

पानी प्रशस्त खाने

लगातार पानी खाँदा पेटमा ग्यास जम्मा हुन पाउँदैन र जीउमा समेत पानीको सन्तुलन कायम रहन्छ । तर, पानीको सट्टा कोक, फ्यान्टाजस्ता कोल्ड ड्रि«ंक खानु हुँदैन । यिनले पेटमा ग्यास बढाउँछन् ।

लसुन खाने

बिहान उठ्नासाथ दुई–तीन पोटी लसुन पानीसँग निल्ने हो भने ग्यास्ट्रिक भएकालाई फाइदा गर्छ । उच्च रक्तचाप भएकालाई समेत यसले फाइदा गर्छ ।

खाना समयमा खाने
ग्यास्ट्रिक भएकाले सकेसम्म प्रत्येक दुई घण्टाको फरकमा केही खाने गर्नुपर्छ । लामो समय केही नखाँदा पेटमा हावा भरिएर समस्या उत्पन्न हुन्छ ।

प्रकाशित मितिः बुधबार, चैत्र १९, २०७६     8:55:00 AM  |