21 January 2022  |   शुक्रबार, माघ ७, २०७८

प्रदेश नं. ७

रहेनन् पत्रकार तथा युवा लेखक एलबी विश्वकर्मा

रहेनन् पत्रकार तथा युवा लेखक एलबी विश्वकर्मा

    प्रकाशित मितिः बिहिबार, माघ ६, २०७८       |
कोहलपुर । पत्रकार तथा युवा लेखक एलबी विश्वकर्माको मृत्यु भएको छ । बुधबार राती ३ बजे अचानक मुटुमा समस्या देखिएर उपचारका लागि पाटन अस्पताल लैजाँदा डाक्टरले उनलाई मृत घोषणा गरेका उनका भाइ ललित टमाटाले जानकारी दिए । ‘राति अचाजनक गाह्रो भएर पाटन अस्पताल लिएका थियौँ,’ टमाटाले अस्पतालबाट टेलिफोनमा भने, ‘डाक्टरले मृत घोषणा गरिदिए । कसरी मृत्यु भयो भनेर डाक्टरले पनि स्पष्ट भन्‍नु भएको छैन ।
बाँके प्रहरीले अपहरणमुक्त गरेको भनिएका शिक्षक नै हत्यामा संग्लन

बाँके प्रहरीले अपहरणमुक्त गरेको भनिएका शिक्षक नै हत्यामा संग्लन

    प्रकाशित मितिः बिहिबार, पुस २९, २०७८       |
कोहलपुर । आफू अपहरणमा परेको दाबी गरेका बैतडीका एक जना शिक्षक स्थानीयको हत्या गरी भागेको खुलेको छ। बैतडी सुर्नया गाउँपालिका–६ का डम्मर अवस्थीलाई ढुंगाले हानेर हत्या गरेपछि भाग्नका लागि २३ वर्षीय शिक्षक हरिश अवस्थीले आफू अपहरणमा परेको नाटक गरेको प्रहरीसमक्ष बताएका छन्। प्रारम्भिक अनुसन्धानबाट उनले नै डम्मरको हत्या गरेको र ओडारमा गाडेको भनेपछि प्रहरीले खनेर शव सडेको अवस्थामा फेला पारेको छ। ड
बलात्कारको घटना मिलाउने जनप्रतिनिधि पक्राउ

बलात्कारको घटना मिलाउने जनप्रतिनिधि पक्राउ

    प्रकाशित मितिः बुधबार, पुस २८, २०७८       |
कैलाली । जर्बजस्ती करणीको घटना मिलापत्र गराउने पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । घोडाघोडी नगरपालिका–४ जनकपुरबाट वडा सदस्यसहित पाँचजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिएसपी बेदप्रकाश जोशीले जानकारी दिए । घोडाघोडी नगरपालिका–४ का पूर्व वडा सचिव यज्ञराज आचार्य, सोही वडाका वडा सदस्य लक्ष्मी रुद्र न्यौपाने, शिक्षक होमप्रसाद सुवेदी, स्थानीय व्याप
पर्यटन मन्त्री आले चढेको गाडी दुर्घटना

पर्यटन मन्त्री आले चढेको गाडी दुर्घटना

    प्रकाशित मितिः मङ्लबार, पुस २७, २०७८       |
कैलाली । कैलालीको गेटामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले चढेको गाडी दुर्घटनामा परेको छ महेन्द्रनगरमा हुन लागेको एक कार्यक्रमका लागि धनगढी बिमानस्थलबाट जान लागेका मन्त्री आले चढेको गाडी दुर्घटनामा परेको हो। मन्त्री आले चढेको सुप प्रदेश ०१ ०० १ झ ३३३ गाडिलाइ बा ४ च १३७७ नम्बरको गाडिले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी विश्व अधिकारीले पुष्टि गरेका छन्। धन
सुदूरपश्चिम प्रादेशिक महोत्सव स्थगित

सुदूरपश्चिम प्रादेशिक महोत्सव स्थगित

    प्रकाशित मितिः मङ्लबार, पुस २७, २०७८       |
कैलाली । अत्तरिया उद्योग वाणिज्य सङ्घले यही पुस २७ गतेदेखि माघ ९ गतेसम्म कैलालीको अत्तरियामा आयोजना गर्न लागेको ‘सुदूरपश्चिम प्रादेशिक महोत्सव’ स्थगित गरिएको छ । उद्योग वाणिज्य सङ्घले सोमबार विज्ञप्ति जारी गर्दै कोरोनाको सङ्क्रमण बढ्दै गएकाले महोत्सव स्थगित गरिएको जनाएको छ । कोभिड-१९ तीव्र रुपमा फैलिन गएकाले महोत्सव स्थगित गरिएको सङ्घका अध्यक्ष अशोकराज देवकोटाद्वारा जारी विज्ञप्तिमा उल्ल
खप्तडमा बढ्दै पर्यटक

खप्तडमा बढ्दै पर्यटक

    प्रकाशित मितिः शनिबार, पुस १७, २०७८       |
डोटी । सुदूरपश्चिम प्रदेशको प्रसिद्ध तथा प्रमुख पर्यटकीयस्थल खप्तड राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटक बढ्न थालेका छन् । खप्तडमा दैनिक सयौँको संख्यामा पर्यटक आउन थालेको खप्तड पर्यटन विकास समितिले जनाएको छ । जिल्लामा कोरोना संक्रमण दर झन्डै शून्यमा पुगेसँगै यहाँ पर्यटक आउनेक्रम बढेको हो । अहिले खप्तडका विभिन्न क्षेत्र हराभरा हुनुका साथै, तालसमेत भरिभराउ भएकाले पर्यटक आकर्षित हुन थाले
सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात : सडक अवरुद्ध

सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात : सडक अवरुद्ध

    प्रकाशित मितिः बुधबार, पुस १४, २०७८       |
सुदूरपश्चिमका पहाडी जिल्लामा मंगलबार रातिदेखि हिमपात भएको छ । हिमपातका कारण त्यहाँका सडक अवरुद्ध भएका छन् । सुदूरपश्चिमका पहाडी सात जिल्ला जोड्ने भीमदत्त राजमार्ग र बझाङको जयपृथ्वी राजमार्ग अवरुद्ध भएसँगै तराई पहाडका लागि गुडेका गाडीहरु बाटोमै रोकिएका छन् । सडक क्षेत्रको हिउँ पन्छाउन डोजर लगाइएको छ । जिल्ला प्रहरीको टोली पनि त्यसतर्फ गएको छ । डडेल्धुरा, बैतडी, बझाङ, डोटी, बाजुरा र दार्चुल
रुखमा बाँधेर घाँटी रेटेर हत्या गरिएका दासको शव आफन्तले बुझे

रुखमा बाँधेर घाँटी रेटेर हत्या गरिएका दासको शव आफन्तले बुझे

    प्रकाशित मितिः सोमवार, पुस १२, २०७८       |
कैलाली यहि ३ पुसमा हत्या गरिएको अवस्थामा मृत फेला परेका कैलालीका अरुण दासको शव आफन्तले बुझेका छन्। यसअघि हत्यामा संलग्नलाई पक्राउ गरेर यथाशीघ्र सार्वजनिक गर्नुपर्ने माग गर्दै आफन्तले शव उठाउन अस्वीकार गरेका थिए। सोमबार मृतकका आफन्तहरुले राखेका माग सम्बोधन गर्ने सहमतिपछि हत्या भएको १० दिनपश्चात शव बुझेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए। हत्यामा सं
अर्जुन दास क्रुर हत्या: स्थानीयले उठाउन दिएनन् शव

अर्जुन दास क्रुर हत्या: स्थानीयले उठाउन दिएनन् शव

    प्रकाशित मितिः सोमवार, पुस ५, २०७८       |
कैलाली कैलालीको जानकी गाउँपालिका–९ का अर्जुन दासको हत्यामा संलग्नलाई पक्राउ गरेर यथाशीघ्र सार्वजनिक गर्नुुपर्ने माग गर्दै स्थानीय वासिन्दाले शव उठाउन अस्वीकार गरेका छन् । दासको हत्यामा संलग्नहरुको पहिचान भइसकेको तर प्रहरीले पक्राउ गर्न आनाकानी गरेको आरोप लगाउँदै घटनास्थल अमरावती सामुदायिक वनमा भेला भएका स्थानीयले शव उठाउन नदिएका हुन् । प्रहरीले घटनाको अनुसन्धान भइरहेकाले परीक्षणका लागि अस
रुखमा बाँधेर नग्न बनाई २५ वर्षीय युवकको टाउको छिनालेर क्रुर हत्या, अडियो समेत भेटियो

रुखमा बाँधेर नग्न बनाई २५ वर्षीय युवकको टाउको छिनालेर क्रुर हत्या, अडियो समेत भेटियो

    प्रकाशित मितिः आइतवार, पुस ४, २०७८       |
कैलाली। कैलाली टिकापुरका २३ वर्षीय भुपेन्द्र बडुवालको हत्या प्रकरण सेलाउन नपाउँदै अर्को विभित्स हत्या भएको छ । कैलालीको जानकी गाउँपालिका(९ का २५ वर्षीय अरुण दासको घाँटी रेटेर टाउको छिनालेर विभत्स हत्या भएको हो । प्रहरीका अनुसार सोही वडाको अमरावती सामुदायिक वनमा नग्न बनाई टाउको अलग पारिएको अवस्थामा दासको शव हिजो फेला परेको थियो । प्रहरीका अनुसार दास साथीसँग जाने भन्दै घरबाट निस्किएका थि
कैलालीमा अवैध रुपमा प्रवेश गर्ने दुई भारतीय प्रहरी पक्राउ

कैलालीमा अवैध रुपमा प्रवेश गर्ने दुई भारतीय प्रहरी पक्राउ

    प्रकाशित मितिः शुक्रबार, मंसिर २४, २०७८       |
कैलाली । कैलालीमा अवैध रुपमा प्रवेश गरेका दुई जना भारतीय प्रहरी पक्राउ परेका छन् । खक्रौला नाकाबाट भारतीय HR31P8779 नम्बरको गाडीमा टीकापुर प्रवेश गरेका हरियाणामा कार्यरत दुई जना प्रहरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) प्रकाश सापकोटाले भारतीय प्रहरी हवलदार सुनिल कुमार र प्रहरी जवान सतेन्द्र कुमारलाई पक्राउ गरिएको जानक
सुदूरपश्चिममा हुलाकी सडक निमार्ण सुस्त

सुदूरपश्चिममा हुलाकी सडक निमार्ण सुस्त

    प्रकाशित मितिः बुधबार, कार्तिक २४, २०७८       |
महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा साढे चार वर्ष अघिदेखि विभिन्न प्याकेजमा हुलाकी सडक निर्माण भइरहेको भए पनि कामले गति भने लिन सकेको छैन् । कञ्चनपुरमा पूर्वी डोकेबजारदेखि यहाँको दक्षिण क्षेत्र हँुदै बेदकोट नगरपालिकाको दैजीसम्म निर्माण हुने ६२ किलोमिटर हुलाकी सडकको निर्माणको म्याद चार पटक थपिँदा मुस्किलले ५० प्रतिशत काम सम्पन्न भएको छ । विसं २०७३ फागुनमा रु एक अर्ब २० करोड