24 April 2024  |   बिहिबार, बैशाख १३, २०८१

प्रदेश नं. ७

निजी लगानीका अस्पताल खुल्ने क्रम बढ्दै

निजी लगानीका अस्पताल खुल्ने क्रम बढ्दै

    प्रकाशित मितिः मङ्लबार, कार्तिक ६, २०७५       |
कैलाली/  सुदूरपश्चिम प्रदेशको प्रमुख शहर धनगढीमा पछिल्लो समय निजी लगानीमा अत्याधुनिक सेवा सुविधासहितका अस्पताल खुल्ने क्रम बढ्दै गएको छ । धनगढी उपमहानगरपालिका–३ चटकपुरमा अघिल्लो महीनादेखि रु १० करोड बढीको लगानीमा २५ श्ययाको सुविधायुक्त ‘माया मेट्रो’ अस्पताल सञ्चालनमा आएको छ । अस्पतालमा २४ घण्टा आकस्मिक तथा ट्रमा सेवा, बहिरङ्ग तथा अन्तरङ्ग सेवा, अत्याधुनिक प्रयोगशाला, अत्याधुनिक डिजिटल भिडियो एक्स
भारतबाट नेपालतर्फ फर्किंदै गरेका नेपाली भारतीय एसएसबीबाट मरणसन्न हुनेगरी कुटिए !

भारतबाट नेपालतर्फ फर्किंदै गरेका नेपाली भारतीय एसएसबीबाट मरणसन्न हुनेगरी कुटिए !

    प्रकाशित मितिः मङ्लबार, कार्तिक ६, २०७५       |
दार्चुला/  सीमा पुल तरेर भारतबाट नेपालतर्फ फर्किंदै गरेका नेपाली भारतीय सीमा सुरक्षा बल (एसएसबी)बाट कुटिएका छन् । दार्चुलाको सदरमुकाम खलंगास्थित नेपाल भारत जोड्ने पुलबाट घर फर्किंदै गरेका महाकाली नगरपालिका–१, छापरीका ५२ वर्षीय नन्दनराम लुहार बुधबार एसएसबीबाट कुटिएका हुन् । उनको आँखामा चोट लागेको छ । नेपाल प्रहरीका डीएसपी नवराज अधिकारीले एसएसबीको कुटाइबाट लुहारको आँखामा चोट लागेको र उनको अहिले द
पसलमा आगलागी, ८० लाख मूल्य बराबरको क्षति

पसलमा आगलागी, ८० लाख मूल्य बराबरको क्षति

    प्रकाशित मितिः मङ्लबार, कार्तिक ६, २०७५       |
धनगढी/   धनगढीको उपमहानगरपालिका–२ ट्राफिक चौराहामा रहेको गणेश लक्ष्मी इन्टरप्राइजेजमा सोमबार अपराह्न भएको आगलागीबाट करीब रु ८० लाख मूल्यबराबरको व्यापारिक मालसामान नष्ट भएको छ । दुईतल्ले भवनमा रहेको उक्त पसलमा बिजुलीको लाइन चुहावट भएर यो आगलागी भएको हो । आगो लागेको झण्डै एक घण्टापछि धनगढी उपमहानगरपालिकाको दमकलको सहायतामा प्रहरीले आगो नियन्त्रणमा लिएको हो । आगलागीबाट प्रेमप्रसाद गौतमको पसलमा र
सामुदायिक वनको कमाइ सामाजिक कार्यमा

सामुदायिक वनको कमाइ सामाजिक कार्यमा

    प्रकाशित मितिः सोमवार, कार्तिक ५, २०७५       |
राजेन्द्रप्रसाद पनेरु : कञ्चनपुर/  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ कालापानीमा रहेको वातावरण मध्यवर्ती सामुदायिक वनले आम्दानी भएको रकम सामाजिक क्षेत्रमा खर्च गर्दै आएको छ । सामुदायिक वनले काठ, दाउरा, ढुङ्गा, ग्राभेल, बाँस बिक्री गरेर आउने रकम खर्चेर सामाजिक क्षेत्रमा लगानी गर्न थालेको हो । सामुदायिक वनले आम्दानीको रकम सडकमा ग्राभेल राख्न, मन्दिर निर्माण गर्न, विद्यालयको भौतिक पूर्वाधार विकास
आज विजया दशमी हर्षोल्लासपूर्वक मनाईदै

आज विजया दशमी हर्षोल्लासपूर्वक मनाईदै

    प्रकाशित मितिः शुक्रबार, कार्तिक २, २०७५       |
कोहलपुर २ कार्तिक आज / यो वर्षको हिन्दूहरुको महान चाड विजया दशमीको दिन टिका ग्रहण गरी हर्षोल्लासपूर्वक मनाइदै छ । आ–आफ्ना मान्यजनबाट टिका, जमरा ग्रहण गरी आशीर्वाद लिने र दही, चिउरा, मासु खाएर आज यो पर्व धुमधामसँग मनाइदै छ । असत्यमाथि सत्य र दानवीय शक्तिमाथि दैवी शक्तिको विजयको रुपमा हिन्दू धार्मावलम्बीहरुले पौराणिक कालदेखि विजया दशमी मनाउने प्रचलन रहि आएको छ । यो अवसरमा विजयको प्रतीक रातो टिका
सानीमाले गर्यो वित्तिय साक्षरता कार्यक्रम

सानीमाले गर्यो वित्तिय साक्षरता कार्यक्रम

    प्रकाशित मितिः शनिबार, भदौ ९, २०७५       |
बाजुरा/  बाजुराको हिमाली गाउँपालिकाको सबैभन्दा धेरै घरधुरी भएको वडा नम्बर ६ धिममा मंगलबार वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरिएको छ । सानीमा बैंक हिमाली शाखाको आयोजनामा सो वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा बोल्दै सानीमा बैंक हिमाली शाखाका शाखा प्रबन्धक मछिन्द्र कुमार भण्डारीले यस बैंकले हिमाली शाखा मार्फत सम्पूर्ण अत्याधुनिक बंैकिङ्ग सेवा सुविधा उपलब्ध गराउने बताउँदै
भन्सार कार्यालयका कर्मचारी १० हजार घुससहित पक्राउ

भन्सार कार्यालयका कर्मचारी १० हजार घुससहित पक्राउ

    प्रकाशित मितिः मङ्लबार, साउन २९, २०७५       |
कञ्चनपुर/   सेवाग्राहीबाट घुस लिइरहेको अवस्थामा अख्तियारले गड्डाचौकी भन्सार कार्यालयका कर्मचारीलाई नगदसहित नियन्त्रणमा लिएकोे छ । भारतबाट सामान ल्याउदै गरेका सेवाग्राहीबाट घुस लिँदै गरेको अवस्थामा अख्तियारले गड्डाचौकी भन्सार कार्यालयका नायव सुब्बा रामप्रसाद भट्टराईलाई नगद १० हजार रुपैयाँसहित नियन्त्रणमा लिएको हो । विशेष सुराकीको आधारमा भट्टराईलाई घुस लिइरहेको अवस्थामा नगद १० हजारसहित निय
गाई करणीको आरोपमा एक जना पक्राउ

गाई करणीको आरोपमा एक जना पक्राउ

    प्रकाशित मितिः बिहिबार, साउन २४, २०७५       |
कैलाली/  कैलालीको लम्कीचुहा नगरपालिका २ मोतिपुरमा गोठमा बाँधेको गाईलाई करणीको प्रयास गरेको आरोपमा एक जना पक्राउ परेका छन् । लगातार करिब ६÷७ महिनादेखि गोठमा गाई असहज भएको, गोठको बस्तुस्थितिमा शङ्का लागेपछि लम्कीचुहा नगरपालिका वडा नम्बर २ का गाईमालिक पदमबहादुर बुढा सत्य कुरा पत्ता लगाउन गएराति गोठमा लुकेर बसेका थिए । राति करिब २ बजेको समयमा गोठ भित्र पसेर गाइका खुट्टा बाँधी करणीको प्रयास गर्दा क
बैतडीमा अभिभावक नभएका बालबालिकालाई २ हजार रुपैयाँ भत्ता

बैतडीमा अभिभावक नभएका बालबालिकालाई २ हजार रुपैयाँ भत्ता

    प्रकाशित मितिः बिहिबार, साउन २४, २०७५       |
बैतडी/  बैतडीको दोगडाकेदार गाउपालिकाले गाउपलिकाले अभिभावकविहीन बालबालिकाका लागि मासिक २ हजार रुपैयाँ भत्ता दिने भएको छ । गाउँपालिकाको सबै वडाका अध्यक्षहरु अभिभावक नभएका बालबालिकाको तथ्याङ्क सङ्कलनका लागि जुटेका छन् ।  १८ वर्ष मुनिका आमाबुबा गुमाएका बालबालिकालाई भत्ता दिनको लागि तथ्याङ्क सङ्कलन गर्न थालिएको हो । बालबालिकाले आमाबुबा गुमाएको महसुस नगरुन् र उनीहरुको पढाइमा कुनै किसमको पनि समस्या
कैलालीमा प्रेमीसँग मिलेर पतिको हत्या

कैलालीमा प्रेमीसँग मिलेर पतिको हत्या

    प्रकाशित मितिः बुधबार, साउन ९, २०७५       |
कैलाली/ कैलालीको भजनी नगरपालिका–९ भुरुवाकी एक महिलाले प्रेमीसँग मिलेर पतिको हत्या गरेकी छन् । ईलाका प्रहरी कार्यालयले भजनीले दिएको जानकारी अनुसार पत्नी निर्मला राजीले प्रेमी दिलिप राजीसँग मिलेर पति नन्दु राजीको हत्या गरेको अनुसन्धानका क्रममा खुलेको जनाएको छ । प्रारम्भिक अनुसन्धानले प्रेमी दिलिप राजीसँग मिलेर पति नन्दु राजीको हत्या गरेको इलाका प्रहरी कार्यालय भजनीका ईन्चार्ज प्रहरी निरिक्षक र
कञ्चपुरमा ६ दिनअघि हराएकी युवती मृत फेला

कञ्चपुरमा ६ दिनअघि हराएकी युवती मृत फेला

    प्रकाशित मितिः सोमवार, असार ३२, २०७५       |
कञ्चनपुर,३२ असार/  गत असार २६ गतेदेखि घरबाट बेपत्ता भएकी एक युवतीको शव भेटिएको छ । कृष्णपुर नगरपालिका–८, आमखैयाकी १७ वर्षीय कविता विष्टको शव पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रहेको लालझाडी जंगलस्थित खोलामा फालेको अवस्थामा भेटिएको हो । उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय कंचनपुरका प्रबत्ता प्रहरी नायब उपरिक्षक (डिएसपी) ज्ञानबहादुर सेठीले जानकारी दिए । उनले हत्याको आरोपमा सोही ठाउँका मदन गिरील
खोलामा डुबेर दुई जनाको मृत्यु

खोलामा डुबेर दुई जनाको मृत्यु

    प्रकाशित मितिः बुधबार, असार २०, २०७५       |
कैलाली/  कैलालीको गौरीगंगा नगरपालिकामा खोलामा नुहाउने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ । गौरीगंगा नगरपालिका वडा नम्बर ११ शिवपुरको स्थानीय खोलामा नुहाउने क्रममा मंगलबार साँझ दुई बालकको मृत्यु भएको हो । मृत्यु हुनेमा शिवपुरका हर्क भुलका ८ वर्षका छोरा सचिन भुल र बाधुराम चौधरीका १२ वर्षका छोरा अमन चौधरी छन् । स्थानीय कटैनी खोलामा साथीहरुसँग नुहाउन गएका उनीहरुको डुबेर मृत्यु भएको स्थानीयले बत