20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

प्रदेश नं. ५

यसै वर्षभित्र ९० प्रतिशत घरमा विद्युत् पुग्ने

यसै वर्षभित्र ९० प्रतिशत घरमा विद्युत् पुग्ने

    प्रकाशित मितिः आइतवार, कार्तिक १६, २०७७       |
रुकुम पश्चिम । चालू आर्थिक वर्षभित्रै रुकुम पश्चिमका ९० प्रतिशत घरधुरीमा विद्युत् पुग्ने भएको छ । चालू आर्थिक वर्षभित्रै जिल्लाका अधिकांश घरधुरीमा विद्युत् विस्तार गर्ने योजना बनाइएको हो । नेपाल विद्युत् प्राधिकरण रुकुम वितरण केन्द्रले केन्द्रीय लाइनको विद्युत विस्तार गर्ने योजना बनाएको बताइएको छ । हाल जिल्लामा विद्युत् विस्तारको काम तीव्र गतिमा भइरहेको र यस आर्थिक वर्ष भित्रै जिल्लाका अध
वन्यजन्तुका लागि धराप बन्दै सडक, ३ वर्षमा ९० वन्यजन्तु मरे

वन्यजन्तुका लागि धराप बन्दै सडक, ३ वर्षमा ९० वन्यजन्तु मरे

    प्रकाशित मितिः आइतवार, कार्तिक १६, २०७७       |
सुदीप अधिकारी । बर्दिया । पछिल्लो ३ वर्षको अवधीमा बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने पूर्वपश्चिम राजमार्गमा सवारीसाधनको ठक्करबाट ९० वटा वन्यजन्तु मरेको पाइएको छ । जसमा गत आर्थिक वर्ष २०७६/०७७ मा सबै भन्दा बढी वन्यजन्तु राजमार्ग दुर्घटनामा परि मरेका छन् । निकुञ्जको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७६/०७७ मा ३५ वटा वन्यजन्तु राजमार्ग दुर्घटनामा परेर मरेका छन् । यसैगरि आर्थिक वर्ष २०७
साढे ३ लाख बढी रकमसहित ५ जुवाडे पक्राउ

साढे ३ लाख बढी रकमसहित ५ जुवाडे पक्राउ

    प्रकाशित मितिः आइतवार, कार्तिक १६, २०७७       |
दाङको घोराहीवाट साढे ३ लाख रकमसहित ५ जुवाडे पक्राउ परेका छन्। उनीहरूको नाम र ठेगाना खुलेको छैन। घोराहीको मसिनाबाट गएराति ५ जुवाडे साढे ३ लाख बढी रकमसहित पक्राउ परेको एक प्रहरी अधिकारीले जानकारी दिए। ‘मध्य रातमा रकमसहित उनीहरूलाई नियन्त्रणमा लिइएको हो,’ एक प्रहरीले अधिकारीले भने ‘ उनीहरुलाई आजै सार्वजनिक गर्ने तयारी छ।’ पक्राउ पर्नेसँग प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ।
बाँकेमा कोरोना संक्रमित ३१ सय नाघे

बाँकेमा कोरोना संक्रमित ३१ सय नाघे

    प्रकाशित मितिः शुक्रबार, कार्तिक १४, २०७७       |
बाँकेका शुक्रबार कोरोना संक्रमितको संख्या ३ हजार १ सय नाघेको छ । स्वास्थ्य कार्यालय बाँकेका अनुसार शुक्रबार थप ३३ जनामा कोरोना पुष्टि भएपछि संक्रमितको कुल संख्या ३ हजार १ सय १० जना पुगेको छ । त्यसमध्ये २७ सय ८६ जना कोरोना जितेर घर फर्किसकेका छन् भने ३० जनाको संक्रमणका कारण मृत्यु भइसकेको छ ।
खुट्टा छिनाल्ने गरी आक्रमण गर्ने पवन चौधरी र अमृत चौधरी पक्राउ

खुट्टा छिनाल्ने गरी आक्रमण गर्ने पवन चौधरी र अमृत चौधरी पक्राउ

    प्रकाशित मितिः शुक्रबार, कार्तिक १४, २०७७       |
दाङ । तुलसीपर उपमहानगरपालिका ११ नवलपुर निवासी ४५ वर्षीय कुमार विकमाथि आक्रमण गर्ने २ जना युवक पक्राउ परेका छन्। घटना घटेको २ दिनभित्र आक्रमणकारी २ जना पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय तुलसीपुरमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी पक्राउ परेका २ जना युवक, उनीहरूले आक्रमण गर्दा प्रयोग गरेको हतियारसमेत सार्वजनिक गरिएको छ। तुलसीपुर उपमहानगरपालिका १६ उत्तर कुररीयाका २२ वर्षीय पवन चौ
पूर्वसभामुख महराको अस्वास्थ्य श्रीमतीलाई हेलिकप्टरबाट काठमाडौं लगियो

पूर्वसभामुख महराको अस्वास्थ्य श्रीमतीलाई हेलिकप्टरबाट काठमाडौं लगियो

    प्रकाशित मितिः शुक्रबार, कार्तिक १४, २०७७       |
दाङ । स्वास्थ्यमा समस्या देखिए पछि पूर्वसभामुख कृष्णबहादुर महराको श्रीमती सीतालाई हेलिकप्टरबाट काठमाडौं लगिएको छ। केही वर्ष पहिले छातिको अपरेसन गरेकी सीतालाई श्वासप्रश्वासमा समस्या देखिएपछि हेलिकप्टरबाट काठमाडौं पठाइएको हो । दाङ घोराहीमा रहेकी ५९ वर्षीया महरालाई निमोनिया र श्वासप्रश्वासमा समस्या देखिए पछि हेलिकोप्टरमार्फत् शुक्रबार बिहान ९ बजे उपचारका लागि काठमाडौं लगिएको छ । जिल्ला प्
आज ‘मोहम्मद डे’, इस्लाम धर्मावलम्बीले हर्षोल्लासपूर्वक मनाउँदै

आज ‘मोहम्मद डे’, इस्लाम धर्मावलम्बीले हर्षोल्लासपूर्वक मनाउँदै

    प्रकाशित मितिः शुक्रबार, कार्तिक १४, २०७७       |
नेपालगञ्ज । इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहे वस्सल्लमको आज जन्मदिन अर्थात् ‘मोहम्मद डे’ नेपाल लगायत विश्वभर मनाइँदै छ । ‘मोहम्मद डे’ को अवसरमा इस्लाम धर्मावलम्बीहरुले आज विभिन्न कार्यक्रम गरी हर्षोल्लासपूर्वक मनाउँदैछन् । आज इस्लाम धर्मावलम्बी बस्तीहरुमा हर्षोल्लास छाएको छ । ‘मोहम्मद डे’को लागि आज झिलीमिली, ध्वजा पताका लगाई बेलुन, दिपावली बत्तीसहित मुस्लिम धर्म
आज कोजाग्रत पूर्णिमा, दसैंको बिदाइ

आज कोजाग्रत पूर्णिमा, दसैंको बिदाइ

    प्रकाशित मितिः शुक्रबार, कार्तिक १४, २०७७       |
काठमाडौं । आज कोजाग्रत पूर्णिमा, दसैंको टीका प्रसाद लगाउने कार्य सम्पन्न गरिँदै छ । बिहानै दशैंघरका सम्पूर्ण फूलप्रसाद जमराको अवशेष नजिकको नदी, तलाउ, पोखरी आदि तीर्थस्थलमा लगेर विसर्जन गरिन्छ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै दुर्गापक्ष सकिन्छ । शास्त्रनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्था
यी हुन् २९ लाख ४८ हजारसहित पक्राउ गर्ने ‘हाइप्रोफाइल’ व्यापारी जुवाडे

यी हुन् २९ लाख ४८ हजारसहित पक्राउ गर्ने ‘हाइप्रोफाइल’ व्यापारी जुवाडे

    प्रकाशित मितिः बिहिबार, कार्तिक १३, २०७७       |
कोहलपुर । बाँकेको नेपालगञ्जबाट प्रहरीले करिब ३० लाख नगदसहित १० जना जुवाडे पक्राउ गरेको छ । बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओम रानाले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ बसपार्क क्षेत्रबाट २९ लाख ४८ हजार ७०० सय नगदसहित १० जना जुवाडेलाई पक्राउ गरिएको जानकारी दिए। पक्राउ परेका ब्यक्तिहरु नेपालगन्ज क्षेत्रका ‘हाइप्रोफाइल’ ब्यक्तिहरु रहेको बताइएको छ। यति ठूलो परिमाणको नगदसहित बाँकेमा
अभिनेत्री काजलको विवाहको कार्यक्रम सुरु

अभिनेत्री काजलको विवाहको कार्यक्रम सुरु

    प्रकाशित मितिः बिहिबार, कार्तिक १३, २०७७       |
एजेन्सी। बलिउडमा चर्चामा रहेकी अभिनेत्री काजल अग्रवाल भोलि अर्थात ३० अक्टोबरमा वैवाहिक बन्धनमा बाँधिदै छिन्। त्यसका लागि उनको घरमा विवाहको तयारी सुरु भइसकेको छ। उनको घरमा प्रि-वेडिङ कार्यक्रम भने सुरु भइसकेका हो। काजल व्यवसायी गौतम किचलूसँग विवाह गर्दै छिन्। उनले नै सामाजिक सञ्जालमार्फत् विवाहबारे जानकारी गराएकी थिइन्। मुम्बई हुने विवाह तथा पार्टीमा दुवै परिवारका सिमित सदस्यलाई आमन्त्रण ग
बाँकेमा उपचाररत २३ कोरोना संक्रमितको अवस्था गम्भीर

बाँकेमा उपचाररत २३ कोरोना संक्रमितको अवस्था गम्भीर

    प्रकाशित मितिः बिहिबार, कार्तिक १३, २०७७       |
नेपालगन्ज । बाँकेमा रहेका दुई कोरोना विशेष आइसोलेसन अस्पतालमा उपचाररत २३ संक्रमितको अवस्था गम्भीर रहेको छ। भेरी अस्पताल नेपालगञ्जमा १६ जना र शिक्षण अस्पताल कोहलपुरमा उपचाररत ७ गरी २३ संक्रमितको अवस्था गम्भीर रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए। उनका अनुसार, गम्भीर बिरामीमध्ये, एकजनाको भेन्टिलेटरमा र २२ जनाको आइसीयुमा राखेर उपचार भईरहेको
साइबर ब्युरो भन्छ: नांगो फोटो पठाउनुस् भन्दै फोन आउला है!

साइबर ब्युरो भन्छ: नांगो फोटो पठाउनुस् भन्दै फोन आउला है!

    प्रकाशित मितिः बिहिबार, कार्तिक १३, २०७७       |
नेपाल प्रहरीको साइबर ब्युरोले विभिन्न बहाना बनाएर फेसबुकमार्फत नग्न तस्बिर माग्नेसँग सचेत हुन अनुरोध गरेको छ। प्रविधिको दुरुपयोग गरी अश्लील गतिविधि भइरहेको भन्दै ब्युरोले सचेत हुन आम नागरिकको ध्यानाकर्षण गराएको छ। ब्युरोका अनुसार विभिन्न व्यक्तिको ल्याण्डलाइन र मोबाइल फोनमा नम्बर नै नदेखिने नम्बरबाट फोन गरेर नग्न तस्बिर माग्ने गरिन्छ। त्यस्तै सामाजिक सञ्जालको नक्कली आइडी बनाएर कल गरी आफू प्रहरी